Monday 3 February 2014

भ्यालेन्टाइन डे

smtsza 
 देश लोकतान्त्रिक गणतन्त्रमा गइसके पछि नेपालीहरुलाई दिवसको कुनै कमी छैन । उसो त सबैभन्दा बढी दिवस मनाइने देश मध्ये नेपाल पनि अग्रपंक्तिमा पर्ने गर्दछ । लोककतन्त्र दिवस, गणतन्त्र दिवस, शहीद दिवस हुँदै अहिले आएर फागुन २ अर्थात् फेब्रुअरी १४ प्रणय दिवसलाई पनि धुमधामको साथ मनाउने चलन देशमा शुरु भएको छ । प्रेम दिवस मनाउनु नराम्रो होइन तर यसलाई एउटा पर्वको रुपमा मनाउन यसको मर्म बुझनु जरुरी छ । प्रेमको आफ्नै परिभाषा छ र यसको महत्व र स्थान पनि आफ्नै ठाउँमा छ । प्रेमलाई हल्का रुपमा लिने र क्षणिक स्वार्थ पुर्ति गर्ने छाड्ने अनि अर्कोसंग प्रेम गर्ने संस्कृतिको विकास पनि संगसंगै बढ्दै गएको पाइन्छ ।
भ्यालेनटाइन् डे पादरी सेन्ट भ्यालेन्टाइन सहादतसँग सम्बन्धित छ । तत्कालीन समयमा प्राचीन रोम सम्राट क्लाउडियस द्धितीयले युवाहरु प्रेम र विवाहमा लागे मुलुकको सैनिक सेवा प्रभावित हुन्छ भनेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टाइन्ले भने सम्राटको  यो कुरालाई धर्म विरुद्धको भन्थे । त्यसैले उनले युवाहरुलाई प्रेम र विवाहका लागि प्रेरित गर्नुका साथै सामुहिक विवाह समेत गराएका थिए । प्रतिबन्ध उल्लंघन गरेको आरोपमा उनलाई इसापुर्व २७० को फ्रेबुवरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । प्रेमको लागि प्राणउत्सर्ग गर्न उनै भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्षको १४ फ्रेबुअरीलाई पे्रम दिवसको रुपमा मनाउन शुरुसंगै नेपालका प्रेम र प्रेमी अर्थात् युवाहरु यसलाई मनाउन तल्लिन छन् ।
आफूले मन  पराएका युवायुवतीलाई यसै पर्वको दिन पारेर रातो गुलावको फूल र उपहार दिने, प्रेम प्रस्ताव राख्ने चलन वढेर गएको छ । अहिले युवायुवती विच भ्यालेन्टाइनको नाममा प्रेम प्रस्ताव राख्ने र आफ्नो यौनवासना पूरा गर्ने अनि अर्को वर्षकोे भ्यालेनटाइनमा अर्कै युवायुवतीसँग प्रेम प्रस्ताव राख्ने प्रचलन पनि विकृतिको रुपमा बढेर गएको छ । प्रणय दिवस अरुको भन्दा पनि माया प्रेममा बाधिएकाले विषेश खालको योजना बनाई डेटिङ जाने र मायालाई अझै प्रगाढ बनाउने गर्छन् ।
त्यस्तै मायामा नबाँधिएकाहरुले आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने गर्दछन् । त्यस्तै यो दिनमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भ्यालेन्टाइन डे का विभिन्न तस्वीर पोष्टर गरेको पाइन्छ । हुन त मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने भ्यालेन्टाइन डे नै हुनुपर्छ भन्ने त छैत तैपनि यो दिवस विषेश गरी आफूलाई मन परेको मान्छेलाई प्रस्ताव राख्ने दिन भएकाले पनि भन्न नसकेकाहरुले पनि प्रस्ताव राख्ने आँट राख्न सक्ने छन् फरक त्यतिमात्र हो । प्रेम भनेको खाली एउटा केटा र केटी बिच हुने प्रेमलाई बुझिएको पाइन्छ । तर त्यसो होइन प्रेमको परिभाषा ब्यापक र फराकिलो छ । प्रेम हरेकसँग जोडिएको छ उसो त संसार पनि मायामा  अडिग छ भनिन्छ ।
