Saturday 19 April 2014

एकल महिलाका आवाज (विचार/विश्‍लेषण )

प्रसंगवश मैले रविनालाई सोधें, 'तिम्रा श्रीमान के काम गर्नुहुन्छ बहिनी ?' हठात् उनका आँखा भरिए । मैले उनीसँग माफी मागेँ । उनलाई सोध्न नहुने थियो यो प्रश्न ।
रोल्पा लिवाङबाट राजधानी छिरेर संघर्ष गरिरहेकी उनका पति सेनाबाट १२ वर्षअघि मारिएका रहेछन् । माओवादी गतिविधिमा संलग्न भएको आरोपमा सुराकी लगाएर मारेको रहेछ, सेनाले उनलाई । जंगलै-जंगल हिँडाएर, पानीमा डुबाएर यातना दिएर गोली हानेको रहेछ, सेनाले उनको लोग्नेको छातीमा ।
usha
उषा हमाल

पति मारिँदा उनले उनले चौबीसमात्र टेकेकी थिइन् र उनका दुई सन्तान भर्खरका चिचिला थिए । अहिले उनीहरू केही हुर्किएका छन् र सरकारी स्कुल पढ्दैछन् । सरकारी स्कुलमा फि तिर्नु नपर्ने हुँदामात्र उनले छोराछोरी पढाउनसकेकी रहिछन् । अन्यथा सानो चियाखाजा पसल चलाइरहेकी उनले कसरी बालबच्चा पढाउने ? उनलाई कुनै संघ/संस्था, पार्टी र सरकारले केही सहयोग गरेको छैन । कसैले आफ्नालागि केही सहयोग गर्छ भन्ने कुरामा उनमा अब झिनो आशा बाँकी रहेको पनि छैन ।
एकल महिलालाई समाजले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आइसकेको पनि छैन । केही गरी खानलाई पनि कैयौंपटक समाज बाधक भएर तेर्सिन्छ । साँझ नपरी हतार-हतार पसल बन्द गर्नुपर्छ । ग्राहकहरू उनको यौवन ताकेर पसलभित्र पस्न खोज्छन् ।
उनका पति त्यतिबेला नै चल्तापुर्जा र शिक्षित रहेछन् ।आफ्नो पढाइ-लेखाइ नभएकी उनका पतिले उनले नपढेकोमा पछुताउ नगर्न सम्झाउँथे र आपmनो जीवनको गतिलो खम्बा आफ्नो लोग्ने भएकोमा उनलाई गर्व थियो । 'तर खै पढ्नु त आफैले पो पर्ने रहेछ । आपmनोलागि आफैमात्र पो भइँदो रहेछ', उनले भनिन् । त्यस्तै कथा छ, हीरामाया तामाङको । काभ्रे जिल्लाको दुर्गम गाउँमा उनका अठ्ठाईस वर्षे पतिलाई अनाहकमा मारेका थिए, माओवादीले । उनीहरू विरुद्ध सेनालाई सुराकी दिएको आरोप लगाएका थिए, उनीहरूले । उनका दुई चिचिला छोराछोरी र उनकै अगाडि निर्घात कुटेर मारेका थिए, उनका पतिलाई । अहिले हीरामाया बनेपामा चियापसल गर्छिन् र छोराछोरी सरकारी स्कुलमा जेनतेन पढ्छन् । उनले गाउँ छोडेर विस्थापित भएको धेरै भैसकेको छ । उनको गाउँमा रहेको केही जमिन र सानो घर त्यति बेलैदेखि माओवादी कार्यकर्ताका कब्जामा छ ।
जनयुद्ध चलिरहेकै समयमा एउटी एकल महिलासँग मेरो जिल्ला शिक्षा कार्यालय सल्यानमा साक्षात्कार भएको थियो । सेतो पहिरनमा उनी शिक्षा कार्यालयमा आफ्ना छोराछोरीका लागि छात्रवृत्ति पाउन अनुरोध गर्न आएकी थिइन् । उनका पतिलाई उनकै अगाडि, नाबालक छोराछोरीकै अगाडि माओवादीबाट नृशंस हत्या गरिएको रहेछ । यो हत्यापछि उनीहरूको तहसनहस जीवनमा सुधार आउन सक्ने सबै बाटा थुनिए । कहीं कतै राहतको गुञ्जाइस रहेन ।
सरकारबाट छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था भएको कुरा कसैले उनलाई सुनाएको रहेछ । उनी हस्याङ-फस्याङ गर्दै झन्डै कार्यालय बन्द हुने समयमा आइपुगेकी थिइन् । त्यहाँ उनी आफ्ना सबै कुरा भन्नसक्ने अवस्थामा पनि थिइनन् । त्यतिबेला गाउँ छाड्न जनसरकारको अनुमतिपत्र लिनुपर्ने आदेश थियो र त्यो अनुमतिपत्र सेनाले भेट्टाएमा ठूलो कारबाही हुने गथ्र्यो । अरुले जस्तै उनले पनि जनसरकारको अनुमतिपत्र कतै ढुङ्गाले च्यापेर आएकी रहिछन् । छोराछोरीका लागि उनले सरकारी छात्रवृत्ति लिएमा जे पनि हुनसक्ने धम्कीसमेत उनलाई दिइएको रहेछ ।
