Tuesday 28 January 2014

एउटा रोचक घटना about facebook

तपाईं इन्टरनेटमा रहँदाको आफ्नो अधिकांश समय फेसबुकमा बिताउनुहुन्छ होला । जसबाट तपाईंले धेरै साथीहरु बनाइसक्नुभएको छ । र, धेरै जानकारी पनि लिइरहनुभएको छ । तर, के तपाईले सोच्नुभएको छ ? फेसबुक कसरी बन्यो र कसले बनायो ? यसबारे एउटा रोचक घटना छ ।
कथा फेसबुकको
सन् २००३ अक्टोबर २८ को रात १९ बर्षीय एउटा ठिटो आफ्नी प्रेमिकासँगको सम्बन्ध टुटेपछि एकोहोरो केही सोचिरहेका थिए । उनी प्रेमिकालाई बिर्सन चाहन्थे र प्रेममा पाएको धोकाले दिएको पीडाबाट मुक्त हुन चाहन्थे । धोकेबाज प्रेमिकाको सम्झनाबाट आफ्नो ध्यान कसरी अन्त मोड्न सकिन्छ, उनी यसबारे सोचिरहेका थिए । प्रेमिकालाई बिर्सने बहाना खोज्दा खोज्दै उनी अन्ततः इन्टरनेटको एउटा नयाँ वेभसाइटका जन्मदाताका रुपमा उभिन पुगे । त्यो वेभसाइटको नाम पनि उनी आफैले जुराए । जसको नाम थियो फेसम्यास (Facemash)।
Mark Zuckerberg
फेसम्यासका जन्मदाता हुन्, अमेरिकी नागरिक मार्क जुकरबर्ग । १९ बर्षको हुदा फेसम्यासको अबधारणा सुरु गरेका जुकरवर्ग अहिले २९ बर्षका भएका छन् । त्यतिबेला उनी हारवर्ड विश्वविद्यालयमा अध्यनरत थिए । फेसम्यासमा उनले हार्वर्ड युनिभर्सिटीमा अध्यनरत विधार्थीहरुको फोटोहरु राखेर ‘को भन्दा, को राम्रो छ ?’ भनी प्रश्न राखेका थिए । उनले हार्वडमा अध्ययनरत विद्यार्थीहरुको फोटोहरु र उनीहरुको जानकारी बारे हार्वडको कम्प्युटर नेटवर्कबाट ह्याक गरेका थिए । त्यसअघि हार्वडका विद्यार्थीबारे जानकारी दिने वेभसाइटको निर्माण भइसकेको थिएन, त्यसैले उक्त वेभसाइट शुरु भएको पहिलो चार घण्टाको शुरुमै ४ सय ५० जनाले अवलोकन गरे । त्यसपछि उनी यस्तो अकल्पनीय प्रतिक्रियाबाट हौसिए ।
यही उत्साहबाट उनले फेसम्यासलाई (The Facebook.com) द फेसबुक डट कमको रुपमा बिकसित गरे । यो चार फेबु्रअरी २००४ को घटना हो । फेसम्यासलाई हार्वडका विद्याथीहरुले मात्र चलाउन पाउथे । तर, द फेसबुक डट कमको रुपमा बिकसित भएपछि यो अमेरिकाका सबै विश्वविद्यालय र क्यानडासम्म पनि फैलन पुग्यो ।
सन् २००५ मा फेसबुकले फेसबुक डट कम (Facebook.com) डोमेन २ लाख अमेरिकी डलरमा किन्यो । फेसबुकको बढ्दो लोकप्रियतासँगै यसले आफ्नो वेभसाइट २६ सेप्टेम्बर २००६ देखि सबैको लागि खुला गरिदियो । यसको सदस्य बन्नका लागि एउटा वैधानिक इमेल ठेगाना हुनुपर्छ ।
यसले सन् २००६ देखि उक्त वेभसाइट सबैको लागि खोलिदिएपछि यसको लोकप्रियता चुलियो । अहिले फेसबुकले जनाए अनुसार यसको सदस्य संख्या १०० करोड छन् र दिनप्रतिदिन यसको सदस्य संख्या बढिरहेको छ ।