जहाँ माया–प्रेम त्यहाँ द्धन्द्ध, झगडा, हिंसा हुन्छ । जहाँ माया–प्रेम हुन्छ त्यहाँ सुख, शान्ति प्राप्त हुन्छ । माया त हामी सबैलाई गरिरहेका हुन्छौ हाम्रो घरपरिवार, साथी, भाइ, समाज, देशसंग माया जोडिएकै हुन्छ तर माया भन्ना साथ एउटा केटा र केटी विच हुने मायालाई मात्र बुझ्ने गरेको पाइन्छ । त्यसो होइन बरु आमा–बाबा साथी संगी, घरपविार ,समाज, देशलाई गरिने माया र एउटा केटाकेटी वा प्रेमी प्रमिकालाई गरिने मायाको तरिका भने फरक हुने गर्दछ । यहीं एउटा प्रेम र प्रेमिकाबीच हुने मायाले जीवनलाई सार्थक बनाउन पनि सक्छ अनि निरर्थक पनि ।
विशेषगरी यही मायालाई प्रणय दिवसको अवसरमा अलि वढी चर्चा गर्ने गरिन्छ । भ्योलन्टाइन् डे मनाउने प्रचलन पश्चिमा संस्कृति भए पनि नेपालमा यसको प्रभाव छोटो समयका बढ्दै गएको पाइन्छ । अहिले नेपालमा आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जाने अर्थात् पाश्चात्य प्रभावलाई अँंगाल्दै जाने प्रवृत्तिको विकास हुँदै जानु राम्रो होइन तर पनि प्रेम दिवसलाई विकृतिको रुपमा विकसित हुन सक्छ भनेर सचेत पनि उत्तिकै हुनु जरुरी छ । प्रेम प्रस्ताव राख्ने निहुँमा आफ्नो जीवनमा आफ्नो अस्मिता माथि आँच आउने काम भने कदापि राम्रो हदैन । हुन त सबै मान्छेहरु खराब नियतका हुन्छन् भन्ने होइन तर पनि मान्छेको व्यवहार राम्रोसँग नबुझी प्रेम प्रस्ताव राख्ने र स्वीकार्ने गर्दा भोली परिणाम नराम्रो हुन सक्छ ।
त्यसैले मायाको परिणाम राम्रो बनाउन एक अर्कोले व्यहार बुझ्नु अत्यन्तै आवश्यक छ । माया–प्रेमको निहुँमा थुप्रै दलालहरु नेपालका कैयौ महिलाहरुलाई भारतमा बेचिरहेका छन् । प्रस्ताव राख्यो भन्दैमा भावनामा बहकिनु भन्दा सही र गलत छुट्याउनु राम्रो हुन्छ । किन किन  पछिल्लो समय मान्छेहरु अलिक उदार बन्दै गइरहेका छन्  । मान्छेहरु पैसामा किन्न थालिरहेका छन् । प्रेमलाई पनि पैसासँग दाँज्न थालेका छन् भन्दा कुनै परक नपर्ला । मान्छे जतिबेला जोसँग पनि आकर्षित हुन सक्छन्  किनकी मान्छेको चाहनालाई कसैले बाँध्न सक्दैन । तर आफ्नो जीवनमा सम्बन्धमा आँच आउँछ, अफ्ठ्यारो परिस्थिति आईलाग्छ भने त्यस्तो सम्बन्ध किन गाँस्नु मान्छेहरु  प्रेम गर्ने विश्वास दिलाउन खोज्छन् । सँगै जीउने–मर्ने जीवनलाई खुशी र दुःखी बनाउने मीठा सपना बुनी बाचा कसम खान्छन् । तर समय वित्दै सम्बन्धलाई निरन्तर अगाडि बढाउने क्रममा त्यो विश्वासलाई तोडाउन पुग्छन् ।
पछिल्लो समयमा प्रेम प्रेमीका बीच श्रीमान् श्रीमतीबीचको विश्वासमा पनि आँच आउन थालेको छ । जसले गर्दा उनीहरु मानसिक तनावमा परी एकअर्कामा छुटिन बाध्य छन्  । अझ धेरैजसो सम्बन्ध त परस्त्री वा परपुरुषको सम्बन्धको कारण आफ्नो सम्बन्धलाई बीचैमा अन्त्य गरेका छन् । यसका ज्वलन्त उदाहरण हुनः बलिउडका चर्चित नायक ऋतिक रोशन र सैलुज, फान्सका राष्ट्रपति  होलान्ड र त्रिवेलर र भारतकै महिला उद्यमी महिला सुनन्दा र राज्यमन्त्री शशी थरुरको जोडी । उनीहरुबीचको सम्बन्ध परस्त्री तथा परपुरुषको सम्बन्धले दिएको मानसिक तनावले गर्दा छुट्टिएको सञ्चारमाध्यममा पढ्न पायौँ । यसको प्रमुख कारण प्रेमलाई हल्का रुपमा लिनु नै हो ।
