Pages

Labels

Showing posts with label तितो तर याथार्थ. Show all posts
Showing posts with label तितो तर याथार्थ. Show all posts

Friday, 7 July 2017

केटाकेटीलाई कसरी सिकाउने बचत गर्न

sampada
हरेक आमाबुबा आफ्ना सन्तानलाई राम्रो शिक्षा-दीक्षा दिने प्रयास गर्छन्। त्यसैले उनीहरू आफ्ना सन्तान असल बनी कुनै न कुनै क्षेत्रमा सफलता हासिल गरेको देख्न चाहन्छन्। उनीहरू आफ्ना छोराछोरीलाई पढाइका साथै खेलकुद, गीत, संगीत एवं नृत्यमा पनि पोख्त बनाउने धोको हुन्छ। यद्यपि हामीले आफ्ना छोराछोरीलाई पैसाको मूल्य बुझाउने शिक्षा कहिल्यै दिएका छौं ? सम्भवतः छैनौं। यस किसिमको काम थोरै अभिभावकले मात्र गरेका होलान्।
पैसाको मूल्य सम्झाउनुको अर्थ यो होइन कि उनीहरू 'मनी माइन्डेड' बनून्। यसको आशय हो, उनीहरूमा पैसा बचत गर्ने बानीको विकास होस्। यदि आफ्ना सन्तानमा पैसा बचत गर्ने बानीको विकास गराउन चाहने हो भने निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ।
-    आफ्ना सन्तानलाई त्यस दिनदेखि पैसाको हिसाब-किताब सिकाउन थालांै, जुन दिनदेखि उनीहरूले अंक जोड-घटाउ गर्न सक्छन्। बालबालिकालाई कथा एवं खेलको माध्यमबाट पैसाको महत्वसम्बन्धी शिक्षा दिनुपर्छ।
-    जब-जब शिशु बढ्दै जान्छन् तब-तब उनीहरूको माग पनि बढ्दै जान्छ। विस्तारै-विस्तारै उनीहरूलाई फजुल खर्चबाट रोकौं। उनीहरूलाई आफ्नो संघर्षको सत्य कथा बताऔं। उनीहरूले थाहा पाउनुपर्छ कि, पैसा कमाउन कति कठिन छ ? उनीहरूलाई इमान्दारीका साथ पैसा खर्च गर्न सिकाउनुपर्छ।
-    बालबालिकाले गर्ने सबै माग जायज हुँदैनन्। उनीहरूले जे माग गरिरहेका छन्, त्यो कति सही वा कति गलत छ ? भन्ने विषयमा जानकारी दिनुपर्छ। त्यसपछि उनीहरू स्वयंलाई निर्णय लिन दिनुपर्छ।
-    उनीहरूको आवश्यकता पूर्तिका लागि निश्चित पैसा दिनुपर्छ। उनीहरूलाई विकल्प दिने प्रयास गरौं। आफूले दिएको पैसा कहाँ र कसरी खर्च गर्छन् ? निगरानी राखौं। बालबालिकालाई आफ्नो खर्चको सूची बनाउन लगाउनुपर्छ। यो कुरा पनि महसुस गराउनुपर्छ कि, आफूले गर्ने हरेक क्रियाकलाप उनीहरूकै भलाइको निम्ति हो।
-    आफ्ना सन्तानले राम्रोसँग बचत गर्छन् भने उनीहरूलाई पुरस्कृत पनि गर्नुपर्छ। यसले उनीहरूलाई थप उत्साहित गर्छ।
-    कहिलेकाहीँ बालबालिकासँग पैसा सापटी मागौं। त्यस्तो पैसा फिर्ता गर्दा बजारमा चलेको व्याजको हिसाब गरेर दिनुपर्छ। यसबाट उनीहरूले बजारमा चलेको व्याज दरसम्बन्धी जानकारी हासिल गर्छन्। उनीहरूले जति धेरै बचत गर्छन्, उति नै बढी पैसा सापट चलाएर व्याजसहित फिर्ता गर्नुपर्छ। यसले उनीहरूको मनोबल वृद्धि हुन्छ।
-    आर्थिक लेनदेनका सम्बन्धमा बालबालिकाले राख्ने कुनै पनि जिज्ञासा सही रूपमा समाधान गरिदिनुपर्छ।
-    सधैं फाइदा वा नाफा मात्र दिएर उनीहरूलाई हौस्याउनु पनि हुँदैन। कहिलेकाहीँ घाटा पनि हुन दिनुपर्छ। यसबाट उनीहरूले थाहा पाउँछन्, कि घाटा हुँदा कस्तो परिस्थिति हुन्छ।