मलाई लाग्यो- कुनै महिलालाई उमेरदार देख्दैमा उनका पतिबारे सोध्न नहुने र कुनै केटाकेटीलाई उनका बाबुआमाबारे प्रश्न गर्दा विचार पुर्‍याउनुपर्ने स्थितिबाट हामी गुजि्ररहेका छौं । यत्रतत्र भेटिन्छ, यो संवेदनशील स्थिति । मलाई यहाँनेर एउटा दृश्यको सम्झना हुन्छ- माओवादी युद्ध चरम अवस्थामा पुगिरहेको बेला अमर प्रहरीहरूको सम्झनामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा भेला भएका अमर प्रहरीका पत्नीहरू सयौंको संख्यामा सेतो पहिरनमा उपस्थित थिए । यो दृश्य देख्दा कार्यक्रमका उद्घोषक नै भक्कानिएर रुन थालेपछि ती सहिद पत्नीहरूलाई त झन् सम्झाउन सक्ने कसले ! त्यो हृदयविदारक दृश्य देखेको कति नै भएको छ र !
युद्ध कसका लागि लडियो र कसका लागि समाप्त गरियो, त्यो आपmनो ठाउँमा छ, तर यी एकल महिला र उनका बालबच्चाहरू जस्ताका लागि युद्ध कहिल्यै समाप्त नहुने आगो भएर बलिरहेको छ । रविनाले भनेकी थिइन्, 'मारिने त एकपटक मारिएर गए, हामी बाँच्ोकाहरूले पलपलमा मर्नु परिरहेको छ ।'
कसरी भन्ने अब युद्ध समाप्त भएको छ ? युद्ध कागजमा समाप्त भएको होला । गोलीगठ्ठामा समाप्त भएको होला । सम्झौताहरूमा युद्ध रोकिएको होला । तर के रविनाहरू जस्ताका जीवनमा युद्ध समाप्त भएको छ ? उनका छोराछोरीको पेटमा दन्किरहेको भोकको युद्ध समाप्त भएको छ ? कहिले पनि नपुरिने घाउ थोपरेको छ, जनयुद्धले हामीमाथि । हामी ती घाउहरू महाभारतको श्रापित पात्र अश्वस्थामाको कहिले पनि निको नहुने घाउजस्तै सहिरहेका छौं । यी घाउ निको पार्न सक्ने त अब कुनै उपचार छैन । जुन युवतीका लोग्ने मारिएका छन्, जुन बालबच्चाका बाबुआमा मारिएका छन्, जुन बाबुआमाका छोराछोरी मारिएका छन्, उनीहरूको मुटुमा दुखेको घाउ कसले निको पार्न सक्छ ?
तर राष्ट्रका चालकहरू गतिला भएका भए रविनाका छोराछोरीजस्ता केटाकेटीको पेट भोको नरहनुपर्ने हो । आफ्ना बाबु गुमाएका बालबच्चाको शिक्षा, स्वास्थ्य र भरणपोषणका लागि रविनाजस्ता युवतीहरूले आँसु बगाउनु नपर्ने हो ।
त्यस्तै एकल महिलाका सन्दर्भमा कुरा गर्दा जनयुद्ध एउटा पाटो हो भने अर्को पाटो वैदेशिक रोजगारी पनि हो । दिनहुँ वैदेशिक रोजगारीमा गएका युवायुवतीका मृत शरीर भित्रिन्छन् । ती अनाहकमा ज्यान गुमाएका युवाका उमेरदार पत्नी र बालबच्चाले भोग्ने पीडा पनि उस्तै हुन् । वैदेशिक रोजगार फेरि अर्को जनयुद्ध भएर तेर्सिएको छ, हाम्रोसामु ।
तर त्यसरी पति गुमाएका एकल महिलालाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोण भने पीडादायी छ । कमजोर र असहायलाई हेप्ने र बलियाको तलुवा चाट्ने प्रवृत्ति हाम्रो समाजमा यत्रतत्र हावी छ । यही नकारात्मक प्रवृत्तिका कारण एकल महिला, टुहुरा बालबालिका, अशक्त बुढाबुढीजस्ता सहयोगको जरुरत भएकाहरू नै हेपिएका छन् र सहयोगविहीन भएका छन् । यही प्रवृत्तिका कारणले नै एकल, असहाय र बुढी महिलाहरूलाई बोक्सीको आरोप लगाएर यातना दिइन्छ । पुरुषलाई बोक्साको आरोप लगाएर यातना दिएको खबर सुन्नमा आउँदैनन् ।
युद्धविराम घोषणा भएपछिका दिनहरूमा सरकारी र गैरसरकारी संघ/संस्थाका ओठहरूमा शान्ति पुनःस्थापना, द्वन्द्व व्यवस्थापन, द्वन्द्व प्रभावित क्षेत्र, द्वन्द्व पीडित महिला र बालबालिकाहरूजस्ता शब्दहरूले अत्यधिक नृत्य गरिरहेको देखिन्छ । तर के द्वन्द्व व्यवस्थापन भनेको हातहतियारको व्यवस्थापनमात्रै हो त ? युद्धबाट तहसनहस भएको मानवीय पक्षको व्यवस्थापन प्राथमिकतामा पर्नुपर्ने हैन र ? युद्धविरामपछि द्वन्द्वपीडित महिला र बालबालिकाका नाममा अर्बौंका योजनाहरू तर्जुमा भएका खबरहरू सुन्नमा नआएका हैनन्, तर देख्नमा भने आएनन् !
                                                                                                                    -उषा हमाल

