Friday 24 February 2012

गजल


गजल

Mohan Samit
तिम्रा चिठी तस्बिर आर्यघाट मा जलाइसके 
प्रेमका अनमोल उपहार खरानी बनाई सके 

माया को बहाना मा सर्बश्व नै लुटिहाल्यो 
भयो अब नसम्झ मैले तिमीलाई बिर्सिसके 

जीवन भरि  नै निको नहुने घाउ दिई गयो
अब कसै संग प्रेम नगर्ने बाचा मैले गरि सके

मलाई रुवाए पनि निस्ठुरी तिमि सुखी खुसि रहु 
आशु पियर बाच्न अनि हास्न मैले जानिसके 
 सायद यस्तै यस्तै मा मर्छु कि आज भोलि 
 अन्तिम उपहार दुइ थोपा आशु चढाई सके 



एउटै मन कहिले आगो कहिले पानी हुन्छ ।
भइदिन्छ कहिले राजा कहिले रानी हुन्छ ।

खुसी हुदाँ उफ्रिएर मनको हिमाल चढे पनि,
यही मन कहिले बद्मास् कहिले ज्ञानी हुन्छ ।

संसारको रीतसँग मिल्नु पर्ने बाध्यता छ
त्यसैले पो कहिलो चोर कहिले ध्यानी हुन्छ 

                                       

Internet


इन्टरनेट internet                                                                Bikram sameer 



 
pizzahut ksa मा काम गर्ने हामी नेपाली 

LAUGH WHEN YOU CAN,
APOLOGIZE WHEN YOU SHOULD,
AND LET GO OF WHAT YOU CAN'T CHANGE.

                                                                                 KISS SLOWLY,
                                                                                       PLAY HARD,
                                                                                                FORGIVE QUICKLY,
                                                                                    TAKE CHANCES,
                                                                                 GIVE EVERYTHING
                                                                       AND HAVE NO REGRETS.
                                  LIFE'S TOO SHORT TO BE ANYTHING…BUT HAPPY

आज भोलि मेरो साथी भनेको नै  इन्टरनेट हो  । पहिला पहिला म त्यति इन्टरनेटमा वस्दिनथे । अझ गाठी कुरो त म त्यसरी इन्टरनेट चलाउन जान्दैनथे  भन्दा पनि वेठीक नहोला । साचो कुरो अर्को पनि थियो । म संग कम्पुटर थिएन अनि  समय पनि  मिल्दैनथ्यो  । मिलिगए पनि नेटको सर्वसुलभता कहा थियो र ? तर आजभोलि भने समय बदलियको छ अनि मेरो आदत पनि वदलिएको छ । 
 
सोचमा पनि परिवर्तन भएको हुनु पर्छ । मैले इन्टरनेटको महत्व वुझेछु क्यार भन्नु पर्ला । साथीभाइ संघ भेटघाट गर्ने देखि लिएर देश विदेशका घटना क्रमहरु हेर्ने र सुन्ने माध्यम नै भएको छ इन्टरनेट । समय मिल्यो कि म इन्टरनेटमा वसिजान्छु ।फेसबुक खोल्छु पहिले अनि समाचार  र साहित्यिक पत्र पत्रिकामा मेरो नजर पुगीजान्छ । यसरी वस्दा म साहित्यिक व्लगहरु नै खोल्ने गर्छु .अहिले त आफ्नै ब्लग खोलेको छु , जीवन संघर्ष हो । संघर्षसंग डराएर पछि हट्नु भन्दा त्यस संग जुधेर वा त्यसको सामना गरेर अगाडि वढ्नु पर्छ । यो जीवनको सार्थकता हो । र यो वास्तविक जीवन पनि हो । यो नै हाम्रो मान्यता हो ।वुझाई पनि हो ।
भोगाई नै जीवन हो । अर्थात जीवन नै भोगाईआज भोलि मेरो साथी भन्नु नै इन्टरनेट हो ११ घन्टाको काम सकेर आए पछी मेरो साथी हो इन्टरनेट . / यसमा सघाउने मेरा साथी हरु धर्म बन्जारा हरि राज facebook अनि धेरै साथीहरु अनि नेपाल क साथीहरु............बिसेष गरि जनकपुर को साथी.कमलेश हाम्रो समय इन्टरनेट मै बित्छ कमलेश को आफ्नै ब्लग छ  निस्ठुरी को याद मा .....yahoo hotmail nimbuzz mig ,gmail ,facebook अनि धेरै im हरु  बाट धेरै साथी संग  गफ गर्छु यहि इन्टरनेट बाटै 
साथीहरु  पनि धेरै छन् नेपाली मात्र नभएर  धेरै  बिदेशी हरुपनि..........|
   म सउदी अरब आएर काम गर्न थालेको पनि लगभग धेरै वर्ष  भइसकेको छ अहिले । असन्तुष्टी भित्रैबाट सन्तुष्टीको खोजी गर्दैछु । अप्ठ्यारै अप्ठ्यारो माझ पनि म निकाश खोज्दैछु जीवनको । मलाई त्यति कतै जान पनि मन लाग्दैन । प्राय ११ घण्टाको ड्युटी सकेर म कोठामा आइपुग्दा म थाकेको पनि हुन्छु । खाना बनाउनु परयो, खानु परयो, धन्दा पनि गर्नु परयो समय लाग्छ पनि । कम्प्युटरमा हिन्दी फिल्म, नेपाली फिल्म, अंग्रेजी फिल्म हेर्न मन लागे हेर्छु । गीत सुन्छु नेपाली, अंगैजी, हिन्दी  जे जे मन लाग्छ । अलि अलि गरेर बाइबल अनि अरु  किताब पनि पढ्दैछु म यतिखेर ।

