Friday, 31 May 2013

Life Goes On ...

Writer : Yumesh Pulami 
bednathblg@gmail.com


“तिमीलाई रोजे, विश्वास गरे, मुट्टू झिकेर तिमीलाई सुम्पिदिए !
लत्कारी दियौ, फट्कारी दियौ, त्यहि सोक ले आज म रोगी भए !!
निष्ठुरीलाई माया गरि, आफैलाई रोगी बनाए !
माया साच्चै मोह रै’छ आफैलाई जोगी बनाए !!”

भनेको सुनेको थिए, ‘मान्छेहरु मायामा पागल हुन्छन’ ...वाइयात नै हो जस्तो लाग्थ्यो त्यो लाइन किनकी यतिका बर्ष सम्म मैले जति लाइ माया गरे या लिंकमा रहे ...त्यो अबस्थामा मनमा  केहि खुल्दुली त रहन्थ्यो नै अनि सम्बन्ध टुट्दा बिरक्तता पनि कमै हुन्थ्यो, हल्का मन खल्लो हुन्थ्यो ! तर खुट्टा भए जुत्ता कति कति भने झैँ अर्को कनेक्शन पनि भै हाल्थ्यो ! कसैलाई आफैंले love u भन्ने प्रयास नै गरियो त कतिले मलाइ नै ! अनि अहिले सम्मको लाइफमा साथीहरुले भने झैँ ... कतिको नितम्ब राम्रो लागेर नजिक भैइयो त कसैको पिडुला ! कसैको च्याप्प अंगालोमा मस्त कसौ जस्तो लाग्ने भि’बक्ष देखेरै पछी लागियो त, कसैको मस्त पार्ने ओठ, आँखा ...र हासो देखेर ! आम मानिस टिनेज देखि नै मस्त रहन चाहन्छ ...अनि रेडियो, टिभी ... पत्रपत्रिका र फिल्लिममा भने झैँ / देखे झैँ ... आफुलाई पनि जवानी लुटाउने तलाउको खोजीमा रहन्छ ! अनि माया नै सेक्स हो या सेक्स नै माया हो भन्ने धारणा बसेको हुदो रहेछ ... म मा पनि त्यस्तै लड्डुको तृष्णा रहेछ ! म पनि त्यहि आम मान्छे परे नि ! म मा पनि प्राकृतिक गुण / अबगुण बसेका रहेछन ! तर जब तिमी सँग एक पटक मात्रै भए पनि भेट भएर जुन बोल्ने मौका मिल्यो ... मलाइ के भयो त्यो थाहै भएन ! तिम्लाई सम्झेर कहिल्यौ मैथुनको परिकल्पना नै भएन ... मलाई तिम्रो के राम्रो लाग्यो थाहै भएन बस यो मनले तिम्रो आत्मियता चाह्यो / खोज्यो ! म भन्थे – ‘कसैलाइ पाउनको लागि कोहि किन मरिहत्ते गर्ने र ?’ .... तर म नै मरिहत्ते गर्ने मा परे  –त्यो पनि तिम्रो लागी !
      I never believe movies tale about love, but it was happened with me. When I Shaw & meet with you (only once time-it's unbelievable)... I lose my mind & sense of control… As proverb 'love hasn't rules', it can be happened anytime, anywhere with someone’ - so I can't stop myself then express those things.  Already I told you - it’s hadn't before as like with you. That's my unfortunately ... why it's happened with me? You are as air - it’s come, touch to my hearts & go for away -forever. Don't apology bcoz तिम्ले मेरो मन दु:खाएको छैनौ बरु म आफै तिमीमा हराएको हु – अनि आफुलाई राम्रो लागेको सबै कुरा पाउनु पर्छ नै भन्ने पनि छैन, किन भने मलाइ चन्द्रमा (Moon) पनि मन पर्छ which is comes in sky at night time only त्यो पनि शुक्ल पक्षका रातहरुमा मात्र .. अनि म त्यसलाई पनि त् आफ्नो बनाउन सक्दिन नि ! अनि जहाँ सम्म तिमीले भने जस्तो  - 'life मा सोचेको जस्तो हुने भए संसार कति रमाइलो हुने थियो होला है !’ त्यो त् मलाइ थाहा भएन bcoz I didn't get this opportunely. But I'm glad of you bcoz you told me your view at clearly ... Otherwise म कहिले सम्म fool (मुर्ख) भएर बस्ने थिए... Thanks for that. I can't forget you (never) but I'm trying to do that ...but it's easy to do that for you so, plz plz plz don't reply me! & don't pick up the phone... तर एउटा गितले भने सधै मलाइ जिस्काई रहने भयो.... Have you ever listens this song..??


''Hiding from the rain and snow

Trying to forget but I won't let go

Looking at a crowded street
Listening to my own heart beat

So many people all around the world
Tell me where do I find someone like you girl''……….


I said many thing without understanding to you, so extremely sorry for that at those days & I wouldn't repeat it again (never ever). I don't know, what has gone on with me at those days...??? It hadn’t happen before as with you… when I think about that, I feels I’m fool & stupid ...[ And slowly slap on my head by myself :) :p ] ...
जब तिम्रो रिप्लाई  नो भन्ने आयो ... त्यहाँ देखि माथि भने जस्तै कति पटक तिमीलाई call, SMS, miss call etc  गरेर कुनै पनि प्रक्रिया द्रारा कनेक्सनमा रहने कोसिस गर्ने छुइन भनेर त् कति भने भने तर कहिल्यौ सकिन ! मेरो जिन्दगीमा मैले गर्ने नसक्ने कुराको लिस्टहरुको पनि पहिलो श्रेणी तिर पर्ने कुरा भनेकै – तिमीलाई बिर्सन नसक्नु पनि एक हो ! तर तिमीले त सजिलै मलाइ माया गर्न नसक्ने भयौ ... मलाइ सजिलै  विर्सन सक्ने भयौ ... कास मेरो पनि मन तिम्रो जस्तै भैदिएको भए !