Friday 18 April 2014

तस्बिरहरु यस्ता छन् जसलाई बुझ्न भाषा, संस्कार, शिक्षा कुनै चिजको आवश्यक पर्दैन -

यहाँ प्रस्तुत गरिएका तस्बिरहरु यस्ता छन् जसलाई बुझ्न भाषा, संस्कार, शिक्षा कुनै चिजको आवश्यक पर्दैन । संसारको जुनसुकै कुनामा भएपनि मानिसमा धेरैजसो कुरामा समानता हुन्छ – आनन्द, निराशा, जिज्ञासा र अमर लगनशीलताजस्ता कुराहरु प्रत्येक मानिसमा विद्यमान हुन्छन् । यहि समानताहरुलाई नै तल प्रस्तुत गरिएका तस्बिरहरुमा देखाउन खोजिएका छन्, हेरौँ तस्बिरहरुः
  1. १७ वर्षीया जान रोज कस्मिरले सन् १९६७ मा भएको पेन्टागन एन्टि वार प्रोटेस्टका दौरान खटिएका सेनाहरुलाई फूल दिँदै ।
  2. कोरियन युद्ध चुलिएका ताका सर्जेन्ट फ्रान्क प्रेटरले दुई हप्ते बिरालोलाई दुध खुवाउँदै ।
  3. अन्तर कोरियन पारिवारिक पुनर्मिलनपछि उत्तर कोरियाली वृद्धले आफ्ना दक्षिण कोरियाली भाइलाई बिदाई गर्ने बेला आँसु झार्दै ।
  4. सन् १९६० को दशकमा आफ्नो खेलौनासँग एक बालक बाटो काट्दै ।
  5. ऐल्बिनिजम रोग लागेका तीन हप्ते बालक आफ्नो भाइसँग सँगै सुत्दै ।
  6. नेपाली महिला डोको बोक्दै ।
  7. मृत्यु शिविरबाट छोडिएका पुरुषको टाउको र मुखमा दागहरु
  8. ब्राजिलका एक प्रदर्शनकारी बन्दुकको नाल अगाडि
1142-934x
350-934x

731-934x
1722-934x

393-934x
1525-934x

1329-934x
1032-934x

2104-934x
2221-934x

संसारका सबैभन्दा दुखद १० तस्वीर

एक तस्वीर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्वीर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखी नभई सुखै पाउँदैनन् । बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केही यस्ता तस्वीर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनियाँ सामु व्यक्त गरेका हुन्छन् । तपाईसामु दश यस्ता तस्वीर प्रस्तुत गर्दैछु  जसले दर्दनाक घटना तथा प्रकोपलाई दुनियाँसामु प्रष्ट पार्छन् । यो तस्वीर प्रस्तुत गर्नु तपाईलाई दुखी बनाउने  उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने मेरो  मान्यता रहेको छ ।

१. बौद्ध भिक्षुको आत्मदाह (1963)