                         
                                       अध्ययन भन्ने कुरा जीवन पर्यन्त चलिरहने प्रक्रिया रहेछ । म अति चिन्ताग्रस्त भएको बेला पनि मलाई पढिरहन मन लाग्छ । तर जान्न धेरै कुरा बाँकी रहेछन् । जीवनमा काम लाग्ने कुरा सिक्न धेरै बाँकी हुँदोरहेछ । मेरो ड्युटीबाट कोठामा फर्केपछिको काम भनेकै कहिले सि.डी. कपी गर्ने , कहिले टाइप गर्ने , कहिले फिल्म हेर्ने , कहिले गीत सुन्ने, कहिले पढ्ने हो । मुमा र अन्य बृद्धहरुका लागि रामायण कपी गरिसकेको छु मैले नेपाल फर्किएर जाँदा उपहारको रुपमा लिएर जानको लागि । साथीहरुका लागि अंग्रेजी फिल्म कपी गर्नु,   नेपाली फिल्म र गीतका सि.डी. हरु कपी गर्नु , आफ्ना अनुभवहरुलाई कम्प्युटरमा टाइप गर्नु, आफ्ना लागि बिभिन्न प्रोगामका सि.डीहरु बनाउनु मेरो काम हो 
कोठाको ।अनि ब्लग       मा लेख्नु र facebook चलाउनु र duty जानु यहि हो मेरो काम.........|
मलाई बाहिर घुमेर समय बिताउनु भन्दा केही न केही गरिरहन मन लाग्छ कोठामा । मलाई यो कार्यमा सहयोग गर्ने साथी भनेकै कम्प्युटर हो मेरो|

                                                                                 विक्रम समिर

computer

कम्प्युटर निकै ढिलो खुल्छ,ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै टाईम लाग्छ आदी आदी । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १,२ वा ४ जिबी सम्म्को ram होला । यो सुरु नै हुन्छ ढिलो र काम पनि ढिलो । त्यसमाथी हामी आँफैले जानीजानी वा अन्जानमा आफ्नो कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौ । यसको प्रमुख कारण हो स्टार्टअप प्रोग्राम ।
हामीले आफ्नो स्टार्टअप प्रोग्रामलाई एडिट वा ब्यबस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौ ।

स्टार्टअप प्रोग्राम भनेको त्यो हो जुन तपाईंको कम्प्युटर खुल्ने बित्तिकै आँफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको taskbar को shortcut icon मा देखापर्छ । यसरी देखिएका icon कम्प्युटर स्टार्ट हुने बितिक्कै आँफै खुलेका प्रोग्रामहरु हुन । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै । यानी कि कम्प्युटरमा एउटै समयमा अन्जानमै एक भन्दा धेरै प्रोग्रामहरु चलीरहेका छन । यसमा कुनै कुनै जरुरी पनि हुन्छ तर धेरै जसो तपाईंलाई जरुरतै छैन । जतीधेरै स्टार्टअप प्रोग्राम हुन्छ त्यती नै धेरै कम्प्युटर slow हुने गर्दछ ।

त्यसैले तपाईंले यि स्टार्टअप प्रोग्रामलाई हेरेर कुन कुन प्रोग्राम आफुलाई जरुरी छ त्यसलाई मात्र enable राखी अरुलाई disable गरी आफ्नो कम्प्युटरको गतीलाई छिटो बनाउन सक्नु हुन्छ ।

कम्प्युटरको startup प्रोग्राम हेर्नको लागि:-

@ start बटन मा क्लिक गरेर Run option मा क्लिक गर्नुहोस्
@ खुलेको window मा msconfig टाईप गर्नुहोस् ।
@ ok बटनमा क्लिक गर्नुहोस्
@ System Configuration Utility को window खुल्नेछ ।
@ त्यहा StartUp Tab मा क्लिक गर्नुहोस्
@ त्यहा आफ्नो कम्प्युटरमा चलीराखेका प्रोग्रामहरुको लिस्ट र रजिस्ट्री कि हरु देखिनेछ ।
@ यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई startUp बाट हटाउन चाहनु हुन्छ त्यसलाई uncheck गर्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा तपाईंले यि प्रोग्रामहरुलाई uncheck गर्दा Antivirus र अरु जरुरी प्रोग्रामहरुलाई uncheck नगर्नुहोला । सिर्फ यस्ता प्रोग्रामहरु मात्र हटाउनुहोस् जसको बारेमा तपाइलाई थाहा छ जस्तै : Winamp Agent, Google Talk, Adobe reader Launche वा अरु तपाईंले install गर्नु भएका application हरु ok