***                        ***                        ***

SMS गर्ने मन त थिएन तर आज बिरामी भएर लामो समय सम्म सुतेर बस्नु पर्दा –तिम्रो धेरै याद आयो अनि आफुलाई रोक्नै सकिन.... अनि आफ्नो मनको कुरा सुनाउन पनि सकिन Share गर्दा मन केहि हल्का हुने थियो कि भन्ठानेर SMS गरेको sorry for that अब देखी SMS पनि लेख्न try गर्ने छुइन, यदि गरे भने नपढी delete गर्दिनु ल यति पनि कति मन थामेर लेखे भन्ने कुरा मेरो मनलाइ मात्र थाहा’छ कति धेरै मान्छेहरुलाई म सम्झाउने र सल्लाह दिन्छु / frustration भएका लाइ motivate गराउने पनि गर्छु तर आज आफ्नै मनलाई सम्झाउन सकिरहेको छुइन  ! I'm gonna mad... मलाइ आफै देखि मुर्मुरिन मन लाग्छ, यति धेरै सम्झना किन आउ’छ – अझ आफुलाई dislike र कुनै response गर्नेको ??. कति बिर्सन खोज्छु, बिर्सन किन यति गाह्रो हुने...? खालि तिम्रो मात्र सम्झना आउछ ... अनि यो सम्झना ... कति पीडादायी हुदो रहेछ भने ... केहि कुरा सँग पनि तुलना गर्न सकिन मैले ! तिम्रै मात्र याद आइरहेको हुन्छ –यो मनमा/ मस्तिष्कमा ! खै किन र कसरि हो थाहा छैन ? नसोच्दा पनि कसरि मन खेली रहेको हुदो रहेछ, निन्द्रा र भोक कता हराउछ थाहा नै छैन, study मा ध्याननै छैन, गितहरु पनि सुन्न मन लाग्दैन –हैन ! सबै गीतहरु मेरा लागी र मलाइ नै जिस्काउन मात्र गाइएका हुन् कि क्या हो जस्तो लाग्छ !!! कसैले मेरा कुरा सुन्दा पनि वाइयात लाग्ने कुरा झैँ )...  अझ एक्लै भए भने झन् गाह्रो ...यो मन कति खेल्छ खेल्छ – भुराभुरी धुलामा खेले भन्दा पनि बढी ! हिजो देखि बेडपरेको छु (बिरामी भएर)... Doctors ले केहि painkiller antibiotic medicine दिएको छ ... weather change भएकोले यस्तो भएको हो ... भोलि ठिक हुन्छ भनेर भनेको छ ... तर त्यसलाई के थाहा यो पिडा निको हुन् कति समय लाग्छ भनेर J ....... घरि घरि त् यस्तो लाग्छ कि मलाइ किन यस्तो भएको भनेर जोडले चिच्याएर बसौ जस्तो ! ..... हैन मैले तिमीलाई भेट्नु नै मेरो गल्ति  हो भने .... यो भन्दा पहिला कति लाइ भेटे भेटे !! तर केहि त्यस्तो विशेष भएन  ... तर तर ...!!!  कतिले मलाइ नै फोर्स पनि गरे ! सब नखरा जस्तो मात्र लाग्थ्यो तर तिमी ... ! May be have something connection with you ...I feels I'm belong with you but it's doesn't matter, now haven't any value of this bcoz your already with someone ... किन कसै कसैको माया यति धेरै लाग्छ .... ??? कास ! तिमि सँग भेट नभएको भए कति जाति  हुनेथियो..... म आफ्नै संसारमा हराएको थिए, मस्त अनि निस्फिक्री थिए ! Yes, I did mistake... अनि त यस्तो लाग्छ –‘साच्चै यो मन ढुंगा भए कति जाति हुने थियो ....न त् हुन्थ्यो पिडा न त् माया !!’  

“मे जहाँ रहू, मे कहिँ भी हु, तेरी याद साथ् हे !
किसी से कहु, के नही कहु, ए जो दिलकी बाते हे !!
कहनेको साथ् आपने एक दुनिया चल्ती हे !
पर चुपके यीस दिलमे तनहाई पर्ती हे !
बस ! याद साथ् हे ! तेरी याद साथ् हे .....”...


तिमीलाई नसम्झेको पल छैन, नझस्केको क्षण छैन ...कितावमा, नोट कापीमा त्यही मुहारको झझल्को छ, एक्लै बाटामा हिड्दा पनि तिमीले भनेको कुरा याद आउदा आफै मसक्क हाँस उठ्छ ....सायद यहि हो माया, प्रेम ! ..And it’s doesn't matter to you, what goes on with me…!  छि, यो मेरो मन पनि कस्तो lizard  (भित्तीजस्तो, कहिल्यै भित्ता छाड्न नसक्ने जस्तो सधै भित्तामा टास्सिरहने ! म life मा कसैको लागि घाँडो मान्छे बन्न चाहान्’थे तर सकिन –तिम्रो लागी म एउटा घाँडो मान्छे भए  -- कति फोन call र SMSगरेको भनेर वाक्क लाग्यो होला है –तिम्लाई !  One sided कुराहरु कहिल्यै सार्थक हुन्न भन्ने पनि थाहा छ तर यो मन बुझाउननै सक्दिन के गर्नु तिमि नै भन ..... त्यो तिम्रो सिम्पल, सुन्दर अनि हसिलो मुहारले झस्काई दि’रहन्छ मलाइ ! शान्त पोखरीमा ढुंगा फाल्दा पानीका छालहरु पर पर किनारको सामिप्यमा पुगेर विलिन भए जस्तो...
But I know just you.....
"You're beautiful, it's true.

I saw your face in a crowded place,

And I don't know what to do,

'Cause I'll never be with you."

मुढा जस्तो मन भएको मेरो जिन्दगीमा पहिलो पटक साच्चैको प्यारको अनुभूति भो त्यो पनि तिमी सँग जोalready connected with someone else... अनि यो जिन्दगीमा कसैलाई यति धेरै मन पराए / माया गरे ... त्यो तिमी नै हौ ! हुन् त् म एउटा आम केटामा हुने स्वभाव भएको मान्छे हु ! राम्रो र सुन्दर (झट्ट हेर्दा ) देखिने जो कोहि केटीहरुलाई –‘आहा, क्या beautiful, वानकी परेकी रै’छ भनेर Love you भन्ने नै परे ! तर त्यसमा आत्मियता/ सामिप्यता र आफ्नोपनको आंगालिक अनुभूति कहिल्यै कसै सँग भएको थिएन ! त्यसैले म भन्न सक्छु that is you ….for me. Really I miss you & I Love you. ! I love you यो question होइन तर पनि त्यसको positive answer खोजिदो रहेछ …  र यो मन पनि ! कति भनौ जिन्दगीमा धेरै सुख दिन नसके’नी दु:खी बनाउने चेष्टा कहिलै गर्ने थिन ! कसरी तिमीलाई विश्वास दिलाउनु –म !  I'm not wrongभनेर ! ..can you suggest to me -in that case what can I do? What I must to do?
“तिम्ले भुल्न सके पनि, मैले भुल्न सकिन हो ,
भमरा झैँ छानी छानी फूलमा डुल्न सकिन हो !
बैगुनीको मायाको धुरु धुरु रुने बनायो !”

