Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Monday, 13 January 2014

तिमी


मैले चाहे भन्दा धेरै,मैले मागे भन्दा ठुलो उपहार हौ तिमी ,
किनकी तिमी मेरो साथी,मेरो मनको साथी जिबनभरी..
जबजब म हड्बडाउँछु,तिमी त्यँहा हुँन्छौ सम्हाल्न मलाई,

मेरा कमजोरीहरु औल्याइदिन र मलाई राहत दिन..
बुझाउन मलाई अनि बाटोहरु देखाइदिन..
तिमी त हौ मेरो भरोसाको प्रतिमुर्ती,
जसरी तिमी हरेक दु:ख सुखमा त्यही हुँन्छौ ..
तिम्रो न्यानो सहानुभुति सहित देखा पर्छौ ..
जहिले म एक्लो महसुस गर्छु,
तिमिले एक्लोपनको आभास हुन दिदैनौ..
जब म थकित भैइ सपनाहरु धमिलो देख्न थाल्छु,
तिमीले सुनौलो आशाहरु जगाइदिन्छौ..
थाहा छैन म कसरी अभिब्यक्त गरुँ आँफैलाई,
तर तिमीले हजारौं बाटोहरु पहिल्याइदिन्छौ..
न त तिमीले मलाई हतास हुने मौका दिन्छौ,
न त निरास भैइ सुन्यमा कतै हराउन दिन्छौ..
तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,
मेरो सफल जिबनको सिढिँहरु बन्न सक्छौ..
तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,
अटल विश्वाश र संजिबनीका बुटीहरु हुन सक्छौ ..
त्यसैले त म भन्ने गर्छु तिमीलाई,
तिमीबिना शायद म अपुरो छु,अँधुरो हुनेछु..
केबल यस्तै भैरहनु,परिवर्तन नहुनु कहिलेपनि,
म तिमीलाई गुमाउन चाहन्न,
तिमी मेरो प्रत्यक पलहरुको साथी..
भौतिक रुपले हामीलाई अलग्याए पनि,
तिमी त्यही हुनेछौ मेरो आडमा..
तिम्रा न्यानो साथहरु त्यही हुनेछन,
हाम्रो मित्रताको हातहरु कहिले बदलिने छैनन् ..
म साँचै भाग्यमानी ठान्छु आँफैलाई,
तिम्रो आगमन मेरो लागि एउटा छुट्टै पहिचान ..
अपेक्षा गर्छु म तिमीबाट,हर कोणहरुबाट,
तिमी त हौ मेरो पाइला-पाइलाको साथी..
शब्दहरुमा सिमित पार्न सक्दिन म,

Thursday, 30 August 2012

नभुल है



i love u rose ...
बिवसतामा  टाढा भयौ  जहाँ भए पनि  खुसि रहनु  
चाल्दा   हरेक पाइलामा सफलताको शिखरमा चढ्नु है 
संगर्स का बाटाहरु कठिन छ अब तिम्रो यात्रा 
समस्या  जस्तै  भएपनि   हार  कधापी नखानु है 
तिम्रो    सम्जानको  दिप  जलाई   पर्खी बस्छु 
 शत्रु देखि  जोगिएर  चाडै अघि  बढ्नु  है 
 कहिले काही त  याद मेरो  आउछ  होला नै  
 सम्जेर अतित त्येही प्रतिबिम्ब  मेरो हेर्नु है 
 जति हिड्छौ अघि सहज  बन्दै जावस बाटो 
 आत्मियता को बाटो  कहिल्यै  नभुल  है "

Friday, 13 July 2012

यो मन

i  love you .....
नियमित केही छैन,व्यस्तता छैन कुनै,
ओठमा कलेटी मनमा थकान छैन कुनै !
यो बाटो जागिरहेछ,
यो बस्ती अग्लिरहेछ !
तिमीलाई छुन यो मन पग्लिरहेछ !
हतारमा कसैलाई पर्खनु पर्ने छैन,
बीचैमा कसैलाई बिर्सनु पर्ने छैन !
यो साथ रमाइरहेछ,
यो पल झुमिरहेछ !
तिमीमै हराउन यो मन उर्लिरहेछ !

Friday, 29 June 2012

लिएर जाउ

आखामा  आसु  दिएर जाऊ  तिमि
सफलताको पगरी भिरेर  जाऊ  
सान्त्वना का   ति सब्द  चाहिदैन 
मेरो  आशिर्बाद  लिएर जाऊ 
बाध्यता र बिबसता का पीडाहरू 
नथपिउन्  अझै यस्ता दुख्ने  घाउहरुमा 
      हिजोका  ति व्यथा हरु  भुल्दै 
सम्भावाना र आसा लिएर जाऊ 
पर पुगेर   बाइ बाई  गर्नुपर्दैन 
मेरो शुभकामना   लिएर जाउ 
अतित  हाम्रो क्षण भरमै देखेको सपना 
अब यति  नै  हो भेट नभए  सम्जना 
    कल्पना  सबै हावामा  उडा उ दै  
हिजोका  कसम हरु  भुलेर  जाउ 
ति  चुम्बन हरु  मलाई चाहिदैन 
 यी नै  आसुका फुलहरु  उपहार  लिएर जाउ 
केवल  मेरो शुभकामना  लिएर जाउ 

Friday, 24 February 2012

गजल


गजल

Mohan Samit
तिम्रा चिठी तस्बिर आर्यघाट मा जलाइसके 
प्रेमका अनमोल उपहार खरानी बनाई सके 

माया को बहाना मा सर्बश्व नै लुटिहाल्यो 
भयो अब नसम्झ मैले तिमीलाई बिर्सिसके 

जीवन भरि  नै निको नहुने घाउ दिई गयो
अब कसै संग प्रेम नगर्ने बाचा मैले गरि सके

मलाई रुवाए पनि निस्ठुरी तिमि सुखी खुसि रहु 
आशु पियर बाच्न अनि हास्न मैले जानिसके 
 सायद यस्तै यस्तै मा मर्छु कि आज भोलि 
 अन्तिम उपहार दुइ थोपा आशु चढाई सके 



एउटै मन कहिले आगो कहिले पानी हुन्छ ।
भइदिन्छ कहिले राजा कहिले रानी हुन्छ ।

खुसी हुदाँ उफ्रिएर मनको हिमाल चढे पनि,
यही मन कहिले बद्मास् कहिले ज्ञानी हुन्छ ।

संसारको रीतसँग मिल्नु पर्ने बाध्यता छ
त्यसैले पो कहिलो चोर कहिले ध्यानी हुन्छ