साइनोको ब्यापार




बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए । कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको । उनले आजसम्म कतिवटा अस्थाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ । अहिलेको समयमा परदेश लागेका एक्ला श्रीमानहरुको आफ्नो श्रीमतीलाई छिटै नै बोलाउन मिल्ने सजिलो माध्यम बनेकी छन् फतीमा । युरोपका केही केटीहरु पैसाको लागी यहा आउने युवाहरु संग विहे गरेर केही समय पछि सम्बन्ध विच्छेद गर्ने गर्दछन् । यस्तै साइनोको ब्यापार फतिमाले पनि गर्ने गरेकी छन् । यसै क्रममा एजेन्सी मार्फत सम्पर्कमा आएकी फतिमा रुपेशलाई सारै माया गर्छिन । हुन त यो उनको बानी नै भैसकेको छ । पैसाको लागी अन्य मानिस संग सम्बन्ध गास्दै केही समयपछि विच्छेद गर्न सक्ने अचम्मको माया गर्न जानेकी छन उनले । सजिलै र छिटै रातो पासपोर्ट हात पार्ने यो तरिका रुपेशलाई मन पर्यो । गाउबाट पैसा मगाएर भएपनि उनले फतिमा संग बिहे गर्ने निधो गरे । भरखरै युरोप आएका रुपेश यहा भएको बेरोजगारी समस्याले गर्दा एजेन्सीले कबुल गरेको पैसा एकै चोटी बुझाउन नसक्ने भएपछि फतिमाले किस्ता बन्दीमा लिन स्विकार गरीन । रुपेश र फतिमा दुवैजनाको मनमा हामी वास्तविक श्रीमान श्रीमती होइनौ र तोकीएको पैसा बुझाइ सके पछि हामीहरुको यो कागजी सम्बन्ध पनि विच्छेद गर्नुपर्ने छ भन्ने थाहा छ । त्यसपछि फतिमा ले अर्को ग्राहक भेटने छ भने म मेरी निर्मला र छोरालाई छिटै नै यो ठाँउमा ल्याउने छु भन्ने रुपेशले सोचीरहेका छन । पासपोर्ट छिटै हात पर्ने यो तरिका थाहा पाएर रुपेशले बा र निर्मला संग सल्लाह लिएर गाउबाटै पैसा मगाए । यसै गरि उनले दुई किस्ता बुझाइ सके । अबको तेस्रो किस्ता वा अन्तिम किस्ता भोली एजेन्सी संग गएर फतिमाको हातमा राखीदिएपछि वकीलले उनीहरुको सम्बन्ध विच्छेद गरिदिनेछन् । यसको लागी रुपेशले सबै पैसा जम्मा गरिसकेका छन् । रुपेशलाई भोली आउने दिन पनि कति लामो लागी रहेको छ । आफु विदेश लाग्ने दिनमा काखमा लिएको दुई महिनाको छोरा लाई कोक्रोमा राख्दै बाबु म तिमीलाई लिन छिटै आउछु है भनेका कुराहरु र विदाईका बेला बा,आमा र निर्मलाका आँखामा टलपलाएका आँसुले उनलाई कति समय पिडा बोध भईरहेको थियो । भोली यति बेला सम्म त मैले घरमा खुशीको कुरा सुनाउन पाउने छु त्यसपछि त .......अनेक कल्पना गर्दै खाटमा पल्टीरहेका थिए रुपेश । 

भित्तामा भएको घडीले रातको दुई बजाईसकेको थियो । कोठामा कसैले ढोका ढकढकायो । खोलेर हेर्दा त्यहा फतिमा थिइन । यतिलामो समय सम्म गरेको माया अब केही समय पछि टाढा हुदै जाने छ । सायद यहि कुराले फतिमा लाई केही नरमाइलो लागेर आजको रात म संगै विताउन आएकी होली भन्ने सम्झेर उनलाई बस्न ठाँउ देखाउछन् । फतिमाले आफ्नो ब्यागबाट पैसा निकालेर रुपेशलाई दिन्छिन । रुपेशले केही कुरा नबुझी ट्वाल्ल परेर बस्छन् । रुपेश तिमीले मलाई अहिले सम्म बुझाएको यो पैसा फिर्ता लेउ । धन सम्पती सबै थोक होइन रहेछ भन्ने कुरा मैले बल्ल बुझे । म तिमीबाट टाढा हुन सक्तिन । मलाई माफ गर रुपेश । मैले पैसाको लागी तिमी संग गाँसेको सम्बन्ध अब विच्छेद गर्न सक्तिन । म जे पनि गर्न तयार छु तर तिमी बाट टाढा...... । फतिमाको कुराले रुपेशलाई अचानक संसारको बोझ आफ्नो टाउकोमा भए जस्तै गह्रौ हुदै आयो । उसले आजसम्म देखेको सपना र तय गरेको यात्रा पुरा गर्न सकेन । दिमागमा उचारचढावहरु आईरहे । मनमा अनेक किसिमका छालहरु छचल्की रहे । अब यो अन्तिम क्षणमा उसले फतिमालाई सम्झाएर पहिलेको सर्त अनुसार सम्बन्ध विच्छेद गराउनु नै पर्छ । रुपेशले फतिमा तिर हेर्दै फतिमा के भनेकी तिमीले < मेरी निर्मला, मेरो छोरो.... यति बेलासम्म फतिमा ढोका खुल्लै छाडेर हिडिसकेकी थिईन........