त्यसैले पहिले अरुसँग गरेका व्यवहारले आफ्नो प्रेमिका, श्रीमती श्रीमा्नलाई कतिको असर गरिरहेको छ भनी आत्ममूल्यांकन गर्नु जरुरी छ । उसो त नेपालमा बेरोजगारका कारण विदेश पलायन भएका युवाहरु लामो समयसम्म घर नर्फकदा उनका श्रीमती अरुसंगै सम्बन्ध गाँसी घरवार विगारेका गरेका घटना पनि नआएका होइनन् । यसरी हेर्ने हो भने एकै छिनको अरुसँगको अनैतिक सम्बन्धले आफ्नो जीवनमा नराम्रो असर गर्छ भने त्यो सम्बन्ध किन गाँस्नु ? मैले यसो लेखिरहदा प्रेम गर्नेहरुलाई निराशामा परिणत गर्न खोजेकी होइन सजग रहने की मात्रै भन्न खोजेको  हुँ । किनभने माया प्रेममा बाधिएर जीवनलाई सुखी र खुशी बनाएका जोडीहरु पनि नेपालमा कैयौं छन् ।
हाम्रो समाजमा माया प्रेम गर्नेहरुलाइ जातले छेकेको हुन्छ अनि संस्कृतिले पनि । प्रेमविवाहलाई भन्दा मागी विवाह राम्रो मानिन्छ । तर पनि पछिल्लो समयमा मागी विवाह भन्दा प्रेम विवाह बढ्दो क्रममा छ । मायामा यति शक्ति हुन्छ जसले राम्रो पनि वनाउन सक्छ जीवनलाई आँशु, पीडा, हत्या, हिंसा, अदालती मुद्धामा पनि बदल्न सक्छ । त्यसकारण प्रेम के हो ? प्रेम के का लागि गर्ने भन्ने कुरालाई राम्रोसंग नियाल्न सक्नु राम्रो हुन्छ । त्यस्तै अहिले मायालाई यौनसंग जोड्न थालिएको छ । मान्छेहरु यौनका लागि प्रेम गरेका हुन्छन् की प्रेमका लागि यौन त ?
मनोविज्ञानका अनुसार पनि पुरुषको भन्दा महिलाको मन अरुलाई छिटो विश्वास गर्ने हुन्छ । जसका कारण यौनवासनाका लागि प्रेमको आश्वासन पनि केटीलाई विश्वास लाग्न थाल्छे जसले गर्दा उसको अस्तित्व गुम्न पुग्छ । त्यसको भागीदार पनि आफै हुनु पर्छ । त्यसकारण प्रेम पहिला की यौन पहिला त बुझ्नु र बुझाउनु जरुरी हुन्छ । अहिले हामी प्राय ः सुनिरहेका हुन्छौ आफ्नै बाबुले आफ्नै बावुले छोरीलाई, दाजुले बहिनीलाई ,मामाले भान्जीलाई बलात्कार घटनाहरु । यस्ता घटनाले गर्दा पनि बाबु दाजु भाइको बिश्वास छैन भने अरुको के विश्वास हुन्छ र ? त्यसैले प्रेममा प्रस्ताव राख्यो भन्दैमा स्वीकारी हाल्दा पनि त्यही प्रेम आफूमाथि नराम्रो हुन्छ कि भनेर डराउने बेला आएको छ ।
प्रणय दिवसको अवसरमा प्रेम प्रस्ताव राख्ने स्वीकार्नेहरुले कसैले प्रेम प्रस्ताव राख्यो भन्दैमा तत्काल स्वीकार्नु पर्छ भन्ने पनि छैन । किनकी केही समय बुझ्ने गर्नु पर्दछ प्रेम प्रस्ताव राख्ने मान्छे कस्तो खालको हो उसले कस्तो व्यवहार गर्छ आफुलाई कतिको सम्मान गर्छ भन्ने कुरालाई पनि राम्रँोसंग नियाल्नु पर्छ वा ‘युज एण्ड थ्रो’ को लागि मात्रै प्रस्ताव राखेको हो कि भित्रै देखि चाहेर प्रेम प्रस्ताव राखेको हो बुझ्नु आवश्यक छ ।  प्रणय दिवस के हो प्रेम दिवस के को लागि मनाउने यसको प्रचलन कसरी शुरु भयो भन्ने कुरा बुझेर प्रेम दिवस मनाउन राम्रो हुन्छ । भ्यालेन्टाइन डे मनाउनु आफैमा नराम्रो होइन राम्रो कुरालाई आत्मासाथ गरे एक आपसमा माया र सद्भाव साट्नको लागि मनाउनु राम्रो हो अनावश्यक भड्काउ प्रस्तुत गर्नु नराम्रो पक्ष हो । त्यसैले तडक भडक भन्दा पनि भ्यालेन्टाइन को महत्वलाई जीवित राख्ने गरी यो दिवस मनाउनु राम्रो हुन्छ ।                         HAPPY VALENTINE DAY
                                                                             SMTSZA FOREVER ..................