यस तस्वीरले पूरै दुनियाँलाई शोक सन्तप्त बनाईदियो । यहाँ बौद्ध भिक्षु दक्षिणी भियतनाममा अमेरिकी युद्दको विरोध गरिरहेका थिए । भिक्षुले आफैले आफुलाई आगो लगाए । अचम्मको कुरा के छ भने शरीरमा आगो लाग्दै गर्दा उनी न चिच्याए न त जलुञ्जेल हल्लिए नै । उनले चुपचाप आत्मदाह गरे ।


 २. इराक युद्ध (2003)

एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए । उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर डराए । कैदीले सैनिकसँग अपिल गरे कि आफ्नो हतकडी खोलियोस् र आफुले बच्चालाई मायाले समाउन पाउँ । अन्तत: सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए।





 ३. भोपाल ग्याँस काण्ड (1984)

भोपाल ग्याँस काण्ड दुनियाँको सबैभन्दा ठूलो औद्योगिक घटना मध्ये एक हो । भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चीस हजारभन्दा बढि मानिस प्रभावित भएका थिए । यो तस्वीर सोही घटनाको हो । घटनास्थलमा एक बच्चाको शरीर फेला पर्यो । ग्याँस का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए ।



४. पहिलो कालो विद्यार्थीलाई निकाला (1957)

नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट (कालो वर्णकी विद्यार्थी) थिईन् । स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यवहार भयो । आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो । तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक उडाईरहेका छन्।



५. भूकम्पले आमाकै अगाडि पाँच बच्चाको ज्यान लियो (1983)

सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडि ज्यान लिएको थियो । यो तस्वीरले बताउँछ कि उनलाई कति पीडा भईरहेको छ ।



 ६. आफ्नै सैनिक र नागरिकमाथि बम प्रहार

कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन् । दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथि बर्सियो । ईलाकामा भागदौड मच्चियो । भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।


  
 ७. ज्वालामुखीपछि हिलोमा फसेकी आमयरा सांजेच (1985)

कोलम्बियाको आर्मिरोमा सन् १९८५ मा ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो । आमयरा सांजेच १३ बर्सकी थिईन् । उनी हिलोमा फसेकी थिइन् । आफ्नो घर बर्बाद भएपछि पनि उनी तीन दिनसम्म हिलोमा नै गाडिएकी थिइन् । फ्रेंक फार्नियर यो तस्वीर लिएका थिए । यसै तस्वीरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो । केही दिनपछि आमयराको मृत्यु भयो ।




 ८. स्पाइना बिफिडाको सफल अप्रेशन

यो तस्वीर सन् १९९९ को हो, जब डक्टर्सले स्पाइना बिफिडाको सफल अप्रेशन गरेका थिए । यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कड पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन । स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकालेपछि बच्चाको हड्डीको विकास हुँदैन ।


 ९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै (1975)

सन् १९७५ मा यो दर्दनाक तस्वीर क्यामरामा कैद भएको थियो । घरमा आगो लागेपछि आमा र बच्चाले झ्यालबाट हाम फाले । माथिल्लो तलामा रहेका उनीहरु जर्ने भरयाङ समेत जलिसकेको थियो। भूईँमा पछारिएर आमाको मृत्यु भयो । बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए ।






























१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्ध

यो तस्वीरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे । अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्ध । यो तस्वीरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।