यहाँ म एउटा कुरा clear गरौ है (त्यो पनि तिम्रै शैलीमा J ) -म डिस्ट्रब रहनु तिम्रो कारण होइन –यो मेरो मनको कारण हो ! तिमी - मेरो हुन् नसकेकोमा  -यो मन लाइ सम्झाउन खोज्दा  'this is right for youभनेर उल्टै मलाइ नै मेरो मनले सम्झाउने गर्छ ! तिमीले किन मलाइ पन्साउन खोजेको हो - I don't know about that but .... यति धेरै माया life मा म कसैलाई पनि गर्न सक्दिन ... चाहे तिमी मेरो हौ या नहौ ! यदि तिमी नै भन्दछौ भने, ‘विर्सिदिनु भनेर’life मा एउटै कुराको खड्केर रहने’छ त्यो हो –तिमी ! मैले मलाइ डिस्ट्रब हुन् बाट बचाउन र keep smile & happiness with me   भन्ने गराउन नसक्ने नै भए’छु  it's true किनकी त्यसको remote तिमी सँग छ ....के हुने हो अब भन्ने कुरा It's deepened on with u  ...
You know it's true, everything I do, I do it for you .... 
म भावनामा मात्र बहेको होइन म मा जे भै रहेछ साचो र यथार्थ भनि रहेको छु , So Please !  Please !  Please !  Please ! ...बिर्सिनु र impossible भन्ने कुरा कहिल्यौ नभन्दिनु ल ! ... I'm belongs with u .. I really <3 ...="" never="" o:p="" plz="" say="" style="margin: 0px; padding: 0px;" u="">

Sorry मैले गल्ति गरेको भए, किन मैले यति धेरै माया गर्छु भन्ने थाहा पाएर म सँग यस्तोbehave गरिरहेको हो ? Please! Phone  receives गरन , म किन यस्तो crazy भए भन्ने नसम्झनु –तिमी नै यति धेरै राम्री र सालिन, हसिलो छौ म भन्नै सक्दिन ! जसले एकै पटकमा मेरो मन चोर्यो, मेरो चैन खोस्यो ... थाहा छ तिमी लाइ भेट्नु भन्दा अघि म कस्तो बिन्दास थिए तर अहिले तिम्रो प्रेमदास भएछु J! अनि एउटा खुसीको कुरा छ – यो मनमा जे  सुकै भए पनि साथीहरु सँग भेट हुदा मुसुक्क हासेर बोल्दिए पछी कसैलाई थाहा नहुदो रै’छ – यो मन भित्र तिमी प्रतिको कत्रो क्रेज छ भनेर, नत्र पहिले नै मलाई ति सबैले पागल भएछ भनी सक्ने थिए !
If u believes or not ...my love is last forever not fake...I really miss u...always! अहिले आएर यस्तो लाग्दैछ ...साच्ची यो संसारमा भगवान छन् भने उनलाई म भन्न चाहान्छु ... जो कोहि मान्छेको जीवनमा कसै सँग एक पटक प्रेम गराई देउ या उसको जीवनमा प्रेम जगाइदेउ तब मात्र उसले जीवनको स्वर्गीय  आनन्द महसुस गर्न सक्दछ !  अनि मात्र जिउनुको महत्व बुझ्दछ ! जब मान्छे कसैको मायामा पर्छ ... उसको पुरै जीवन खुसी, सुखी भएको महसुस गर्दछ ! कसै बाट गालि खादा पनि हासी रा’हुन्छ ! मन चंगा झैँ नयनको शिर भरि खेली रा’हुन्छ सपना अनि विपना बनि ! जब तिमीले भन्यौ मलाइ – ‘मलाइ बिर्सिदिनु, म तपाइको हुन् सक्दिन, म अरु कसैको लागी हु ...किनकी म पनि त अरु कसैलाई मन पराउछु !’ त्यो वेला म आफुलाई सयौ पटक मरेको  अनुभब गरे ! किंमकर्तव्य बिमुख भएर पागल पनि हुन् सकिन ! अरु केहि सुने सुनिन ! तिम्रो जवाब दिए, दिन  ! कहाँ ...कुन अबस्थामा थिए ! जिन्दगीमा पहिलो पटक कसैको यति ठुलो आस गरेर उसंगै जीवन विताउला  भन्ने ठाने ... उसैले यस्तो भन्दिए पछी ! लाचार भो जिन्दगी ......! त्यस पछी त्  मेरा ढाकरका ढाकर SMS का रिप्ला नै आएन –कहिल्यौ पनि  ! बेपता भए ... माओवादी दण्ड कालमा हराएको कुनै नेपाली युवा जस्तो ... लापता ! फगत  मृत्यु भयो त मेरो भावना , प्रेम को हो ...तिम्रो होइन ...अनि दोष पनि तिम्रो होइन !

“कति कम्जोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन,
कति कम्जोर रहेछ रहर, तिम्रो आसु पुछ्न सकिन !!”

***               ***               ***               ***

आज विगत सल्वलाएर बल्झिएको दिन ... माथिका पुराना SMS पढ्दै जादा मन निचारिएर निक्कै अमिलो भो ! आज ...सम्ममा करिब करिब सत्तरिऔ बसन्तहरु पार गरिएछ ! कहाँ कसरी ... कुन गतिमा समयहरु विते पत्तै भएन ! साउको भन्दा पढी माया ब्याजको लाग्छ भने झैँ ... मेरो एउटा नातिनी छे ! पुनम -५ बर्षकी  ... ऊसँग वितेका क्षण र पलहरु जिन्दगी कै अलौकिक रहेको छ मेरा लागी ! मलाई कहिल्यौ बुढेसकालको र एक्लो भएको महसुस हुन् दिन्न ! कति मज्जाले हसाइ रहन्छे ... मिठो  अनि हसिलो ! ननस्टप बोल्न कसैले भेट्दैन –उ उसका बा’आमा भन्दा बढी समय म संगै बस्न मन पराउछे ! उ मलाइ खुसि बनाउन, हसाउन र जिस्काउन नै –आफु लाइ खुसि ठान्छे ! अनि हरेक साझ बिहान कफी पिउदै गरेको बेला वा बार्दलीमा रहेको कुर्सीमा बसी पुस्तकहरु पढि रहेको बेला – उ आउछे र भन्छे, ‘बुबा ! गार्डेन डुल्न हिडीस्योन’ भन्दै मेरो इन्डेक्स फिंगर समाएर अघि अघि हिद्छे ! जसले गर्दा मैले यो बुढेसकालमा केहि बर्ष अघि देखि लिएको लाठिको साहारा झन्डै झन्डै छाडी सकेको छु !