फेसुबक कम्पनी र अवार्ड
फेसबुकको केन्द्रीय मुख्यालय क्यालिफोर्नियामा अवस्थित छ भने यसको अन्तराष्ट्रिय मुख्यालय आइरल्याण्डमा । फेसबुक कम्पनीको मुल्य सन् २०१४ को जनवारीमा मात्रै १०२ खर्ब रुर्पैंया थियो । यसबाटै पनि हामी अनुमान गर्न सक्छौ यसको आम्दानी कति होला ।
फेसबुकले प्राप्त गरेका अवार्डका बारे कुरा गर्दा यसलाई सन् २००७ मा P.C.Magazine ले उत्कृष्ट 100 classic website भित्र राखेको थियो । त्यस्तै, सन् २००८ को webby award अवार्डमा यसले People’s Voice Award प्राप्त गर्‍यो ।
वेभसाइट मूल्याकंन संस्था Alexa का अनुसार सेप्टेप्बर २००६ पछि विश्वव्यापी इन्टेरनेट प्रयोगको हिसाबले फेसबुकले ६० औं स्थानबाट दोस्रो स्थानमा फड्को मार्‍यो । र, अहिले (२०१४) मा पनि दोस्रो स्थानमा नै छ । । फोटो अपलोडका हिसाबले यो सबैभन्दा प्रचलित वेभसाइट हो ।
सन् २००५ पछि फेसबुक शब्द यति धेरै प्रयोग भइसकेको छ कि, यसलाई सन् २००८ मा The Collins English Dictionary ले New word of the year घोषित गरेको थियो । त्यस्तै, टाइम म्यागिजिनले सन् २००८ मा जुकरबर्गलाई विश्वका प्रभावशाली व्यक्तिहरुको सूचीमा राखेको थियो भने २०१० मा जुकरबर्ग टाइम वर्ष व्यक्ति बनेका थिए ।
सन् २००९ को डिसेम्बरमा, The New Oxford American Dictionary ले unfriend भन्ने शब्दलाई Word of the year घोषित गर्‍यो । unfriend भन्ने शब्दले फेसबुकमा साथीको सूचिबाट हटाउनु भन्ने बुझिन्छ । यसरी फेसबुक अहिले विश्वमा लोकप्रिय बन्न पुगेको छ । यसको जन्मदाता २९ बर्षीय जुकरवर्ग फेसबुकबाटै अरबपति बनेका हुन् । फेसम्यासबाट आफ्नो यात्रा प्रारम्भ गरेको फेसबुकले हालसम्म विश्वका उत्कृष्ट अवार्डहरु पाइसकेको छ ।
नेपालमा के भन्छन् ?
facebook cartoon
अमेरिकाको न्युयोर्कमा गरिएको एक सर्वेक्षणले फेसबुक जस्ता नेटवर्किङ साइटहरु जीवनकै हिस्सा भइसकेको निष्कर्ष निकालेको छ । सो सर्वेक्षणका अनुसार त्यहाँका युवाहरु फेसबुक जस्ता नेटवर्किङ साइट चलाउन पाउने सर्तमा मात्र जागिरमा प्रवेश गर्ने निर्णय गर्छन । सो सर्वेक्षण अनुसार हरेक १० जना मध्ये ९ जनाले फेसबुक जस्ता नेटवर्किङ साइट चलाउँछन् । विश्वभर लोकप्रिय रहेको फेसबुक पछिल्लो समय नेपालमा पनि लोकप्रिय छ । यहाँ सर्वसाधारणदेखि विशिष्ट व्यक्तिहरु सबैले फेसबुक चलाइरहेका हुन्छन् । बाबुराम भट्टराई, मिनेन्द्र रिजालदेखि लिएर पछिल्लो पुस्ताका गगन थापा, रामकुमारी झाँक्री सबै फेसबुक चलाउन अभ्यस्त छन् । चलचित्र निर्देशक प्रकाश शायमी देखि उद्योगपति राजेन्द्र खेतान पनि फेसबुकमा छन् । आखिर किन चलाउँछन् त यिनीहरु फेसबुक ?