Sunday 6 April 2014

यस्ता केटीबाट सधै टाढा रहनु राम्रो

भनिन्छ,एउटा सफल व्यक्तिको जीवन पछाडि उसको जीवनसाथीको महत्वपुर्ण भुमिका रहेको हुन्छ । जीवनसाथीकै उत्कृष्ट सल्लाह र सहयोगमा सफल बनेका उदाहरणहरु दुनियाँमा प्रसस्तै सुन्न र पढ्न पाइन्छ । अनि जीवनसाथी झुर पर्दा दुःख पाएका र जीवनबाट नै पलायन भएका घटना पनि हामीले देखे सुनेका नै छौं । एउटा भनाइ नै छ,‘महान जीवनसाथी आफ्नो श्रीमानको दास बनेर उसलाई राजा बनाउँछे र आफु पनि रानी बन्छे । तर खराव जीवनसाथी आफ्नो श्रीमानमाथि शासन चलाउँछे र उसलाई नोकर बनाउँछे ।’ विज्ञहरुले गहिरो अध्ययन गरेर काम नै नलाग्ने खराव महिलाहरुको ९ आनीबानीहरु प्रकाशमा ल्याएका छन् । उनीहरुले पत्ता लगाएका यि ९तथ्य सार्वजनिक गर्दै तत्काल यस्ता केटी र महिलाहरुबाट टाढा रहन सुझाव समेत दिएका छन् । दुई दम्पतीबीचको सम्बन्ध सुमधुर हुनबाट रोक्ने महिलाका यस्ता सात आनीबानीहरु टाइम्स अफ इन्डियाको सहयोगमा । 
1.आफुले भनेको सबै ठिक अरुले भनेको बेठिक भन्ने प्रवृतिः–केही महिलाहरु यस्ता हुन्छन्,जो अरुको कुरा सुन्न नै चाहँदैनन् । यस्ता बर्गका केटीहरुलाई के लाग्छ भने उनीहरुलाई दुनियाँमा थाहा नभएको कुरा केही छैन र उ जस्तो सर्बज्ञ दोस्रो व्यक्ति यो समाजमा छैन । उनीहरुको यही सोचाइको कारण उनीहरु सधै अरुमाथि राज्य गर्न अग्रसर हुन्छन् । विज्ञहरुका अनुसार सुरुवातमै विना हिच्किचावट कुनै पुरुषमाथि एउटा महिला हाबी हुने तरिकाले प्रस्तुत भइन भने उनीबाट तत्काल सतर्क हुनु पर्छ,किनकी यस्ता केटीहरु अरुलाई भेडा ठान्छन् र आफुलाई महान सम्झेर आफ्नो केटासाथीमाथि शासन गर्न तम्सिहाल्छन् । 
२. शंकालु केटीः कतिपय केटीहरु अत्यन्तै शंकालु हुन्छन् । यस्ता प्रकृतिका केटीहरु के चाहन्छन् भने उसको केटा साथीले सबै खालका गतिविधी उसामु छर्लङ्ग पार्नु पर्छ । कतिसम्म भने उसको केटा साथीले हरेक गतिविधि उसका अगाडि दुरुस्त राखेन भने यस्ता खालका केटीहरु फायर हुन पुग्छन् र वमलाई विर्साउने गरी विष्पोट हुन्छन् । यस्ता केटीसँगको सम्बन्ध कतिसम्म घाडो बन्न जान्छ भने तपाईले आफ्ना चिनेको साथीहरुसँग पनि निर्धक्क कुरा गर्न पाउनु हुन्न । कुनै केटीसाथीहरुसँग कुरा गर्नु भयो भने यस्ता केटीहरुले तत्काल तपाइलाई स्पष्टिकरण दिन बाध्य पारिहाल्छन्–उ को हो र किन उसँग कुरा गरेको भनेर । यति भनेर मात्र उनीहरुले तपाईलाई छाड्ने छैनन्,तपाइले उसलाई कहाँ, के को सिलसिलामा चिनेकोलगायत सबै कुरा सविस्तार भन्न हिच्किचाउनु भयो भने उसको असह्य प्रहार तपाईमाथि पर्ने निश्चित छ । ३.बुझ्नै नसकिने खालका केटीहरुः कतिपय केटीहरु यस्ता हुन्छन् कि उनीहरको बारेमा बुझ्न अत्यन्तै कठिन हुन्छ । उनीहरु केही विषयमा राखेको जिज्ञासामा ‘हो’ भन्ने जवाफ दिइरहेका हुन्छन् । तर बास्तवमा उनीहरुलाई भित्र भित्रै ति कुराहरु ‘होइन’ भन्ने लागिरहेको हुन्छ । असमझदार केटीहरुसँगको सम्बन्ध पनि तत्काल पुर्णविराम लगाउनु बुद्धिमानीपुर्ण हुन जान्छ किनकी भविश्यमा यस्ताको पछि लागियो भने पछुताउनुको विकल्प नै हुँदैन ।
 ४. म जे गर्छु ठिक गर्छु प्रवृतिः यस्ता प्रकृतिका केटीहरु कति सम्म घाडा हुन्छन् भने उनीहरुलाई मन परेको कुरा सबैलाई मन पर्छ भन्ने ठान्छन् । अनि सुरु भइहाल्छ उनीहरुको अतिचार । उसलाई मन परेको खाना,कामलगायत सबै उसका रोजाइहरु तपाइलाई मन पर्नै पर्ने भए पछि अनि पर्दैन त फसाद । यही कारण हो धेरैको जीवनमा असमझदारी बढ्दै गएर घरबार विग्रिएको छ । त्यसैले यस्ता स्वभावका केटीसँगको चक्करमा हुनु हुन्छ, या जोडि सक्नु भएको छ भने अहिले नै यिनलाई बाइबाई गर्नुस् । अन्यथा भविश्यमा पछुताउने ड्युटी बाहेक तपाईसँग अरु केही बाँकी रहने छैन ।