मैले कुनै बेला – ‘तिम्रो र मेरो केही कनेक्शन छ र त, म थाहा नै नपाइ तिम्रो मायामा यति धेरै गहिराइमा हराई रहेछु – अनि तिमी यो जिन्दगीमै भुल्न नसक्ने सुल भएर बस्ने भयौ’ भन्दा तिमी भन्ने गर्थ्यौ त्यस्तो केहि छैन यदि भए पनि हामी बुढेसकालमा कुनै मोडमा आएर भेटौला अनि समयको केहि अन्तरालमा आफ्नो ध्यान अन्तै मोड्यो भने त्यो सब बिर्सन सकिहालिन्छ जस्ता कुरा गर्थ्यौ तर खै यतिका बसन्त विते ! भुलाउन नचाहदा नचाहदै पनि विताइएको विगतमा तिमी सँग कुनै घुम्तीमा पनि जम्का भेट नै भएन, कुन्नि के भएर हो ? अनि तिम्लाई भुल्ने जुन कुरा छ अझ यो बुढेसकालमा बेसरी बल्झिएको छ –मेरो नातिनी प्यारी भै तिमी जतिकै ! उस्तै हाउभाउ, उस्तै मुहार, सलक्क परेको कपाल बोलीको मिठास उस्तै ! कति राम्ररी मलाइ सम्झाउछे...(पहिल्यै उसलाई कसैले सिकाएको जस्तो गरेर ! ) – पत्याउनै गाह्रो हुन्छ मलाइ ! उ मलाइ खुसि बनाउन, हसाउन र जिस्काउन नै –आफु लाइ खुसि ठान्छे अनि धेरै जसो समय म सँगै विताउन चाहान्छे तर तिमीले त्यसको विपरित भयौ ! फरक रह्यो त यति नै, अनि मेरी नातिनी तिमी भन्दा अलिक चन्चले र अलिक बोल्कड़ छे ! बस ! 

तिमी भन्छौ यो जन्ममा तपाइँको हुन् नसके पनि अर्को जन्ममा तपाइकै हुन् पा’म”, तर मलाइ त्यस्तो होस् जस्तो त लाग्दैन ... यो जन्म तिम्रो हुन् नसकेको म –कुनै जन्म पनि तिम्रो हुनु नपरोस ! तिमी देखि रिसाएर त्यस्तो भन्न खोजेको होइन –मैले ! तिमी सँग म कहिल्यौ रिसाउने छैन र कुनै पनि गुनासो रहने छैन ! तर यो जन्म जो सँग मेरो जीवन वित्यो उनिसँग नै आउदा जुनीहरु पनि वितुन भन्ने लाग्छ किनकी तिम्लाई आफ्नो बनाउन नसकेको अबस्थामा, जुन पिडा थियो त्यो पिडा कम गराउन र यो घ्रिसिएको बुढो ज्यानलाइ यो अबस्था सम्म लत्र्याएर ल्याउन सहयात्रा गर्ने संगीलाइ झुक्याएर अर्को जुनी .... अरु कसैलाई बन्धकी दिनु उचित  लाग्दैन मलाइ ! त्यसैले अहिले नै सरी भन्छु  ... यो जुनीमा मेरो हुन् नसक्नेले अर्को जुनीको बाचा  नगर भनेर !


“एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा”

तिमी भन्थ्यौ – ‘मलाइ नसम्झेको नै वेस !’ त्यो त् मैले सकिन ... अनि , अनि तिमी लाइ भुल्न सक्ने क्षमता देउ भनेर मैले भगवान सँग कति कामाना गरे तर सुनेनन् तिनले  बरु तिम्ले मेरा खुसीको लागी केहि गर्न नसके पनि तिमी तिम्रो भगवानसँग –तिम्लाई भुलाउन सक्ने क्षमता म मा आओस भनेर भन्देउ न ... कतै तिनले तिम्रो कामना सुन्छन कि – मेरो त् कहिल्यौ केहि सुन्या होइनन तिनले !
“जिन्दगीमा पाउने इच्छा (थियो  तिमीलाई )२
अर्कै आइ चुरा पोते (दियो तिमीलाई !!)”



Korean serial ‘boys before flowers' को यो लाइनहरु मेरै लागी लेखिदिएको जस्तो  लाग्छ .....

When I look toward you,
Although suddenly appears.
Some day, I’ll wait until the sky is clear,
Just as it was on the day you left.
You will quietly return to my side.
 You are in my heart.
Can you really never see me again?
I’m really such an idiot,
You’re the only one in my heart.
You, who have eyes for someone else,
You probably don’t know how I feel.
Your day probably will not include me.
Not even your memories.
It’s only me, the one watching you,
Who is silently crying?
Watching the shape of your
Back is a kind of happiness to me.
Even though, to the very end,
You do not understand my heart.
Even though, to the very end,
You do not understand my heart.
When I want to see you,
At times when I really can’t bear it,
The words “I Love You”
Are always lingering on my Lips,
I am alone, missing for you.
This is more than enough, right?
Bye bye, never say goodbye,
Although I Can not grab hold of you.
I need you. I cannot say anything.
I want you.
Even if it’s just…Wishing and wishing.
When I want to see you,
At times when I really can’t bear it,
The words “I Love you”
Are always lingering on my lips,
I am alone, missing for you.
In the days when I really miss you,
The days when my heart aches,
The words “I Love you”
Are always lingering on my lips,
I am alone, crying for you.
I’m alone, missing for you.
Baby I love you.
I’m waiting for you.

साच्ची तिम्ले भने झैँ !
जिन्दगी जसो तसो त चल्दो रहेछ ...
जति सुकै ठुलो पिडाको भारि
बोकेको किन नहोस - यो जिन्दगीले !
Life Goes on … भने झैँ  ... !!
अनि म कुनै पात्र थिइन
– कुनै नाटकको या फिलिमको !
त्यसैले,
मैले तिमीलाई आफ्नो बनाउन
फिलिमको हिरोले जस्तो
झ्वाट्ट ! हिरोनी फकाउने !!
न त कुनै आइडिया नै रच्न सके
न त जुनतारा झार्ने कुरा गर्न !
अनि अभिनेताले जस्तो
कुनै जबर्जस्त उपाय अपनाउन नै !!
सके त एउटै कुरा गर्न - त्यो हो
जिन्दगी भर सम्झी रहन
अनि तिम्लाई माया गर्न !
बस त्यति हो ! सकेको गर्न - यो जिन्दगीमा !!