सीता बराल
लिसवन, पोर्चुगल

२०११ मा नेपाली साहित्य




पश्चिमा जगतले अपनाएको पञ्चांगअनुसार भर्खरै बितेर गएको सन् २०११ नेपाली साहित्यका हकमा समग्रतामा हेर्दा सुखद रह्यो भन्न सकिन्छ। आसलाग्दा नवस्रष्टाको आगमन, विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमको सफल आयोजन र पुस्तक बिक्रीमा लगातारको अभिवृद्धिका आलोकमा हेर्दा सन् ११ लाई उपलब्धिमूलक ठानिएको हो ।

अधिकांश पाका र प्रतिष्ठित लेखकले भने यस वर्ष प्रकाशित आफ्ना कृतिबाट पाठकलाई निराश बनाएको देखियो। बासी विचार, अनाकर्षक शैली र थोत्रो संवेदनालाई जोडजाड गरेर तिनले रचना गरेको साहित्यले तिनीहरूभित्रको लेखक अधमरो भइसकेको तथ्यकै पुष्टि गरेझैं भएको छ। उपन्यासको उत्पादन गर्ने कारखानाझैं सक्रिय ध्रवचन्द्र गौतम, पूर्णकालीन लेखक भनिएका कृष्ण धरावासी, मञ्जुल, सरुभक्त जस्ता स्रष्टाले यस वर्ष आफ्ना प्रकाशित कृतिको बलमा खासै प्रभाव जमाउन सकेनन्। धेरै समयको अन्तरालमा दुइटा उपन्यास लिएर आएका किशोर नेपाल पनि रचना सामर्थ्य र पुस्तक बिक्री दुवै दृष्टिले आशातीत रूपमा सफल हुन सकेनन्। यस वर्ष कथालेखनमा राम्रो नाम कमाएका राजव पनि उपन्यासकारका रूपमा पूर्णतः फ्लप भए। स्वास्थ्यका कारण हुनुपर्छ, जगदीश घिमिरेले पनि यस वर्ष कुनै नयाँ सिर्जना गरेको देखिएन। उनी 'अन्तर्मनको यात्रा' ले दिएको सफलता र यसबाट प्राप्त ख्यातिकै प्रवर्द्धनमा अहिले पनि लागिरहेका छन्। स्थापित आख्यान लेखकमध्ये कृतिगत श्रेष्ठताका हिसाबले नारायण ढकाल मात्र पाठक र समालोचक दुवैको नजरमा टिक्न सकेको देखिन्छ।

पाका-पुरानाले निराश बनाए पनि नेपाली साहित्यमा उदाएका केही नव-नक्षत्रले भने यसको भविष्यप्रति आश्वस्त हुनसक्ने ठाउँ बनाइदिएका छन्। त्यस्ता आसलाग्दा प्रतिभाको नाम लिँदा, सन् २०१० मा देखापरेकालाई समेत समेट्ने हो भने अमर न्यौपाने, आन्विका गिरी, युग पाठक, सुविन भट्टराई, सीमा आभास, सरिता तिवारी, हेम प्रभास, रावत, भूपिन ब्याकुल, उमेश राई अकिञ्चन, अभय, सञ्जीव राई, स्व.स्वप्निल स्मृति, राजन मुकारुङ, संगीत आयाम, साम्ब ढकाल, निमेष निखिल, ठाकुर बेलबासे र अनुपम रोशी आदिलाई सम्झनु पर्ने हुन्छ। यीमध्ये पनि कथा-उपन्यासमा बुद्धिसागर, युग पाठक, अमर न्यौपाने, आन्विका गिरी र सुविन भट्टराई अनि कवितामा उमेश राई, सञ्जीव राई, हेम प्रभास र रावतबाट नेपाली साहित्यले धेरैधेरै उत्कृष्ट रचनाको आस गर्न सक्छ। युग पाठक, बुद्धिसागर र रावतको नेपाली साहित्यमा भएको प्रवेश हालका दिनमा भएको एउटा महत्वपूर्ण घटना हो। यी लेखकले सिर्जनात्मक इमानदारी, लगनशीलता र आफूलाई उत्तरोत्तर तिखार्दै लैजाने कुरामा आवश्यक दृष्टि पुर्‍याउन सके र लेखनलाई निरन्तरता दिइरहे भने यिनको अहिले भएको साहित्यमा प्रवेश कुनै बेलाको मोहन कोइराला वा दौलतविक्रम विष्ट वा परशु प्रधान वा ध्रुवचन्द्र गौतमको प्रवेशजस्तै सार्थक प्रमाणित हुनेछ।