Sunday, 26 March 2017

व्यक्तित्व विकासका लागि

व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने पनि हो । पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन बरु कसरी बोलिन्छ, कसरी खाइन्छ अनि कसरी हिँडिन्छ आदि कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर रहन्छ । व्यक्तित्वमै सफलताको रहस्य लुकेको हुनाले सफलता प्राप्तिका लागि व्यक्तित्व निर्माण अत्यावश्यक छ । आफ्नो कस्तो पहिचान बन्छ भन्ने कुरा पनि व्यक्तित्वकै आधारमा तय हुन्छ तसर्थ कुनै पनि क्षेत्रमा प्रगति गर्न व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी छ । प्रभावशाली व्यक्तित्वबिना सफलता प्राप्त गर्न असम्भव हुन्छ । हिजोआज व्यक्तित्व विकासका लागि तालिम पनि लिन सकिन्छ । तालिम प्रदान गर्ने संस्थामा गएर वा विज्ञहरूको सहायता लिएर व्यक्तित्वलाई चाहेअनुरूप बनाउन सकिन्छ ।
पहिरन : फेसन डिजाइनरहरूका अनुसार व्यक्तित्व विकासमा सबैभन्दा महत्वपूर्ण भूमिका पहिरन वा ड्रेस सेन्सको हुन्छ । पहिरनलाई जति तरिका मिलाएर लगाउन सकियो त्यो त्यति नै प्रभावकारी हुन्छ । कस्तो अवसरमा कस्तो पहिरन लगाउनुपर्छ भन्ने कुराको जानकारी राखेर त्यसलाई अवलम्बन गर्दा अरूलाई सहजै आकर्षित गर्न सकिन्छ । पार्टी पहिरन, मिटिङ तथा कार्यालय जाँदाको पहिरन, भ्रमण गर्दाको पहिरन आदि एकै प्रकारको हुँदैन । त्यसैले जुन बेला जस्तो पहिरन लगाउँदा सुहाउँछ त्यसैअनुसार पहिरन छनोट गर्न सके व्यक्तित्वमा अभूतपूर्व आकर्षण उत्पन्न गराउन सकिन्छ । पार्टीकै कुरा गर्दा पनि आफ्नो घरमा पार्टी हुँदा र अरूको पार्टीमा जाँदा लगाइने पहिरन फरक किसिमको हुनु आवश्यक छ ।
शृंगार :
महिलाको सौन्दर्य शृंगार गर्दा अझ खुल्छ, शृंगारले व्यक्तित्वमा पनि परिवर्तन ल्याउँछ । शृंगार पनि कस्तो समारोहमा जाने हो त्यसैअनुरूप हुनुपर्छ । पार्टीमा जाने हो भने कलरफुल मेकअप तथा अफिसमा सामान्य हलुका मेकअप गर्नुपर्छ । पहिरन तथा उमेरका आधारमा पनि मेकअप फरक हुनुपर्छ अन्यथा आकर्षक बन्न गरिने मेकअपले भद्दा वा कुरूप बनाउन बेर लाग्दैन । मेकअप आफ्नो पद–प्रतिष्ठा, सामाजिक सम्बन्ध एवं मर्यादा अनुकूल पनि हुनुपर्छ ।
बडी ल्याङ्ग्वेज :
शरीरको पनि आफ्नै प्रकारको भाषा हुन्छ जसलाई चालढाल, बानी वा बडी ल्याङ्ग्वेज भनिन्छ । हिँडडुल गर्ने, उठबस गर्ने, उभिने, फोनमा कुरा गर्ने आदि कुरामा पनि सबैको आ–आफ्नै शैली हुन्छ । व्यक्तित्व निर्माणमा यस्ता कुराको पनि अहम् भूमिका हुन्छ । कसैको हात हल्लाउने, नङ टोक्ने, नाकमा हात लाने, औंलाले भुइँ कोतर्नेजस्तो बानी हुन्छ । यस्तो बानीले व्यक्तित्वमा नकारात्मक असर पुर्‍याउँछ ।
व्यक्तित्व विकासका लागि आफ्नो विशेषता पहिचान गर्नुपर्छ । खुबी वा बलियो पक्ष पहिचान भैसकेपछि त्यसलाई वृद्धि गर्ने र कमजोरी लुकाउने कुरामा ध्यान दिनुपर्छ ।
सबैका लागि आफ्नो नाम सर्वाधिक प्रिय, मधुर एवं महत्वपूर्ण हुन्छ । अरूको प्रशंसा गरियो भने आफूले पनि अरूको प्रशंसा पाइन्छ । त्यसैले अरूको कुरा काट्नु हुँदैन, त्यसो गरे आफ्नो नकारात्मक छवि निर्माण हुन्छ र व्यक्तित्व विकासमा बाधा पुग्छ ।
राम्रो श्रोता बन्नुपर्छ । अरूको कुरालाई महत्व दिँदै ध्यानपूर्वक सुन्नु उपयुक्त हुन्छ । अरूको रुचि बुझेर व्यवहार गर्नसके अझ उत्तम हुन्छ, आफ्नो मात्र रुचिको कुरा गरेर अरूका अगाडि गलत छाप पर्न दिनु पनि राम्रो होइन । तर्कको अन्त्य हुँदैन, त्यसैले कुतर्क गरेर समय नष्ट गर्नु हुँदैन । उचित कुरा छ भने जोसुकैको विचारको सम्मान गर्नुपर्छ र आफ्नो गल्ती भए त्यसलाई स्वीकार गर्नुपर्छ । यसो गर्दा आफ्नै व्यक्तित्वमा निखार आउँछ ।
व्यवहारमा शिष्टाचार, अनुहारमा मुस्कान एवं आत्मविश्वास छ भने व्यक्तित्वमा गजबको चमक पैदा हुन्छ । तनाव, निराशा, क्रोध, चिडचिडेपनजस्ता भावना चाहेर पनि लुकाउन सकिँदैन, कलुषित भावनाले व्यक्तित्वलाई नै अनाकर्षक बनाउँछ ।
सकारात्मक सोच राख्नुपर्छ । आफूबाट गल्ती भए क्षमा माग्न कन्जुस्याइँ गर्नुहुँदैन । कसैले सहयोग गरे वा कसैको सेवा लिइएको भए धन्यवाद भन्न बिर्सनुहुँदैन । गल्ती ढाकछोप गर्ने, अरूमाथि दोष थोपरेर पन्छिने स्वभावले आफनै व्यक्तित्वमा नकारात्मक असर पुर्‍याउँछ ।