अब त डाडापारीको घाम !
यो बुढो घाम, अस्ताउँ कति नै बेर लाग्छ र !
तर पनि अझै पनि यो भन्न सक्छु : ---
यो जिन्दगी भर ...
तिम्लाई नसम्झेको पल थिएन ...


Monday, 15 April 2013

फेस बुक ले दियो धोखा


मार्क जुकरवर्गले सात वर्ष अघि सुरु गरेको सोसल नेटवर्किङ साइट फेसबुकले उनलाई विश्वकै सबैभन्दा कान्छा धनाढ्य व्यक्ति बनायो। उनको सम्पतिले गुगलका संस्थापकहरुको सम्पतिलाई समेत उछिनिसक्यो। यो नेपालमा पनि सबैभन्दा बढी हेरिने साइट हो। फेसबुककै माध्यमबाट कतिले आफ्ना बिछोडिएका साथीहरु भेट्टाएका छन्। तर के सँधै फेसबुकले फाइदा मात्रै गर्छ त? फेसबुकको फन्दामा परेर जीवन भताभुङ्ग हुनेहरु पनि छन्। त्यस्तै अनुभव सुनाउँदैछन् एक जना-
   म आफूलाई शिक्षित, स्मार्ट केटा ठान्छु। म राम्रो पिता हुँ र मायालु पति हुने कोशिश गरिरहेको थिएँ। म रक्सी पनि खान्नँ। रातबिरात केटाहरुसँग ह्याङआउट गर्ने बानी पनि छैन मेरो। केटीहरुसँग बढी हिमचिम त कहिल्यै भएन बिहेपछि रात बिताउने त कुरै छाडिदिउँ। मेरो जीवन वास्तवमा मेरी श्रीमती र बच्चाहरुको घेरामा नै घुम्छ। मैले सोचेको मेरो जीवन पनि यस्तै हो। निरस मान्छे? ठीकै छ, म त्यो आरोप स्वीकार्न तयार छु तर मेरो नैतिक मूल्यमान्यता यही हो। त्यसो भए कसरी मेरी श्रीमतीले मलाई पारपाचुके दिन मुद्दा दर्ता गरिन् त? मेरा जुम्ल्याहा छोराहरु, जो मेरो संसार हुन्, उनीहरु श्रीमतीसँग नै बसिरहेका छन्। कसरी भयो त यो सब? फेसबुकले।
जीवन राम्रैसित चलेको थियो। म आफ्नो कम्पनीमा अर्को लेभलमा भर्खरै उक्लिएको थिएँ। मेरी श्रीमतीलाई मैले एउटा नयाँ कार किनिदिएको थिएँ जसलाई उनले निकै रुचाएकी थिइन्। बच्चाहरुले पनि स्कूलमा राम्रै गरिरहेका थिए। यत्तिकैमा मेरी श्रीमतीले फेसबुक चलाउन थालिन् र त्यसमा उनी डुब्न थालिन्। त्यसपछि त हाम्रो रातिको गफ नै उनको स्टायटस अपडेट हुन पुग्यो। उनको परिवार र पुरानो साथीहरुको बारेमा कुरा हुन थाल्यो। तर उनले कहिले पनि आफ्नो स्कूल पढ्दाताकाको आफ्नो प्रेमीसित फेसबुकको माध्यमबाट पुनः सम्पर्क भएको बताइनन्।
गएको नोभेम्बरमा विदा सुरु हुनुभन्दा अगाडि मैले ध्यान दिन थालेँ कि मेरी श्रीमतीले एउटा महँगो खालको परफ्युममा विशेष रुचि लिन थालेकी छिन्। दिउँसो लन्च ब्रेकका बेला मैले उनलाई फोन गर्दा उनको मोबाइल फोन भ्वाइस मेलमा जान्थ्यो। मैले फेरि फोन गर्थे, फेरि भ्वाइस मेलमा जान्थ्यो।
मैले ध्यान दिन थालेँ कि हाम्रो रोमान्टिक समय कम हुन थालेको छ। मैले मायाले अंगालो हाल्न खोज्दा वा किस गर्न खोज्दा उनी तर्कन्थिइन्। उनले आफू तनावमा रहेको वा व्यस्त भएको बहाना बनाउँथिइन्। एकदिन उनले डाक्टरले पाठेघरमा समस्या रहेको बताएको र त्यसका कारण सेक्स गर्न गाह्रो हुने बताइन्। मैले कहिले पनि उनलाई दबाब दिइनँ।
गत फेब्रुअरीमा म अफिसमा रहँदा नै उनले बिहानै फोन गरेर लन्चका बेला भेट्न भनिन्। मैले हुन्छ भनेँ। हामी अक्सर लन्चका बेला भेट्थ्यौँ, त्यसैले यो कुनै ठूलो कुरा थिएन। यो भ्यालेन्टाइन डेको दुई दिनअघिको कुरा थियो। हामी हाम्रो मन पर्ने लन्च खाने ठाउँमा गयौँ र त्यहीँ उनले यो खबर दिइन्। उनले फेसबुकबाट आफ्नो स्कूल पढ्दाताकाको प्रेमी भेटेको र प्रेममा फँसेको बताइन्। पक्कै पनि यो कुरा सुनेपछि म छाङ्गोबाट खसे झैँ भएँ। मेरो वरपरको जमिन भास्सिएको जस्तो भयो। सोच्न थालेँ, मैले के बिराएँ? मैले त आफूलाई राम्रै मान्छे ठानेको थिएँ र सबै कुरा राम्रै भइरहेको ठानेको थिएँ। हामी जस्ताको जीवनमा यस्तो बज्रपात त हुँदैन थियो।
आठ वर्षसम्म मेरी श्रीमतीका रुपमा रहेकी थिइन् उनी, किन अकस्मात् उनले मलाई छाड्न चाहिन्? हाम्रो दाम्पत्य जीवन भर्खर त सुरु भएको थियो। सबै कुरा अझै नयाँ थियो। सबै कुरामा नयाँ आशा थियो। अनि हाम्रा छोराहरु नि? उनीहरुको के हुने?
उनले आफू अलग्गिने र छोराहरुलाई साथै लिएर जाने बताइन्। त्यो केटा अविवाहित रहेछ र परिवारै पाल्ने बताएको रहेछ।
मैले मलाई छाड्नुको कारण सोधँे, उनले कारण केही नभएको बताइन्। उनले यति मात्र भनिन्, म आफ्नो स्कूले प्रेमीलाई सँधै माया गर्थेँ। उनलाई माया गर्नबाट रोक्न कहिल्यै सकिनँ। म त उसको लागि सान्त्वना पुरस्कार जस्तो मात्रै रहेछु।
मेरी श्रीमती र छोराहरु अहिले त्यही केटासँग बसिरहेको छ। छोराहरु समझदार छन् र स्थिति अनुकूल बसेछन्। हरेक महिनाको दुई सप्ताहान्त म आफ्ना छोराहरुसँग बिताउन पाउँछु। साँच्चै निकै दिक्क लाग्छ, सबै कुरा सम्झँदा। मेरो परिवार, मेरो घर टुक्रँदा म आफूलाई सम्हाल्न सकिरहेको छैन।
म त अहिले हारिसकेको लडाइँ लड्दैछु। यो लडाइँ फेसबुकले सुरु गरेको हो। म फेसबुकलाई घृणा गर्छु। घरपरिवार बिगार्ने दुष्ट फेसबुकको प्रयोग म कहिल्यै गर्दिनँ। फेसबुकले नै हो मेरो परिवारलाई बिगारेको। जजसले फेसबुकले विवाहित जीवन टुक्राउँदैन भनेर भन्छ, उनीहरु गलत छन्। गलत मात्रै हैन पूरै गलत छन्। फेसबुक हानिकारक छ। मलाई एउटै कुरामा मात्र पछुतो छ, मैले मेरी भूतपूर्व श्रीमतीले फेसबुक अकाउन्ट खोल्ने बित्तिकै त्यसलाई बन्द गर्न दबाब दिइनँ, जसका कारण अहिले मैले यस्तो भोग्नुपर्‍यो।
(फेसबुकपीडित एक अमेरिकी पतिले रुथ म्यानुएल लोगानलाई बताएको आत्मवृत्तान्त
                                   nagariknews बाट