पूर्वमन्त्री गणेश शाह भन्छन् ‘आफु विज्ञान र प्रविधिमा रुचि राख्ने व्यक्ति भएर होला, फेसबुकको प्रयोगबाट धेरै कुरामा अपडेट हुन पाउँछु ।’
युवा नेतृ रामकुमारी झांक्री – ‘आफ्नो विचार राख्न र अरुको विचार बुझ्नको लागि फेसबुक निकै नै लाभदायी भएको छ ।’
पत्रकारहरु त प्रायः सबै फेसबुकबाटै आजकल एकअर्कासँग बलियो रुपमा सम्पर्कमा रहन्छन् । पत्रकारहरु फेसबुकबाट आफ्नो नियमित काममा धेरै फाइदा मिलेको बताउंछन् । बीबीसी साझा सवाल साप्ताहिक रुपमा चलाउने पत्रकार नारायण श्रेष्ठ आफ्नो कार्यक्रमको विषयवस्तु छनौट र त्यसको बारेमा सोध्नुपर्ने प्रश्नहरु पनि फेसबुकबाट नै आजकल हामी लिन थालेको बताउँछन् ।
facebook girl problem jpg
फेसबुक अहिलेको पुस्तामा निकै नै लोकप्रिय रहेको कुरा घाम जस्तै छर्लङ रहेको छ । यसलाई प्रयोग गरेर पुराना पुस्ताका नेताहरु युवा पुस्ताको विचारप्रति चासो राख्ने कुराले पनि यसको प्रयोगबाट कसरी मानिसहरुले फाइदा लिइरहेका छन् भन्ने बुझ्न सकिन्छ ।
पूर्वमन्त्री गणेश शाहका अनुसार फेसबुक सबभन्दा बढी युवा पुस्ताले चलाउने हुँदा उनीहरुको सोचसँग आफु अभ्यस्त हुन मिल्ने बताउँछन् ।
फेसबुकले पुरानो पुस्ता र नयां पुस्तालाई समायोजन गर्ने काम गरेको छ । फेसबुकमार्फत नयाँ पुस्ताले पुराना पुस्ताका अनुभवलाई नजिकबाट नियाल्न पाउँछन् भने पुराना पुस्ताले नयाँ पुस्ताका विचारहरु बुझ्न पाउँछन् ।
लोकप्रियता विवाद र दुरुपयोग
फेसुबकका निर्माता जुकरबर्ग यस्तो वेभसाइट निर्माण गर्न चाहन्थे, जो मानिसले उठ्ने बित्तिकै खोलोस् र सुत्नुअघि पनि हेरेर सुतोस् । उनी यस मामला सफल जस्तै देखिन्छन् ।
फेसबुकमा म्यासेज पठाउनेदेखि लिएर च्याट गर्ने, भिडियो अपलोडदेखि फोटो अपलोड गर्ने जस्ता सुविधा रहेको र मुख्यतः पुराना साथी भेटिने र नयाँ साथी बन्ने एउटा सजिलो माध्यम बनेकाले पनि युवा युवती माझ फेसबुक लोकप्रिय छ ।
Prachanda facebook
अझ स–साना नानीहरु फेसबुकमा गेम खेल्न पाइने, साथीहरु र परिवारसँग थोरै पैसामा च्याट गर्न पाइने कारणले पनि फेसबुकप्रति आकर्षित भइरहेका छन् । धेरै भएको छैन, फेसबुक नेपालमा यति लोकप्रिय भएको । प्रायः सबै फेसबुक प्रयोग गर्न थालेको ३–४ महिनादेखि १ वर्ष मात्रै भएको बताउँछन् । र, दिनमा कम्तीमा एकपटक चलाउने धेरै छन् ।
घरमा इन्टरनेटको कनेक्सन भएकाहरुले फेसबुक चलाउनु त अब सामान्य दैनिकी भइसकेको छ । इन्टरनेटको सुविधा नभएकाहरु पनि फेसबुक चलाउनकै लागि साइबर क्याफेतिर धाउन थालेका छन् । साइबर क्याफेका संचालकहरुका अनुसार आजकल बच्चादेखि बुढा प्रायः सबै फेसबुकमा झुम्मिरहेका हुन्छन् । त्रिपुरेश्वरस्थित एक साइबर क्याफेका संचालक रवि धमलाका अनुसार अहिले आफ्नो क्याफेमा आउने लगभग सबै ग्राहकहरु फेसबुक खोल्ने गर्छन् ।