Sunday, 17 May 2015

काठमाडौंका ३१ दुर्लभ तस्बिरहरु, पुराना समयका झलकहरु

काठमाडौं, नेपालको सबैभन्दा ठूलो शहर अनि नेपालको राजधानी। यो शहरलाइ मध्यकालमा कान्तिपुर भनिन्थ्यो। मालीगाउँमा भेटिएको इसं १८५ को मुर्तिनै सबैभन्दा प्राचीनतम तिथि सहितको अवशेष हो प्राचीन काठमाडौंको।
विभिन्न धार्मिक ग्रन्थ तथा वंशाववलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भएकाले ठोस प्रमाण कै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पुरानो परम्परा अनि अवस्थितिको जानकारी भने पाउन सकिन्छ।
स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा दह(पोखरी) थियो। यो पोखरीको नाम नागदह थियो। यो दहको अनौठो शक्ति अनुभुत गरेर मञ्जुश्रीले यो दह भएको ठाँउमा मानव वस्ती बसाल्ने निधो गरे। त्यसपश्चात चन्द्रह्रास खड्ग प्रहार गरेर यो दहको दक्षिणको कच्छपाल पर्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए। चीनबाट आएका उनले पानी निकालिसकेपछि मञ्जुपत्तन नामक एक नगर स्थापना पश्चात धर्माकार नाम गरेका एक व्यक्तिलाइ राजा बनाइ आफु चीन तर्फ नै लागे।
पछि काठमाडौंमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंश अन्तर्गतका विभिन्न राजाहरुले शासन गरे।
राणाकालीन अनि शाहवंशी राजाहरुले शासन गर्दाताकाका विभिन्न तस्बिहरु तल प्रस्तुत गरिएका छन्।
बागमती पुल
बागमती पुल
करिब ७० बर्ष पहिलेको भद्रकाी
करिब ७० बर्ष पहिलेको भद्रकाी
भक्तपुरको पुराना वासिन्दा
भक्तपुरको पुराना वासिन्दा
बाघ दरबार लगाएत राम मन्दिर
बाघ दरबार लगाएत राम मन्दिर
सन् १९३४ मा आएको भुकम्प भन्दा पहिलेको धरहरा
सन् १९३४ मा आएको भुकम्प भन्दा पहिलेको धरहरा
धरहरा
धरहरा
बिं सं १९५७ मा दरबार स्कुल
बिं सं १९५७ मा दरबार स्कुल
केही वर्ष पुरानो काठमाडौमा पानी पर्दा
केही वर्ष पुरानो काठमाडौमा पानी पर्दा
घण्टाघर र रानी पोखरी
घण्टाघर र रानी पोखरी
पुरानो समयमा आएको भुकम्प पश्चातको हनुमान ढोका परिशर
पुरानो समयमा आएको भुकम्प पश्चातको हनुमान ढोका परिशर
जुद्ध सडक
जुद्ध सडक
तत्कालिन प्रधानमन्त्री मोहन शम्शेर (दायाँ) र राजा त्रिभुवन नारायणहिटी दरबार भित्र कुराकानी गर्दै
तत्कालिन प्रधानमन्त्री मोहन शम्शेर (दायाँ) र राजा त्रिभुवन नारायणहिटी दरबार भित्र कुराकानी गर्दै
नेपाल विधुत प्राधिकरणको पुरानो भवन
नेपाल विधुत प्राधिकरणको पुरानो भवन
सन् १९७५ मा न्युरोड
सन् १९७५ मा न्युरोड