Tuesday, 11 December 2012

प्रेम के हो ?



 न त कुनै  साहित्यकारले  परिभाषा लेखे  न त यथार्थमा नै देखियो , प्रेम कै कारण कति युद्ध भए त कति उथान भए  कति पतन  त कहिँ  षड्यन्त्रको जालमा तानाबाना  बुनिए  यहाँ सम्म कि  कतिले राजगद्दी त्यागे  कतिले  घर छाडे  कति ले बाबु आमा को  इज्जत माथि नै प्रश्न खडा गरे  प्रेम कै कारण करिब  ६५  बर्ष अघि  बेलायत का  राजा एडबर्ड आठौं ले दुइ जना संग  पारपाचुके  गरिसकेकी महिलाबाट  ति राजा यति  मोहित भएकी  ति महिला  बिना ति राजा  बाच्न  नसक्ने भए  जुन कुरा  त्यहाँको सरकारले  बिरोध गर्यो 
i love u 
 अन्त्यमा  ति महिला संग  बिवाह  गरे र  राजाले   राजगद्दी छोडे   येस्तै  नेपाल कै संदर्भमा श्री ५ महेन्द्र  को जीवन मा पनि  यस्तै यस्तै  भएको थियो  भनिन्छ २०५८/२/१९ को  दरबार हत्याकाण्ड  पनि प्रेम कै कारण  भएको थियो  इंग्लैंड   का राजा  हेनेरी  ले प्रेम कै कारण  आफ्ना रानीहरूलाई  निकालेर  नया रानी  लियायेका  थिए
                                                                                                  अब  भनुस  प्रेम के हो ?  अनि तपाई को  प्रेम कस्तो ६  ? प्रेम  मा समर्पण  त्याग  र तपस्या हुनै पर्छ  र  साचो  प्रेम मा हुन्छ  पनि  तसर्थ  मेरो शुभेक्छा  पागल प्रेमी  नबनुस अमर अनि  अजम्बरी  प्रेम गर्नुस  प्रेम  गर्दा  सधै सफलता  मात्रै हुन्छ भन्ने  पनि केहि छैन  असफल  भए पनि संयता  क साथ  प्रेम पिडा  सहनु पर्छ ..अनि  यी प्रश्नहरुको  उतर आफै खोज्नु  होला
१     प्रेम  मनले गरिन्छ  कि मस्तिष्क ले ?
२       मन्दिर  जादा  भगवान संग  के बर माग्नु हुन्छ  ? किन
३       प्रेम मा  कुन पक्ष  हेर्नुपर्छ  र कुन  हुदैन  र किन
          (  जात जति , धनि गरिब  धर्म सस्कृति  रुप  यैवन   )

Monday, 15 October 2012

आफ्नो कम्प्युटर मा नेपालीमा लेखने तरिका (नेपालीमा लेख्न चाहनु हुन्छ ??)

Photo: आफ्नो  हात आफैले जोडेर अरुलाई सत्कार गर्दा कोहि पनि  सानो हुदैन, तेसैले अरुले मलाई सम्मान गरुन भनेर मान खोज्न भन्दा आफैँ आफ्ना दुई हात जोडेर मीठो मुस्कान को साथ भनिदिनुस् "नमस्ते" :)..
it's Me

अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइटहरु खोज्न यो सफ्टवेर प्रयोग गरेर बिना internet कुनै पनि बेला लेख्न सकिने शुरु गरौँ कसरी बनाउने नेपालीमा लेख्नको लागी तल हेर्नुस 


१. सबैभन्दा पहिला तपाइं यो लिंकमा गएर भाषा चयन गर्नुस मतलब त्यहाँ Nepali लेखेको कोठाभित्र Mark लगाउनुस र अब तल "I agree the google tearms of service and privacy policy" मा Tick लागाएर डाउनलोड गर्नुहोस

 

२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई scan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

 
६. तपाइंको कम्प्युटरमा  नेपाली भाषा त successful भयो तर अब लेखनलाई सजिलोको लागी "Shortcut keyboard key" बनाउन जरुरी छ त्यसैले तलको नियम पालन गर्न आग्रह गर्दछु
७. सबैभन्दा पहिला "Control Panel"हुँदै "Region and langues"  मा क्लिक गर्नुहोस र "Keyboards and languages"मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला

८. अब "Advanced key Settings..."  मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस

९. अब त्यहाँ खुलेको window मा केहि "Shortcut key"  हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा मतलब दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close  गर्नुहोस

१० अब चाही तपाइंले नेपालीमा लेख्नको लागी "Google nepali input"  तयार भयो र लेख्ने तरिका तल हेर्नुहोस

११. Now you are successfull for for you downloading and settings google nepali input input i mean nepali writing language Thank you.

