Tuesday 15 October 2013

गन्तव्यविहिन यात्रामा हिडिरहेको छु म

म तिम्रा भावनाहरु,तिम्रा अनुभवहरु र तिमीले म प्रति देखाएका स्नेयका लहरहरु कहिलेकाहि मन सम्म आएर यति छुन्छनकी म व्याक्त गर्नै सक्दिन त्यसैले त पल–पल,हरेक पल, हरेक क्षण यी मेरा मन मस्तिस्कमा तिमी नै तिमी मात्र घुमीरहन्छेउ मात्र तिमी नै।मान्छे तितो स्विकार गर्दैनन् तर बाच्नका लागी तितो पनि चाहिदो रहेछ,मान्छेको जिन्दगी एउटा फुल जस्तै हो।हुरीबतास सहनु पर्छ, त कहिले हतसमै झर्नु पनि पर्छ।घाम र पानीमा अडेको जीन्दगानीको कथा यहि हो।एक मुठि सास लिएर हिड्नु पर्ने जीन्दगी अति कठिन छ,आज बल्ल अनुभव गर्दैछु,चढ्नु पर्ने छ विशाल पाहाडहरु,उकालीहरु यहाँ ओरालीहरु छन,भञ्याङ्हरु छन्,चौतारीहरु छन।कसैको साथ पाएर हिडिरहे कति रमाईलो हुन्थ्यो होला जीन्दगी तर एक्लै हिडदा उकालीहरुमा,ओरालीहरुमा र जङ्गल र अप्ठाराहरुमा सारै गाह्रो हुदोरहेछ।अर्थहिन जीन्दगीको भूमरीबाट आज एक्लो भएको छु।खित्का छोडेर पनि हाँस्न नसकिने भएको छु,बानी परेको छ झोक्रिएर बस्ने,एक्लै–एक्लै उदास भएर बस्ने।छतको पुरानो गमलामा फुलेको फुल जस्तै उदास छु म उजाड छु म।तपाई नडराउनुस हाम्रो माया सफल भएरै
छाडछ, उ यसै भन्थी । म पनि भन्थ्ये तिम्रै
अनुरोधमा म तिमीसँग प्रेममा र तिम्रै
बाटोमा हिडेको हु ... यदि तिमीले मलाई
छाडेउ भने तिमीलाई साह्रै ठुलो पाप
लाग्नेछ, यति भन्न नपाउदै उ रुन्थी र
भन्थी हेर्नुहोस, यसरी छाड्ने र
माया नगर्ने भए किन तपाई सँग
यत्रो कुरा गथ्र्ये । मलाई
पनि उसको यो करामा विश्वास
लाग्थ्यो र अझै उ प्रति प्रगाढ
माया पलाएर आउथ्यो फुत्त निस्कने
अनियन्त्रित
सम्झनाको पुरानो ढोकाबाट
यादका बारातहरु हिडाल्दै जीन्दगी जब
कसैको सामिप्यमा पुग्छ
मान्छेको वास्तविकभन्दा पृथक प्रेम र
आस्थाको मात्र संसार बन्दो रहेछ ।
त्यतीबेला जब प्रेममा मान्छे
त्यसको गहिराई सम्म पुग्छ
त्यत्तिबेला उसको कल्पनाको वरिपरी
त्यहि व्याक्ति हुन्छ, जसलाई उसले
ह्रिदयमा राख्छ । मैले पनि उसलाई
आँखामा राखे, ह्रिदयमा राखे,
मनको ढुकढुकीमा, सपनामा राखे, उसकै
यादमा हरपल
जीहिराखे.....खादा ऊ ,बस्दा ऊ ,हिडदा ऊ
हरपल ऊ नै घुम्न थालेकी थिई
मेरो नजरमा काम गर्न थाल्थे त काम गर्ने
टेबुल वरिपरी पनि छाया बनेर
पछ्याईरहन्थ्यी ।
मैले गल्ती गरेकी सहि गरे मलाई
थाहा भएन, उसैले देखाई
मेरो मरीसकेको प्रेमको बाटोलाई
जीवित गराएर,
हराएका मायाका सौगात हरुलाई बटुलेर
राख्ने साहास प्रद्यान गरी ,
बाटो बिराएर भौतारीरहेको बटुवालाई
सहि मार्गनिर्देशन देखाएर हिडाउने
काम गरी ....... । यस्तै यस्तै गर्ने उसले
मेरो मन यसरी जीतेकी थिई कि म
उसको अगाडि घुडा टेकी उभ्भिन बाध्य
भएको थिए । म उसलाई
तिम्रो सौन्दर्यताबाट डुब्दा–डुब्दै म
तिम्रो मनको गहिराईसम्म पुगीसके ,
तिमी जति राम्री छौ त्यती नै
शिलस्वभाव की पनि त्यसैले त म
तिमीलाई मन पराउछु यसै भन्ने गथ्र्ये उ
पनि मख्ख परेर सुनिरहन्थ्यी ।
यसै गरी हाम्रो माया निरन्तर
अगाडि बढ्दै थियो हामी कहिले फोन
बाट, कहिले इन्टरनेटबाट, कहिले
एस.एम.एस बाट
दिनहुजसो कुरा गरीरहन्थ्यौ उ भन्थ्यी ।
तपाईलाई मेरो परिवारले पृथक गर्न