 ५.डाढे केटीहरुः यदि तपाईको संगतमा रहेकी केटी साथी कसैको इष्र्या बढी गरिरहेकी हुन्छीन् भने तपाईले अहिले नै सोच्नुस् कि उनी खतरनाक किसिमकी केटी हुन् । यस्ता केटीसँग तपाईको जीवन चलाउन निकै नै कठिन हुनेछ,किनकी यस्ता प्रकृतिका केटीहरु आफुले केही गर्नु भन्दा पनि अरुको आलोचना र इष्र्या गर्नमा नै बढी रमाउँछन् । भनाइ नै छ नि,‘अरुको इष्र्या गर्नेहरु सधै इष्र्या नै गरिहेका हुन्छन् ।’यस्ता केटीहरु आफ्नो केटा साथीले कुनै केटी साथीसँग कुरा मात्र गरे पनि डाहले भुतुक्कै हुन्छन् । तिनलाई लाग्छ–अव उसले मलाई छाडेर उसँग लाग्यो भने त म समाप्त नै हुन्छु । ६.परनिर्भर तथा आत्मविश्वासविहिन केटीहरुः कतिपय केटीहरु केटा साथी वा श्रीमानले नै सबै कुरा गरिहाल्छन्,मैले केही जिम्वेवारी नलिए पनि हुन्छ भन्ने खालका हुन्छन् । यस्ता केटीहरु पुर्ण रुपमा अरुमा परनिर्भर हुन्छन् र सानो दुःखमा पनि आकासै खसे जस्तो गरी आत्तिन्छन् । यस्ता केटीहरुले आफ्नो श्रीमान बाहेक जीवनमा अरु केही नै सोचेका नै हुँदैनन् । उनीहरुलाई आफुले जीवनमा केही गर्नु पर्छ भन्ने पनि लागेको हुँदैन । बस् श्रीमान र उसको प्रमीबाट मुखबाट–म तिमीलाई माया गर्छु’ भन्ने बाक्य आए पुग्छ । यति मात्र होइन,यस्ता केटीहरुले तपाईको हरेक गतिविधीमाथि पनि उत्तिकै निगरानी राखिरहेका हुन्छन्,प्रहरीले चोर र डाँकाको गस्ती गरेजस्तै गरी । यदि त्यस्तासँग तपाईको सम्बन्ध जोडिन पुग्यो भने भुलेर पनि यस्तासँग सम्बन्ध अगाडि नबढाउनु किनकी यस्तासँगको दिर्घकालिन सम्बन्ध सुमधुर हुने सम्भावना अत्यन्त क्षिण हुन्छ ।
 ७.आमाबाबु भन्दा माथि उठेर सोच्न नसक्ने केटीः कोही केटीहरु आफ्ना आमाबाबुको खटन पटन भन्दा बाहिर आउन नै सक्दैनन् । उनीहरुलाई सानो निर्णय लिन पनि बाबु आमाविना कठिन प्रायः जस्तै हुन्छ । ‘मेरो त ड्याड र ममले नै सबै कुरा गर्नु हुन्छ,यो त मलाई थाहा छैन बुबा आमासँग नै एक पटक सोध्नु पर्छ’ जस्ता कुरा गर्ने केटीहरु पनि झुर नै हुन्छन्,व्यवस्थापकिय क्षेत्रमा । उनीहरुमा आफैले केही गर्नु पर्छ भन्ने बानीको साथै व्यवहारिक र व्यवस्थापकिय क्षमता पनि विकास भएको हुँदैन । त्यसैले यस्ता केटी पनि तपाईको रोजाइमा नपरेकै बेस हुन्छ ।
 ८.अरु सबै सुखी छन्,म मात्र दुःखी छु ः कतिपय केटीहरु कति असन्तोसी प्रकृतिका हुन्छन् भने उनीहरु कहिल्यै पनि खुसी रहन नै सक्दैनन् । अरु सबै सुखी छन् तर म भने दुःखी छु भन्ने भावना त्यस्ता केटीहरुमा आइरहन्छ । फलानोले त्यत्रो पैसा कमायो ,फस्ट डिभिजनमा डिग्रि पास गर्यो ,उसको छोरोले यस्तो गर्यो तर मैले केही गर्न सकिन,उ कति धेरै खुसीपुर्वक बाँचेको छ तर मैले भने कहिल्यै खुसीपुर्वक बाच्न सकिन भन्ने असन्तोकी प्रकृतिका केटीहरुसँगको सम्बन्ध पनि सुमधुुर हुन सक्दैन किनकी असन्तोकी सधै दुःखी रहने त प्रकृतिको नियम नै हो ।
९.मनको कुरा खुलेर नगर्ने केटीः कतिपय केटीहरु मनका कुरा खुलेर गर्दैनन् । उनीहरु आफ्ना सबै क्रियाकलाप आफ्नो केटा साथीलाई जानकारी नै नहोस् जस्तो सोचाइ राख्छन् । आफ्नो मोवाइलमा आएको फोन,मेसेज,भेटघाट ,खर्च जस्ता कुराहरुमा यदि कुनै केटी पारदर्शी छैनन् भने त्यस्ता केटीलाई अहिले नै विदाई गरिहाल्नोस् किनकी यस्ता केटीले तपाईको जीवनमा कहिल्यै खुसी ल्याउन सक्दिनन् ।यस्ता प्रकृतिका केटीबाट बढी खर्च गर्ने,परपुरुषहरुसँग लाग्ने जस्ता धेरै सम्भावना रहने विज्ञहरुको ठहर छ । 