परशु प्रधान, तेजेश्वरबाबु ग्वंग, मणि लोहनी, अनमोलमणि, बाबुराम लामिछाने, श्रवण मुकारुङ, शारदा शर्मा, युवराज नयाँघरे, दुवसु क्षेत्री, नारायण वाग्ले, ध्रुव सापकोटाको पनि यस वर्ष उल्लेख्य रचनात्मक सक्रियता रह्यो। निकै सुन्दर कथा लेखेर पनि अत्यन्त कम चर्चामा आएका बाबुराम लामिछानेको एउटा कथासंग्रह प्रकाशित भयो। 'पाखाको' भन्ने अनाकर्षक नाममा भने वरिष्ठ कथाकार परशु प्रधानका उत्कृष्ट कथाहरूको संकलन पनि यसै वर्ष छापियो। तेजेश्वरबाबु ग्वंगको पनि एउटा निबन्धसंग्रह प्रकाशित भयो यसै साल। शारदा शर्माले पनि यस साल एउटा निकै मोटो पुस्तक पाठकका हातमा पुर्‍याइन् आफ्ना संस्मरण र गन्थन-मन्थनको। आफ्ना सभासद पति नरहरि आचार्यलाई अनौपचारिक नामले बारम्बार सम्बोधन गर्दै बहुधा सार्वजनिक सरोकारमा नपर्ने प्रसंगहरू लिपिबद्ध गरिएका निबन्धको त्यो संग्रहले आम र खास पाठकबाट कस्तो प्रतिक्रिया पाएको छ भन्ने विषयचाहिँ खुलेको छैन।

दुवसु क्षेत्रीको भारी आकारको कवितासंग्रह साझा प्रकाशनबाट छापियो जसका लागि उनले मदन पुरस्कार पाउँदैछन् भन्ने हल्ला पुरस्कारको घोषणा हुनुभन्दा धेरै पहिले नै चल्यो। तर अन्ततः कविले साझा पुरस्कारमा चित्त बुझाउनुपर्‍यो। यसलाई सान्त्वना पुरस्कारका रूपमा हेर्दा फरक पर्दैन भन्नेहरू पनि देखिए।
साहित्यिक पुरस्कारको हकमा यो साल लगभग सम्पूर्ण नै पृथक शारीरिक अवस्था भएकी स्रष्टा झमक घिमिरेको हकमा रह्यो भने पनि हुन्छ। उनको आत्मवृृत्तान्तपरक कृति 'जीवन : काँडा कि फूल' ले आप्रवासी धनाढ्य नेपाली जीवा लामिछानेले राखेको २ लाख धनराशीको पद्मश्री हरिकला पुरस्कार र त्यति नै राशीको मदन पुरस्कार पायो। निबन्धात्मक कृतिलाई दिइने उत्तम शान्ति पुरस्कार पनि उनकै पोल्टामा पर्‍यो। झमकले यी पुरस्कार पाएकोमा नेपाली समाज प्रसन्न छ। तर अमूक वर्षभरि छापिएमध्ये रचनात्मक उत्कृष्टताको मापदण्डमा अब्बल ठहरिने एउटा कृतिलाई दिइने भनी राखिएको कुनै पुरस्कार स्रष्टाको पृथक र कारुणिक शारीरिक अवस्थालाई हेरेर प्रदान गरिनु कत्तिको जायज हो भन्ने प्रश्न भने यस सन्दर्भमा बलियोसँग उठेको छ।

पुुरस्कार दिने-लिने विषयलाई लिएर सधैं नै आलोचना रहँदै आएको हाम्रो साहित्यिक परिदृश्य यस साल पनि परम्पराबाट हट्न सकेन। धेरैजसो पुरस्कार कसलाई, केका लागि दिइए त्यसको पत्तोसमेत कसैले पाएन, अशक्त भएका कारण झमकले पाएका पुरस्कारहरूबाहेक। सरकारी पुरस्कार बाँड्ने ठाउँमा कवि दिनेश अधिकारी पुगेको बेलामा रचनात्मक उर्जा बाँकी भएका, प्रतिभाशाली र उमेरका हिसाबले पनि तुलनात्मक रूपमा युवा स्रष्टातिर पनि ध्यान दिइन्छ कि भन्ने आशा गरिएको थियो। तर व्यवहारमा त्यो आशा व्यर्थ हुन पुगेको छ। सरकारी पुरस्कार, पारिताोषिक, मानसम्मान, भत्ता र सहयोगमाथि कि ७० वर्षको उमेर नाघेको मुट्ठीभर मानिस कि भने राजनीतिक दलका झोले कार्यकर्ताको मात्रै जुन हकदाबी रहँदै आएको थियो, सचिव दिनेशहरि अधिकारीले पनि त्यसमा फेरबदल गर्न सकेनन् वा चाहेनन्।