पुरानो न्युरोड गेट
पुरानो न्युरोड गेट
करिब ७० बर्ष पहिलेको न्युरोड वरपरको झलक
करिब ७० बर्ष पहिलेको न्युरोड वरपरको झलक
काठमाडौको उत्तरी भुभाग
काठमाडौको उत्तरी भुभाग
पुराना ईट्टा भट्टीको एक झलक
पुराना ईट्टा भट्टीको एक झलक
काठमाडौं पहिलेको समयका मन्दिर तथा घरहरु
काठमाडौं पहिलेको समयका मन्दिर तथा घरहरु
काठमाडौं पहिलेको समयका गाडीहरु
काठमाडौं पहिलेको समयका गाडीहरु
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समयको अवस्था
काठमाडौं पहिलेको समयको अवस्था
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौ पहिलेको समयको गल्ली
काठमाडौ पहिलेको समयको गल्ली
सन् १९४५ मा पध्म शम्शेर
सन् १९४५ मा पध्म शम्शेर
२० पैसाको हुलाक टिकट
२० पैसाको हुलाक टिकट
रक लेजेन्ड एल्विस प्रेस्ली  र नेपालका तत्कालिन राजा हात मिलाउदै
रक लेजेन्ड एल्विस प्रेस्ली र नेपालका तत्कालिन राजा हात मिलाउदै
यी तस्बिरहरु इन्टरनेटमा खोजिएका हुन र तस्बिरहरु पाठकहरुको जानकारी र इतिहासका घटना तथा अवस्थाको बारेमा ज्ञानहोस भनि प्रकाशित गरिएका हुन। यी कुनै पनि तस्बिरहरु नेपालीहेडलाइन्सका होइनन।

Friday, 18 April 2014

तस्बिरहरु यस्ता छन् जसलाई बुझ्न भाषा, संस्कार, शिक्षा कुनै चिजको आवश्यक पर्दैन -

यहाँ प्रस्तुत गरिएका तस्बिरहरु यस्ता छन् जसलाई बुझ्न भाषा, संस्कार, शिक्षा कुनै चिजको आवश्यक पर्दैन । संसारको जुनसुकै कुनामा भएपनि मानिसमा धेरैजसो कुरामा समानता हुन्छ – आनन्द, निराशा, जिज्ञासा र अमर लगनशीलताजस्ता कुराहरु प्रत्येक मानिसमा विद्यमान हुन्छन् । यहि समानताहरुलाई नै तल प्रस्तुत गरिएका तस्बिरहरुमा देखाउन खोजिएका छन्, हेरौँ तस्बिरहरुः
  1. १७ वर्षीया जान रोज कस्मिरले सन् १९६७ मा भएको पेन्टागन एन्टि वार प्रोटेस्टका दौरान खटिएका सेनाहरुलाई फूल दिँदै ।
  2. कोरियन युद्ध चुलिएका ताका सर्जेन्ट फ्रान्क प्रेटरले दुई हप्ते बिरालोलाई दुध खुवाउँदै ।
  3. अन्तर कोरियन पारिवारिक पुनर्मिलनपछि उत्तर कोरियाली वृद्धले आफ्ना दक्षिण कोरियाली भाइलाई बिदाई गर्ने बेला आँसु झार्दै ।
  4. सन् १९६० को दशकमा आफ्नो खेलौनासँग एक बालक बाटो काट्दै ।
  5. ऐल्बिनिजम रोग लागेका तीन हप्ते बालक आफ्नो भाइसँग सँगै सुत्दै ।
  6. नेपाली महिला डोको बोक्दै ।
  7. मृत्यु शिविरबाट छोडिएका पुरुषको टाउको र मुखमा दागहरु
  8. ब्राजिलका एक प्रदर्शनकारी बन्दुकको नाल अगाडि
1142-934x
350-934x