Computer Format गर्ने तरिका


के तपाईं Computer Format गर्न चाहनुहुन्छ ? Step by step (Windows 7)

तपाईं हामीले Computer किन Format गर्छौं ?
 १.जब हामीले Computer Swich on गरेसी Logon Password बिर्सियो भने बाध्यता भएर Computer Format गर्नु पर्छ त्यो भन्दा अरु कुनै उपाय हुँदैन Computer खोल्नको लागी तर उपाए नहुनेपनि होइन हुन्छ तर त्यसको लागी तपाइंले पहिले नै Password reset disk बनाएर राखेको हुनुपर्छ अथवा Hint Password बनाएर राखेको हुनुपर्छ यदी यी कुनै पनि पहिले नै सचेत भएर गरेको थिएन भने Logon Password बिर्सिएमा तपाईंको अन्तिम निर्णय भनेको Computer Format गर्नु हो

२. हुन त Computer लाई Virus बाट बन्चित गराउन धेरै Antivirus अनि अन्य उपायहरु पनि छन् र यदी पसी हाल्यो भने पनि त्यस्ता Virus लाई कसरी निकाल्ने भन्ने उपाय पनि तपाईं संग छ तर पनि कुन बेला पस्यो र कुन चाहिं File मा छ Antivirus ले पनि काम नगरेको खण्डमा Virus पसेर तपाईंको Application Files गायब गरीदिने Computer Slow बनाइदिने जस्ता यातानाहरुले तपाइंलाई सताइराखेको हुन्छ अनि अब त अती भो भनेर Computer लाई ठटाउँदै जे परे नि परोस भनेर Computer Fornmat गर्न तिर लाग्नुहुन्छ अनि Computer Format गरीसकेपछी सबै ठिक हुन्छ

३. तपाईंको Computer को Drive लाई के रोग लाग्यो थाहा नै छैन हजुरलाई Computer मा त्यती धेरै File Programs पनि राखेको छैन तर केहि महिना देखी अथवा हप्ता दिनदेखी Computer मा राखेको File हरु को Capacity GB भन्दा बढी RAM (Memory) Drive ले लिएर बसेको छ हुँदा-हुँदा Drive Full हुन लागिसक्यो जती Files कम्ती गरे पनि RAM भने घटेकै देखाउँदैन त्यसैको कारणले Windows System Internet पनि चलाउँदा एकदम ढिलो चल्ने गर्छ के गर्ने बेला-बेलामा सोच्नुहुन्छ की एक चोटी Format गर्ने पर्छ के क्या हो! त्यसपछी शाहेद ठिक हुन्छ की अनि Format गर्न तिर लाग्नुहुन्छ
यहाँ माथी Computer किन Format गरीन्छ भन्ने बारेमा केहि शब्द त लेखें मैले तर सबै साथीहरुलाई Format गर्न पनि त नआउन सक्छ यदी तपाईंलाई पनि Computer मा यस्तै समस्याले दिक्दार बनाइराखेको छ र Format गर्न आउंदैन भने के गर्नु हुन्छ त्यो मलाई राम्रो संग थाहा छ हो सिधै Computer काँधमा राखेर दोकान तिर लाग्नुहुन्छ र दोकानदारेले Computer Format गरे बापत शुल्क थोरैमा पनि नेपाली रु ५०० लिन्छ
अब हेर्नुस त एउटा जाबो सानो काम आफुले नजान्नाले कत्रो ठुलो शुल्क तिर्नु पर्यो त्यसैले मैले आज Computer Format गर्न नजानेका साथीहरुलाई सजिलै संग सिकाउँदै छु की कसरी Computer Format गर्ने भन्ने बारेमा आउनुस यहाँ माथी बहस धेरै चल्यो जस्तो लाग्यो त्यसैले सिधै कामतिर लागौं

१. सर्बप्रथम त हजुर्संगा एउटा Windows 7 को CD or DVD  हुन जरुरी छ त्यो पक्कै पनि छ होला हजुरसँग यदी छैन भने कसरी हुन्छ Arrange गर्नुहोला हुन त Internet बाट पनि Free Version को पाइन्छ Windows  Download गर्न को लागी तपाइंले Google मा गएर Download Windows 7 अथवा कुन Version को चाहिएको हो त्यसको नाम Type गरेर Search गर्ने हो भने थुप्रै Site हरु का Link देखिन्छन Download को लागी
र ठिक छ सबैभन्दा पहिला Windows  CD or DVD लाई Computer मा लगाउनुहोस (Install) गर्नुहोस

२. Windows CD / DVD Computer मा Install भैसकेपछी अब Computer लाई "Restart" गर्नुहोस
३. Computer बन्द भएर खुल्ने बेलामा (Restart) त्यहाँ Computer Screen  को माथी "Press any key to boot from CD or DVD.._ " भनेर लेखेको हुनेछ त्यती बेला तपाइंले आफ्नो Computer को Keyboard बाट कुनै पनि एक Button दबाउनुहोला ध्यान दिनुहोला यो  "Press any key to boot from CD or DVD.._ " Screen मा धेरै समय सम्म देखाईरहंदैन त्यसैले छिटो-छिटो त्यो Message देखाएको बेलामा कुनै पनि एक Button दबाउनुहोला Keyboard बाट र अर्को कुरा यदी Computer मा Windows CD or DVD Install नगरी Computer Restart गर्यो भने पनि  "Press any key to boot from CD or DVD.._ " यस्तो लेखेको देखाउँदैन

र यदी हजुरले Logon Password बिर्सिएर Format गरेपछी मात्रै खोल्न मिल्ने हुनाले Computer नखोली बस्नु भएको छ भने Format गर्नको लागी Computer Swich On गर्नुस र Logon Password सम्म जानुस त्यहाँ PAssword Type गरेर Enter गर्नुस यदी Wrong भयो भने Windows  CD or DVD लाई Computer मा लागौनुस र एकछीन पर्खनुहोस अनि Computer लाई Right Side को तल Shut down संगै रहेको Category Icn मा Click गरेर Restart गर्नुहोस अनि यहाँ माथी भने झैं   "Press any key to boot from CD or DVD.._ "  keyboard बाट कुनै एक key थिच्नुहोस

४. त्यसपछी अब त्यहाँ एउटा "Windows Boot Manager" को Windows खुल्नेछ र हजुरलाई दुइओटा Options दिएको हुन्छ जस्तै "Windows Setup [EMS Enabled] र तल "Tools" भन्दा मुनी "Windows memory diagnostic" तपाइंले Keyboard बाट "TAB" लेखेको button लाई थिचेर माथी  "Windows Setup [EMS Enabled]  लेखेको Message मा Tab लाई लैजानुहोस र अब Keyboard बाट "Enter" Button थिच्नुहोस