पुरस्कारका प्रसंगमा हेर्दा यस साल पनि नरेन्द्र-इन्दिरा प्रसाईंको जोडीले सधैंझैं थोकका भाउमा अनेक राशीका अनेकन पुरस्कार बाँड्यो, जसका बारेमा दिने र लिनेबाहेक सायदै कसैको चासो जागृत भयो। अत्यन्त सीमित मानिसको मात्र सरोकारमा पर्ने अरू सयौं पुरस्कार भएको हाम्रो साहित्यिक संसारमा सन् २०११ मा ३ वटा ठूला राशीका पुरस्कार पनि थपिएका छन्। झापाका धनाढ्य श्रीप्रसाद ओलीद्वारा स्थापित १ लाख रुपैयाँको रुद्र-अम्बिका साहित्य पुरस्कार, ५० हजारको किराँत साहित्य प्रतिष्ठान पुरस्कारमध्ये किराँत प्रतिष्ठान पुरस्कार र साहित्यकार नगेन्द्र शर्माले राखेको नगेन्द्र-नन्दहरि वाङमय सम्मान नामको रु. ३० हजारको अर्को पुरस्कार। यी पुरस्कारमध्ये किराँत प्रतिष्ठान पुरस्कारमा राजनीतिक विचारधाराको चर्को प्रभाव देखिएको छ भने अरू दुई वटाको भविष्य कस्तो हुने हो, निश्चित भइसकेको छैन।

सन् २०११ मा नेपाली साहित्यको क्षेत्रमा केही उल्लेख्य र सकारात्मक गतिविधि भए। यस साल जनस्तरमा तीनवटा साहित्यिक मेला आयोजन गरिए। पुस्तक बिक्रेता कम्पनी बुकवर्म र एनसेल कर्पोरेसनको संयुक्त तत्वावधानमा भएको पहिलो चारदिने मेलालाई पाटन दरबार क्षेत्रमा आयोजना गरिएको साहित्य र कलाजात्रा नाम दिएको अर्को मेलाले पछ्यायो भने त्यसै बीचमा पर्यटन वर्षको उपलक्ष्य पारेर दाङ पर्यटन विकास समितिले जिल्ला सदरमुकाम घोराहीमा अर्को चारदिने साहित्यिक महोत्सवको आयोजन गर्‍यो। यी तीनै साहित्यिक उत्सव आआफ्ना किसिमले सफल रहे। दाङ महोत्सव अरूभन्दा विशेष रह्यो। यसमा भएको साहित्यकारको भव्य जमघट र त्यसले समेटेको क्षेत्र र कार्यतालिकाका कारण।

बिपी कोइराला नेपाल-भारत फाउन्डेसनको आर्थिक सहयोगमा प्रत्येक वर्ष भारतीय लेखक तथा सामाजिक व्यक्तित्व अजित कौरले आयोजना गर्ने नेपाल-भारत साहित्य तथा कला महोत्सव यस वर्ष पनि भयो। डेढ दशकभन्दा बढी समयदखि श्रीमती कौरको एकल वर्चश्वमा भइरहेको त्यो द्विदेशीय कार्यक्रमजस्तो हुनुपर्ने हो, त्यस्तै भयो। कर्मचारीतन्त्रको बासी गन्ध, मुख्य कर्ताधर्ताको ठस्सा र भारतीय दुतावासले सधैंका लागि पत्याएका केही तथाकथित बुद्धिवादीका बीच थोरै समर्पित स्रष्टा खुम्चिएर बसिरहेका देखिए कार्यक्रम अवधिभर। तर त्यसै कार्यक्रम अन्तर्गत भएको नेपाल र भारतका कविको संयुक्त कवितावाचन कार्यक्रम भने निकै रोचक र सफल रह्यो।

हालका दिनमा लगातार र विभिन्न ठाउँमा भएका पुस्तक प्रदर्शनी, पुस्तक प्रवर्द्धनका लागि सञ्चार माध्यम, खास गरी छापाहरूले देखाएको सद्भाव र प्रकाशकद्वारा सञ्चालन गरिएका पुस्तक बिक्रीका आक्रामक प्रवर्द्धनात्मक कार्यक्रम साहित्य विकासका लागि महत्वपूर्ण उपकरण सावित भएका छन्। सन् २०११ मा पनि यस्ता सकारात्मक क्रियाकलाप जारी नै रहे अझ घनीभूत रूपमा। प्रकाशन नेपालयले सुरु गरेको आफ्ना प्रकाशनको आक्रामक प्रवर्द्धन योजनालाई फाइनप्रिन्ट, हिमाल बुक्स र सांग्रिला जस्ता अन्य संस्थाले पनि पछ्याउँदै आएका छन्। अब यो शैलीलाई साझा प्रकाशन, रत्न पुस्तक भण्डार जस्ता ठूला प्रकाशन गृहले पनि आत्मसात गर्न आवश्यक भइसकेको छ यदि कडा प्रतिस्पर्धात्मक प्रकाशन व्यवसायमा सफलतापूर्वक टिकिरहने हो भने।