फेसबुक लोकप्रिय वेभसाइट हो, यसमा दुई मत छैन । तर, यसको लोकप्रियतासँगै यसले थुप्रै विवादहरु पनि निम्त्याएको छ । फेसबुकले मानिसहरुको व्यक्तिगत
Prachanda prakash facebookगोपनियतामा खलल् पुर्‍याई व्यक्तिगत स्वतन्त्रताको हनन् गरिरहेको छ भन्दै यसको आलोचना गर्नेहरु पनि प्रशस्त छन् । अरु कसैको नाम र फोटो राखेर फेसबुकमा अनावश्यक टिकाटिप्पणी गरी धेरै व्यक्तिहरुको छविमा खलल पुर्‍याइरहेको उदाहरण पनि प्रशस्तै छन् ।
आजकल नेपालमा पनि फेसबुकमार्फत अरुको चरित्र हत्या गर्ने प्रयासहरु भइरहेका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको नाममा पनि यस्तै नक्कली फेसबुकहरु प्रयोग भइरहेका छन् । प्रकाश भन्छन् – ‘मेरै नक्कली फेसबुक ५–६ वटा छन् जसले मलाई अप्ठ्यारोमा पारिरहेको छ ।’
त्यतिमात्र कहाँ हो र ? माओवादी अध्यक्ष पुष्पकमल दाहालका नाममा पनि नक्कली फेसबुक प्रयोगमा आइरहेका छन् । वास्तवमा भन्नुपर्दा दाहालको फेसबुक नै छैन । कोही अरु ब्यक्तिले नै उनको नाममा उक्त फेसबुक चलाइरहेका छन् । प्रकाशले आफ्ना पिताको नाममा खोलिएका सबै फेसबुक नक्कली भएको बताएका छन् ।
उता नेपालका सुपरस्टार राजेश हमालको पनि आफ्नो फेसबुक छैन । तर, कोही अरुले नै उनको नाममा फेसबुक चलाइरहेका छन् । राजेश भन्छन् – ‘मेरो नाममा पनि नक्कली फेसबुक धेरैले चलाइरहेका छन्, जसले मलाई कहिलेकाँही अप्ठ्यारोमा पनि पार्ने गरेको छ । त्यसैले म आफैं छिट्टै फेसबुक खोल्ने तरखरमा छु ।’
बिधार्थी नेतृ रामकुमारी झाँक्री आफै फेसबुक चलाउँछिन । तर, यसबाहेक उनको नाममा अरु कसैले दुई वटा फेसबुक चलाइरहेको छ ।
फेसबुकले अर्को भोगिरहेको आलोचना के छ भने यसले मानिसको अमुल्य समयलाई खेर फालिरहको छ । फेसबुकमा ब्यस्त भएका कारण अन्य महत्वपूर्ण कार्यहरुप्रति मानिसहरुले बेवास्ता गरिरहेको टिकाटिप्पणी पनि बेला बेलामा सुनिँदै आएको छ । नेपालकै कुरा गर्दा सबभन्दा बढी चलाइने वेभसाइट फेसबुक हो । यहि फेसबुक सिंहदरबारका कर्मचारीहरुले चलाउन पाउँदैनन् । सिंहदरबारभित्र फेसबुकका कारण कर्मचारीहरुले राम्ररी काम नगरेको भन्दै त्यहाँ अफिस टाइममा फेसबुक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यस्तै कति प्राइभेट कम्पनीहरुमा पनि फेसबुकले कर्मचारीहरुलाई अल्छी बनाएको भन्दै प्रतिबन्ध लगाइएको छ । प्राइभेट बैंकहरुमा कर्मचारीहलाई फेसबुक चलाउन दिइएको छैन ।
baburam facebook
चलचित्र निर्देशक निरक पौडेलले आफूले पनि फेसबुक चलाउने तर अत्यधिक प्रयोग गरेर समय खेर फाल्न नहुने सुझाव दिन्छन् ।
फेसबुकको खुलापन, समय र फेसबुकको समेत दुरुपयोग भएका कारण धेरै देशमा यो वेभसाइटलाई प्रतिबन्ध लगाइएको छ । सिरिया, चीन, इरान, भीयतनाम आदि देशहरुमा फेसबुकलाई प्रतिबन्ध लगाइएको छ ।