Thursday 3 April 2014

जीवनलाई सुखद र स्वास्थ्यपूर्ण बनाउने तरिका

smtsza
 १. परिवर्तन स्विकार्नोस जीवनलाई सुखद र स्वास्थ्यपूर्ण बनाउने हो भने सबैभन्दा पहिला आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी छ । यदि तपार्इंको दिनचर्या यान्त्रिक प्रकृतिको छ भने तपाईंमा अनेकौं समस्या देखिन सक्छन् । दिनभर कामको थकान, अव्यवस्थित खानपिन र काम सक्ने वित्तिकै ककटेलको साथले कहिँ कतै असर गरिरहेको हुनसक्छ । तपाईंकालागि शारीरीक अभ्यासको समय पनि नहुन सक्छ । मानसिक पीडा र डिप्रेसनले छोप्यो भने त झन् तपार्इंले कहिल्यै पनि राहत महसुस गर्न सक्नुहुन्न । त्यसैले आफ्नो जीवनपद्दतिलाई एउटा स्वस्थ तालिकामा ढाल्ने प्रण गर्नुहोस् । र, त्यो परिवर्तनलाई स्वीकार्नुहोस् ।
 २. दिमाग, शरीर र आत्माको सम्मान तपाईंको अस्तित्व केमा निर्भर छ ? मान्नोस् या नमान्नोस् –दिमाग, शरीर र आत्मा नै तपार्इंको अस्तित्वको समीकरण हो । यी तीन तत्वले जहिले पनि सन्तुलन खोजिरहन्छन् । काम, सम्बन्ध, पैसा, सिर्जना, अध्यात्म र खुसीजस्ता विषयबीच तालमेल छैन भने तपार्इंको अस्तित्व पनि सन्तुलनमा हुँदैन । सामाजिक जीवन, घरायसी वातावरण, स्वास्थ्य र व्यायामबीच समन्वय गरेको अवस्थामा तपार्इंले आफूमा धेरै परिवर्तन महसुस गर्न सक्नुहुन्छ । अर्को कुरा, यदि तपाईं आफूमा समस्या छ भन्ने ठान्नुहुन्छ भने शरीरले बोलेको सुन्नोस् । कसरी सुन्ने ? कसरी थाहा पाउने, सन्तुलन बिग्रिएको ? टाउको दुख्नु, माइग्रेन हुनु, पाचन प्रणाली बिग्रिनु, अपाच्य हुनु, तनाव हुनुजस्ता कुराहरु नै पर्याप्त हुन्छन्, आफंैले आफंैलाई जाँच्न । त्यसैले के छ त समस्या भन्ने थाहा पाउनुस् । बुझ नपचाउनुस् । र, समस्याहरुको निराकरण खोज्नुहोस् । आफुँले आफैलाई सम्हाल्न सके मात्र अरुलाई पनि सम्हाल्न सकिन्छ ।
 ३. समय अनुकुल व्यायाम गर्नुहोस् रोग लाग्ने खतराबाट मुक्त हुनकालागि सबैभन्दा अचूक मन्त्र हो व्यायाम । यसकालागि शारीरिक अभ्यासका विभिन्न तरिकाबारे जानकारी राख्नोस् ।  स्वस्थ हुन आफ्नो क्यालोरी खर्च गर्न विभिन्न खेल पनि खेल्न सकिन्छ । जस्तै फुटबल, व्याटमिन्टन, दौड, योगा, कराँते ।
 ४. पौष्टिक आहार खानामा ध्यान दिँदा मात्र पनि तपार्इंको स्वास्थ्य गतिलो हुनसक्छ । एउटै खानामा सम्पूर्ण पौष्टिकता पाईँदैन । कसैलाई प्रोटिन मन पर्छ, कसैको शरीरले मासु पचाउँदैन । व्यक्ति पिच्छे शरीरको प्रकृती पनि फरक हुन्छ । केही खाँदा शरीरले प्रतिक्रिया कस्तो दिन्छ, त्यो बुझ्नुस् र त्यही अनुसारको खाना रोज्नोस् । अर्को कुरा, दिनको तीनपटक हरियो सागपात र फलफूल खानुहोस् । यसले शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । गेडागुडी, फाइबर र मासुमा पनि ध्यान दिनुहोस् ।
 ५. आफूलाई शिक्षित बनाउनोस् आफ्नो शरीर, दिमाग, आत्मा, पौष्टिक आहार, व्यायाम, पुरातन दबाई र आयुर्वेदबारे सक्दो जानकारी लिनुहोस् । कारण, आफ्नो मोटोपन घटाउन वा स्वस्थ रहन यस्ता कुराहरु उपयोगी हुन्छन् । किताब पढ्नुस्, व्लग पढ्नुस्, सेमिनार जानुस, कक्षा लिनुस् । तर यसलाई केबल श्रोेतको रुपमा लिनुस् ।
 ६. निरन्तरता दिनुहोस् स्वस्थ जीवन कायम गर्न निरन्तर लागि पर्नुपर्छ । जीवन परिवर्तन गर्ने उपाय यही हो । स्वस्थ्य जीवन नै पहिलो प्राथमिकतामा पर्नुपर्छ । स्वस्थ्य जीवन तपार्इंको महत्वपूर्ण हिस्सा हो भने यसले अवश्य प्राथमिकता पाउँछ । नयाँ जीवन पाउन वा बनाउन कहिल्यै ढिलो गर्नु हुँदैन ।
 ७.  सहयोगी बनाउनोस् स्वस्थ हुने यात्रामा सफलता त्यसबेला मिल्छ जुनबेला तपार्इंलाई साथ दिने मान्छे हुन्छन् । साथ दिने मान्छेहरुको सञ्जाल बनाउनोस् । आफ्नो यात्रालाई टेवा पुग्ने र प्रभाव पार्ने साथी पत्ता लगाउनोस्् । फेसबुक र ट््वीटरमा स्वास्थ्य टिप्स्बारे सल्लाह गर्नोस् । जीवनलाई स्वस्थ बनाउन किन पछि हट्ने ? 