सन् २०११ मा साझा प्रकाशनको व्यवस्थापनले त्यसको मासिक प्रकाशन 'गरिमा' को सम्पादकीय जिम्मेवारी त्यहीँकै कर्मचारीको हातबाट झिरेर कवि तथा अनुभवी सम्पादक अविनाश श्रेष्ठलाई सुम्पिएपछि पत्रिकाको गुणवत्तामा देखिएको सुधार एउटा उल्लेख्य घटना बन्न पुगेको छ। कुनै पनि विभागीय साहित्यिक प्रकाशनको सम्पादन कर्मचारी मनोवृत्ति भएको सम्पादकबाट भन्दा सृजनात्मक सोच भएको बाहिरबाट ल्याइएको सम्पादकबाट राम्रोसँग हुन सक्छ भने कुरा प्रमाणित भएको छ।

नेपालसमेत एउटा अंग रहेको प्रतिलिपि अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि र आफ्नै मुलुकको प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी ऐनकानुनको धज्जी उडाउँदै विदेशी लेखकका किताब मूल र अनुवाद दुवै संस्करणमा छाप्दै बेच्दै गर्ने अवैध व्यवसाय सन् २०११ मा पनि अक्षरको दुनियामा चोरबाटोबाट पसेका ठगले निर्वाध रूपमा चलाएको देखियो। यिनको त्यस्तो गैरकानुनी व्यापारमाथि अंकुश लगाउन सरकार त उद्यत भएन नै, वैध ढंगले व्यवसाय चलाइरहेका प्रकाशनगृहले समेत आफूले आयोजन गर्ने साहित्य र पुस्तक मेलामा तिनको सहभागिता हुन दिएर चोरलाई भद्राशन उपलब्ध गराएझैं गरेका छन्। आइन्दा पुस्तक व्यवसायी संगठन र साझा प्रकाशन आदिले पुस्तक प्रदर्शनी र मेलाको आयोजना गर्दा प्रतिलिपि अधिकार उल्लंघनकर्तालाई तिनमा प्रवेश दिने छैनन् भन्ने आशा गर्न सकिन्छ।

अनुवादका माध्यमबाट नेपाली साहित्यलाई विश्वको विशाल पाठक समूहसम्म पुर्‍याउने र अरू भाषा जान्ने नेपालीलाई अन्य भाषाका उत्कृष्ट साहित्यको रसास्वादन गराउने अभियानका दृष्टिले भने सन् २०११ पहिलेपहिले जस्तै निराशाजनक रह्यो। भाषा साहित्यको प्रवर्द्धनका दृष्टिले अत्यन्त महत्वपूर्ण यो काममा अग्रेसर हुनुपर्ने नेपाल प्रज्ञाप्रतिष्ठान लगभग निस्त्रि्कय नै रह्यो। निजी क्षेत्रका प्रकाशनले गराएका अनुवादको स्तर यति खराब छ हामीकहाँ, अनुदित पुस्तकका लेखकको अपमान गर्न भाषान्तर गरिएजस्तो लाग्छ। यस साल पुराना गजलकार रामबहादुर पहाडीले महान रुसी साहित्यकार लियो टल्सटयको विश्वप्रसिद्ध उपन्यास 'युद्ध र शान्ति'को अनुवाद गर्ने साहस गरे। तर अन्तिम सम्पादनमा पर्याप्त ध्यान दिन नसकेकाले यो अनुवाद प्रशंसा गर्न लायक हुन सकेन।

सन् २०११ मा निकै किताब छापिए। पढेलेखेका मानिसमा साहित्यप्रतिको अभिरुचि ह्वातै बढेको शुभलक्षण हो यो। पुस्तक प्रकाशनका साथसाथै विमोचन र अन्तक्रिया कार्यक्रम आयोजनाको प्रचलन पनि बढेको बढ्यै छ। यो पनि अर्को खुसीको कुरो हो, विमोचन कार्यक्रमको समाचार दिने क्रममा छापाहरू र एफएम रेडियोेले किताबको सित्तैमा प्रचार जो गरिदिन्छन्। तर विमोचन कार्यक्रममा वक्ताका रूपमा आउने अनुहार भने एकैखाले हुने पनि लगभग प्रचलन नै बनेको देखिन्छ। सन् २०१० सम्म यस मेसोमा गोविन्दराज भट्टराईको एकलौटीजस्तै थियो भने सन् २०११ मा कुमारप्रसाद कोइराला र लक्ष्मणप्रसाद गौतम सबैभन्दा बढी खोजिने वक्ता भएका छन्।

सन् २०११ मा डायस्पोरिक नेपाली साहित्य, त्यसका गतिविधि, त्यसले दिने पुरस्कार र त्यसको आडमा युरोप अमेरिकातिर घुम्न जाने लेखकको पनि दबदबा जस्तै रह्यो। यो संस्थाको नेपाल च्याप्टर पनि यसै साल पुनर्गठन भयो।