सिरियाली सरकारले फेसबुक प्रयोग गरी त्यहाँका जनताले सरकारको विरोध गरेका कारण फेसबुकलाई प्रतिबन्ध लगाएको हो । चीनको कुरा गर्दा सन् २००९ मा भएको उरुम्की दंगापछि चीनमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको हो । जुन अझै पनि जारी छ । सिन्जियान प्रान्तका उइगुर समुदायले आन्दोलनको प्रचार गर्न फेसबुकको प्रयोग गरेकै कारण यसलाई प्रतिबन्ध लगाएको थियो ।
त्यसैगरी सन् २००९ मा भएको विवादस्पद राष्ट्रपति निर्वाचनका क्रममा प्रतिपक्षीहरुले चुनावप्रचारमा फेसबुकको प्रयोग गर्न सक्ने हुनाले इरानमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो, जुन अद्यावधि छ ।
ramchanda paudel facebook
फेसबुकमा व्यक्तिगत गोपनियता कुरा व्यापक रुपमा उठेपछि यसका निर्माता मार्क जुकरवर्गले यसका प्रयोगकर्तालाई आफ्ना जानकारीहरु कस–कसलाई हेर्न दिन मिल्ने–नमिल्ने भन्ने अधिकार प्रयोग गर्न दिएका छन् । जसले गर्दा केहि हदसम्म भएपनि यसको आलोचना थामिएको छ ।
सिक्काको दुई पाटो भने जस्तै हरेक कुराको दुई पक्षहरु हुन्छन् । फेसबुक पनि यसबाट अछुतो हुनै सक्दैन, यसका पनि दुबै नकारात्मक र सकारात्मक पक्षहरु छन् । फरक यत्ति हो कुन कुराप्रति हामी आकर्षित हुन्छौं ।

Monday 13 January 2014

तिमी


मैले चाहे भन्दा धेरै,मैले मागे भन्दा ठुलो उपहार हौ तिमी ,
किनकी तिमी मेरो साथी,मेरो मनको साथी जिबनभरी..
जबजब म हड्बडाउँछु,तिमी त्यँहा हुँन्छौ सम्हाल्न मलाई,

मेरा कमजोरीहरु औल्याइदिन र मलाई राहत दिन..
बुझाउन मलाई अनि बाटोहरु देखाइदिन..
तिमी त हौ मेरो भरोसाको प्रतिमुर्ती,
जसरी तिमी हरेक दु:ख सुखमा त्यही हुँन्छौ ..
तिम्रो न्यानो सहानुभुति सहित देखा पर्छौ ..
जहिले म एक्लो महसुस गर्छु,
तिमिले एक्लोपनको आभास हुन दिदैनौ..
जब म थकित भैइ सपनाहरु धमिलो देख्न थाल्छु,
तिमीले सुनौलो आशाहरु जगाइदिन्छौ..
थाहा छैन म कसरी अभिब्यक्त गरुँ आँफैलाई,
तर तिमीले हजारौं बाटोहरु पहिल्याइदिन्छौ..
न त तिमीले मलाई हतास हुने मौका दिन्छौ,
न त निरास भैइ सुन्यमा कतै हराउन दिन्छौ..
तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,
मेरो सफल जिबनको सिढिँहरु बन्न सक्छौ..
तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,
अटल विश्वाश र संजिबनीका बुटीहरु हुन सक्छौ ..
त्यसैले त म भन्ने गर्छु तिमीलाई,
तिमीबिना शायद म अपुरो छु,अँधुरो हुनेछु..
केबल यस्तै भैरहनु,परिवर्तन नहुनु कहिलेपनि,
म तिमीलाई गुमाउन चाहन्न,
तिमी मेरो प्रत्यक पलहरुको साथी..
भौतिक रुपले हामीलाई अलग्याए पनि,
तिमी त्यही हुनेछौ मेरो आडमा..
तिम्रा न्यानो साथहरु त्यही हुनेछन,
हाम्रो मित्रताको हातहरु कहिले बदलिने छैनन् ..
म साँचै भाग्यमानी ठान्छु आँफैलाई,
तिम्रो आगमन मेरो लागि एउटा छुट्टै पहिचान ..
अपेक्षा गर्छु म तिमीबाट,हर कोणहरुबाट,
तिमी त हौ मेरो पाइला-पाइलाको साथी..
शब्दहरुमा सिमित पार्न सक्दिन म,