731-934x
1722-934x

393-934x
1525-934x

1329-934x
1032-934x

2104-934x
2221-934x

संसारका सबैभन्दा दुखद १० तस्वीर

एक तस्वीर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्वीर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखी नभई सुखै पाउँदैनन् । बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केही यस्ता तस्वीर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनियाँ सामु व्यक्त गरेका हुन्छन् । तपाईसामु दश यस्ता तस्वीर प्रस्तुत गर्दैछु  जसले दर्दनाक घटना तथा प्रकोपलाई दुनियाँसामु प्रष्ट पार्छन् । यो तस्वीर प्रस्तुत गर्नु तपाईलाई दुखी बनाउने  उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने मेरो  मान्यता रहेको छ ।

१. बौद्ध भिक्षुको आत्मदाह (1963)

यस तस्वीरले पूरै दुनियाँलाई शोक सन्तप्त बनाईदियो । यहाँ बौद्ध भिक्षु दक्षिणी भियतनाममा अमेरिकी युद्दको विरोध गरिरहेका थिए । भिक्षुले आफैले आफुलाई आगो लगाए । अचम्मको कुरा के छ भने शरीरमा आगो लाग्दै गर्दा उनी न चिच्याए न त जलुञ्जेल हल्लिए नै । उनले चुपचाप आत्मदाह गरे ।


 २. इराक युद्ध (2003)

एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए । उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर डराए । कैदीले सैनिकसँग अपिल गरे कि आफ्नो हतकडी खोलियोस् र आफुले बच्चालाई मायाले समाउन पाउँ । अन्तत: सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए।





 ३. भोपाल ग्याँस काण्ड (1984)

भोपाल ग्याँस काण्ड दुनियाँको सबैभन्दा ठूलो औद्योगिक घटना मध्ये एक हो । भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चीस हजारभन्दा बढि मानिस प्रभावित भएका थिए । यो तस्वीर सोही घटनाको हो । घटनास्थलमा एक बच्चाको शरीर फेला पर्यो । ग्याँस का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए ।



४. पहिलो कालो विद्यार्थीलाई निकाला (1957)

नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट (कालो वर्णकी विद्यार्थी) थिईन् । स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यवहार भयो । आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो । तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक उडाईरहेका छन्।



५. भूकम्पले आमाकै अगाडि पाँच बच्चाको ज्यान लियो (1983)

सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडि ज्यान लिएको थियो । यो तस्वीरले बताउँछ कि उनलाई कति पीडा भईरहेको छ ।



 ६. आफ्नै सैनिक र नागरिकमाथि बम प्रहार

कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन् । दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथि बर्सियो । ईलाकामा भागदौड मच्चियो । भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।


  
 ७. ज्वालामुखीपछि हिलोमा फसेकी आमयरा सांजेच (1985)

कोलम्बियाको आर्मिरोमा सन् १९८५ मा ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो । आमयरा सांजेच १३ बर्सकी थिईन् । उनी हिलोमा फसेकी थिइन् । आफ्नो घर बर्बाद भएपछि पनि उनी तीन दिनसम्म हिलोमा नै गाडिएकी थिइन् । फ्रेंक फार्नियर यो तस्वीर लिएका थिए । यसै तस्वीरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो । केही दिनपछि आमयराको मृत्यु भयो ।




 ८. स्पाइना बिफिडाको सफल अप्रेशन

यो तस्वीर सन् १९९९ को हो, जब डक्टर्सले स्पाइना बिफिडाको सफल अप्रेशन गरेका थिए । यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कड पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन । स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकालेपछि बच्चाको हड्डीको विकास हुँदैन ।


 ९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै (1975)

सन् १९७५ मा यो दर्दनाक तस्वीर क्यामरामा कैद भएको थियो । घरमा आगो लागेपछि आमा र बच्चाले झ्यालबाट हाम फाले । माथिल्लो तलामा रहेका उनीहरु जर्ने भरयाङ समेत जलिसकेको थियो। भूईँमा पछारिएर आमाको मृत्यु भयो । बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए ।






























१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्ध

यो तस्वीरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे । अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्ध । यो तस्वीरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।