सन् २०११ को एउटा उपलब्धि भनेको आनी छोइङ डोल्माको पुस्तक 'फूलको आँखामा' को नेपाली संस्करण आउनु पनि हो जसले थोरै समयमा दस हजारभन्दा बढी बिक्री हुने कृतिको कीर्तिमान कायम गरेको छ। अघिल्लो साल अर्की साहित्यकार तारा राई लेखेको 'छापामार युवतीको डायरी' भन्ने पुस्तकले पनि बिक्रीको यस्तै कीर्तिमान राखेको थियो। सन् २०११ को अन्त्यतिर छापिएको अर्की महिला अनुपम रोशीको पृथक र सनसनीपूर्ण विषयवस्तुमा आधारित उपन्यास 'कुमारी आमा' ले पाठकबाट कस्तो स्वागत पाउने हो, हेर्न बाँकी छ ।

साभारः नागरिकन्यूजबाट

Do you know


चुरोट __ कागजमा बेरेको एक चिम्टी सुर्ती जसको एउटा छेउमा आगो जलीरहेको हून्छ र अर्को छेउमा एक मुर्ख मान्छे हून्छ
बिबाह ___ यो एक सम्झौता हो जसमा पुरुषले आफ्नो ब्यचलरको डिग्री गुमाउँछ तर महिलाले मास्टरको डिग्री प्राप्त गर्छे

डिस्नरी ___एक एस्तो स्थान जहाँ बिबाह (marriage) भन्दा छोटपत्र (divorce) अगाडी आउँछ ।
क्लासिक ___एक यस्तो किताब जस्को तारीफ सबैले गर्छन तर कसैले पढ्दैनन्
एटम बम ___एक यस्तो खोज हो जसले आजसम्म गरेका सबै खोजलाइ समाप्त गर्न सक्छ ।
कन्जुस ___ एक यस्तो ब्यक्ती जो मरेपछी धनी कहलाउनलाइ जिन्दगीभर गरीब भएर बाँच्दछ
बाबु ___ प्रकृती द्दारा दिएको बैकको सुविधा
हाकीम ___ त्यो दिन अफीस समय भित्र आइपुग्छ जुनदिन हामीहरु अफीस पुग्न ढिलो हुन्छौ र त्यो दिन अफीस आउन ढिलो गर्छ जुनदिन हामीहरु समयमै अफिस पुगेका हुन्छौं ।
नेता ___एक यस्तो ब्यक्ती जो चुनाव भन्दा अगाडी हाम्रो अगाडी हात जोड्दै आउँछ र चुनाब पछी हामीले हात जोड्दै जानुपर्छ







बिल गेट्सको सम्पत्ति कति छ ?


१. बिल गेटस्ले प्रतिसेकेण्ड अमेरिकी डलर २५० कमाउँछन् ।
२. यदि गेट्सले हजार डलरको नोट खसाले भने सो टिप्नुभन्दा उनलाई अगाडि बढ्नु नै फाइदा हुन्छ किनकि चार सेकेण्डमा उनले अर्को हजार डलर कमाईसकेका हुन्छन् ।
३. अमेरिकाको सबै ऋण बिल गेट्सले तिरिदिने हो भने जम्मा दुई बर्षमा सबै ऋण तिरिन्छ, तर अमेरिकाककै लागि भने दशकौं लाग्छ ।
४. संसारभरका मानिसलाई गेट्सले अमेरिकी डलर १ सय ५० दिने हो भने पनि उनीसँग पाँच लाख अमेरिकी डलर पकेट मनिका रुपमा उभ्रिन्छ ।
५. अमेरिकामा सबैभन्दा धेरै कमाउने खेलाडी माइकल जोर्डन बिल गेट्सजत्तिकै धनी बन्न दुई सय ७७ वर्ष लगातार अहिले कमाइरहेको भन्दा बढी कमाउनुपर्दछ ।
६. यदि बिल गेट्सको शरिर एउटा देश भएको भए यो विश्वको बिसौं धनी राष्ट्र हुनेथियो ।
७. गेट्सको सबै धनलाई अमेरिकी एक डलरको नोटमा बदल्ने हो भने पृथ्वीबाट चन्द्रमामा पुग्ने छुट्टाछुट्टै १४ वटा बाटाहरु बनाउन सकिन्छ । यो बनाउन लगातार काम गर्ने हो भने पनि १४ सय बर्ष लाग्दछ ।




८ बर्षको हुँदा __ हाम्रा बाउ जस्तो बलियो कोही छैन संसार मै 
१० बर्ष _ हाम्रा बाउ जस्तो बाठा कोइ छैन 
१२ बर्ष _ हाम्रा बाउले पढेका त हुन ह 
१६ बर्ष _ बाउत लास्टै लोवी छन हौ हाम्रा 

१९ बर्ष _म बाउ जस्तो पोइसा कमाउने भये कती चैन गर्थे होला       तितो तर  याथार्थ 

२३ बर्ष _ हाम्रा बाउको कुरै नगर है बौलाएका छन 
३०बर्स हाम्रा बाउ त बुढा हुन थालेछन 
४० बर्ष _ हाम्रा बाउले धन्न पालेका रहेछन त्यत्रो पारीवार महाङ्गी मा 
६० बर्ष _ मैले बाउ लाई माया गरेको भये मेरो छोरो ले पनि आज मलाई माया गर्ने थियो होला