suza stdy time at home



2014




smtsza  maya ko prtik red rose





my family 2012



2015 at   hotel seraton







suza visit pokhra 2014

2012




2014








at friends 2014


2015

2015







token of love smtsza

suza at pkhra

suza 2012

2012


2013 smtsza

2013 suza


suza at clz  2014

at splash  21annversary 

with frnz 

with my frnz  ksa. 2014/01

smtsza




















at deepawali 2013










sza with  mom 





at khobar beach 2012



at  cobra park  2014

smtsza 

samrit  12 month   (1st birth day ) 

samrit with  vavi 





bikram samir 

My bro samir 

Bro&vavi

vavi  sapna 

suza at clz  2014

at splash  21annversary 

with frnz 

with my frnz  ksa. 2014/01

smtsza

 
2015/10/14
 
 
topi diwas
 
 
2015
 

selfe with  family

 
2015/09/26
 
 

 
 

2015/10/14

 
21015
 
with brother
 
with  my lovely wife
 
2015
 
2015/12/18
 
 
 
 
 
 
 
 
 
 
 
 

 

bardasi dada ko dhara 2015

 
 
 
 
 

 
 

 

my wife

 



 

 
 
 
samrit kripa 2015
 
 

 

 
 
 
 
 
dasai ma with wife 2015
 
 
 

 
 
mom
 
 
with family  tihar 2015
 
 
 
 
 
 

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 
 
 
 
 
 
 
 
my sis &brother
 
 
 
 

 

 
 
 

deepawali 2015

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
kripa
 
 
 
 

2012 dajuvai

 
 
 
 
 
 
 

 

 

 

 

 
 
 
 

old pic 2004

 
 
 
 
 
 
 
 
old pic 2000
 
 
 

 
 
 
 
1988 with my family
 
2015/10/14
 

smtsza dream baby

 
our dream baby
 
smtsza dremz baby