खोज्लान तर तपाई नडराउनु तपाई
यसको सामना डटेर गर्नुहोस म छु
तपाईको साथमा छु । हो यसै भन्ने
गर्थी !जब यादहरु, सम्झनाहरु मन भरी छताछुल्ल पोखिएर बग्न खोज्छन,यादहरु भरभराउदो परागमा उजेलिदै आफैभित्र आगो बनेर बोल्छन फेरी ज्वारभाटा जस्तै उड्छन मनका पिडाहरु र बग्छन आँखाका गगाजलहरु.............।मन दुखेको धेरै भयो जस्तो लाग्छ,लाग्छ मेरो प्रेममा कसैको आँखा लाग्यो क्यार,अचानक जुन छर्र्दै हिड्ने चन्द्रमा मा कालो बादल छायो,तुफान चल्यो,एकाएक सुनौलो ठाँउमा अँन्धकार छायो
जुन पनि कालो लाग्दो रहेछ मन दुखेपछि,मन खुसी भएपछि औसीको रात पनि पुर्णिमा बन्दो रहेछ तर साथीहरु त्यहि मन दुखेपछि पुर्णिमाको जुन पनि औसीको रात जस्तो लाग्दो रहेछ।उसले त फोन बन्द गरी म छक्क परे हिजो त्यहि केटिले रुदै भन्ने गर्थी तिमी भन्दा सुन्दर केटा मैले देखेकी छैन,तिमी कती सुन्दर छौ म तिमीलाई जीन्दगीमा यति धेरै माया दिन्छु जुन कसैले आज सम्म कसैलाई दिन सकेको छैन,म तिम्रो ह्रिदयकी राजकुमारी भएर बस्न चाहान्छु,मलाई छिट्टै आफ्नो बनाउनु,म तपाई बिनाको जिन्दगी एक पल पनि जिउन सक्दिन,भनेर घन्टौ फोनमा रुने त्यहि केटि ले आज यसरी लात हानेर गई म कल्पना पनि गर्न सकिरहेको छैन ..........। म त अझै पनि उसको मायालाई भुल्न सकेको छैन धेरै कोशिस गर्छु मनलाई सम्झाउन तर मन नै मान्दैन अझैपनि उसले गरेका कुराहरु मेरो मानस पटलमा गुञ्जीरहन्छ रातीको भोक र निद्रा सबै हराएको छ म कुन लक्ष लिएर विदेश पसेको थिए आज ति सबै लक्षहरु लाई भुलेको छु , कसैका अगाडि हाँस्न पनि सक्दिन न रुन नै जिउदो लास सरी बाचीरहेको छु घाम लागे पनि , पानी परे पनि, फुल फुले पनि फुल झरे पनि तिम्रो सम्झना हरपल आइरहन्छ । मलाई कतै हावा चल्नु हुदैन तिम्रो मायाले स्पर्श गरीरहन्छ , कतै बस्थीमा बत्ती बोल्नु हुदैन तिम्रो छायाले अचक्ली रुहाउछ मलाई , घाउ त तिम्रो अनुपस्थीमा पो दुख्दो रहेछ भागेर कहाँ जानु तिमीले नडो¥याहेको बाटोमा त म हिडनै जानेको छैन , कस्ता गहिरा र कस्ता अमीर छाप छोडेका तिम्रा यादहरु अझैपनि मानसपटलमा गुञ्जीरहन्छ । मलाई त लाग्छ
जीन्दगी एउटा यात्रामा अनवरत
भुलीरहने सम्झनाका कायाहरु हुन जब–जब
जीन्दगीको गोरेटोहरुमा हिड्दै जान्छु
पछाडितिर फर्केर हेर्छु
ति हरीया फाटहरुमा तिमीले
रोपेका मायाका घासहरु
कति बाक्ला भएका रहेछन फर्केर जाउ
समयले दिदैन अगाडि बडौ अनकन्टार
अधँेरो रात छिप्पीसकेको छ ,उकाली चडेर
कहाँ बास बसिने हो ठेगान छैन , पल–पल
पछाडि फर्कन्छु तिमीले गरेका बाचाहरु
यादका बारात बनेर आउछन कहिलेकाहि त
लाग्छ जीन्दगी यति नै हो ।
सपना भनेको यहि रहेछ मान्छेले
जीन्दगीलाई बिपना हो भन्ठन्छन तर
वास्तवमा जीन्दगी सपना नै रहेछ बस
सपना नै ................................... ।
मैले जीन्दगी बाँच्नु पर्ने त धेरै छ तर
लाग्छ धेरै बाँचीसकेको छु , लाग्छ मजाक
बाँच्दै छु , भोलीको सुन्दर संसार
निर्माणमा म वर्तमान खनेउदै छु , एक
प्रेम पत्र कोर्न नपाउने म
शिशिरको पिपल पत्र जस्तै भएको छु
थकित चेहेरा र पराजित
जीन्दगीको कथा भित्र
संम्भावनाका विशाल सपनाहरु बोकेर म 

गन्तव्यविहिन यात्रामा हिडिरहेको छु 
म हिडिरहेको ........