५. त्यसपछी अब त्यहाँ "Windows is loading files..." लेखेको Message तपाइंले देख्नुहुनेछ केही समय पर्खानुहोला

६. त्यसपछी अब त्यहाँ खुलेको Windows मा तपाइंले भाषा चयन गर्नुपर्ने हुन्छ Category Icon मा Click गरेर आफुले कुन भाषा चाहेको हो त्यसमा चयन गर्नुहोस तिनै ठाउँमा चयन गर्नुहोला जस्तै यहाँ तल हेर्नुस मैले तिनै ठाउँमा English राखेको छु र शाहेद हजुरले राख्नु पर्ने पनि यही हो र त्यसपछी अब तल "Next" Button दबाउनुहोस

७. हजुरले त्यहाँ Language Choose गरीसकेपछी त्यस खुलेको अर्को Windows मा "Install now" मा Click गर्नुहोस

८. त्यसपछी फेरी अब केही समय पर्खनुहोस "Setup is Starting..." भनेको छ Wait गर्नुहोला

९. Setup is Starting... Finish भैसकेपछी त्यहाँ फेरी अर्को Windows खुल्नेछ र अब त्यहाँ हजुरले त्यस Windows को Left side तल "I accept the license terms" मा Check mark लगाएर "Next" Button थिच्नुहोस

१०. त्यसपछी अब त्यहाँ फेरी अर्को "Which type of instalition do you want?" लेखेको Windows खुल्नेछ तपाइंले मात्र त्यहाँ तल "Custom Advanced" मा Click गर्नुहोस

११. अब त्यहाँ खुलेको अर्को Windows को तल Right side मा हेर्नुहोस "Drive options (advanced)" लेखेको छ त्यहाँ Click गर्नुहोस

१२. "Drive options (advanced)"मा हजुरले Click गरीसकेपछी अब त्यहाँ माथी को Disk मा Click गर्नुहोस जस्तै यहाँ तलको चित्र हेर्नुहोस 

१३. त्यसपछी अब त्यहाँ एउटा सानो Dialog Box खुल्नेछ त्यसमा "Yes" Button दबाउनुहोस

१४. अब केहि समय पर्खनुहोस अनि त्यहाँ तल बाट "Next" Button मा थिच्नुहोस

१५. Next Button थिचिसकेपछी अब त्यहाँ हेर्नुहोस "Installing Windows..." भनेको छ केहि समय पर्खनुहोस केहि समय पछी आँफै अर्को Windows खुल्नेछ

१६. त्यसपछी त्यहाँ पनि हजुरले केहि नगर्नुहोला "Setup is updating registry setting" भनेको छ केहि समय पछी फेरी अर्को Windows खुलेछ तपाईं मात्र केहि समय पर्खनुहोस
१७. अब त्यहाँ खुलेको अर्को Windows मा पनि केहि नगरी त्यत्तिकै हेरिराख्नुस तर यदी हजुर चाहनुहुन्छ भने केहि Settings अदलबदल गर्न सक्नुहुन्छ त्यसको लागी त्यहाँ तल Shortcut keys दिएको छ जस्तै F2, F12, ESC तर तपाइंले केहि पनि गर्नु जरुरी छैन त्यसैले केहि पनि नगरी केहि छीन पर्खनुहोस

१८. र अब त्यहाँ  "Press any key to boot from CD or DVD.._ "  भनेको हुन्छ तर तपाइंले केहि पनि नगर्नुहोला

१९. त्यसपछी अब त्यहाँ अर्को एउटा Windows खुल्नेछ त्यो हो तपाइंले आफुले चाहेको User Name लेख्ने हो अब त्यहाँ तपाइं के नाम राख्न चाहनुहुन्छ त्यहाँ Type गरेर तल "Next" गर्नुहोला 

२०. अब फेरी अर्को Windows खुलेको हुन्छ त्यो हो Password को लागी यदी तपाईं Password पनि राख्न चाहनुहुन्छ भने राख्नुस तर नराख्दा पनि हुन्छ र अब तल "Next" Button थिच्नुहोस

२१. आब त्यहाँ खुलेको अर्को Windows भनेको चाहिं तपाइंले Windows को Product key: Type गर्नु पर्ने ठाउँ हो यदी Product key छ भने त्यहाँ Type गर्नुस अथवा छैन भने तल "Next" Button थिच्नुहोस

२२. अब त्यहाँ खुलेको अर्को Windows मा तपाइंलाई तिन प्रश्न सोधेको हुन्छ त्यी मध्य हजुरले सबै भन्दा माथीको "Use recommended settings" मा Click गर्दा राम्रो हुन्छ

२३. र त्यसपछी त्यहाँ खुलेको अर्को windows मा भने तपाइंले आफु बसेको Country को Time अथवा अरु कुनै आफ्नो इच्छाले Time and Date Settings गर्नुहोस अनि तल "Next" Button दबाउनुहोस

२४. त्यसपछी फेरी अब त्यहाँ खुलेको अर्को Windows मा "Select your computer's current location" भनेको छ मतलब तपाईंको Network कस्तो हो त्यहाँ तल Options दिएको छ मैले चाहिं "Home Network" मा Click गरेको छु र शाहेद हजुरको पनि Home Network नै हुनुपर्छ त्यसैमा Click गर्नुहोस

२५.र अब केहि छीन पर्खनुहोला केहि समयपछी आँफै अर्को Windows खुल्नेछ

२६.  अब त्यहाँ खुलेको windows मा आफ्नो Network को Password मागेको छ यदी हजुरसँग Network को Password छ भने राख्नुस छैन भने तल "Skip" Button मा थिच्नुहोस

२७. अब तपाईंले गर्नु पर्ने Click गर्नु पर्ने Button हरु सिध्दियो भने नि हुन्छ कम्मरमा हात बाँधेर बस्नुस बाँकी काम Computer आँफैले गर्छ र केहि समय पछी आँफै Windows Desktop मा System हरु देखिनेछ

२८. केहि समय पछी Automatic Windows को Programs System हरु देखिएपछी त्यहि समय त्यहाँ Taskbar को Right side मा "Downloading and installing Updates" लेखेको एउटा Notification देखिनेछ त्यसमा Click गरेर हेर्नुहोस Windows Update हुन थालेको छ की छैन

२९. Automatic हुन थालेको हुनुपर्छ यदी बहेको छैन भने Update गर्नुस "Download" Button मा Click गरेर तर पनि  Automatic भएको हुनुपर्छ

Congratulations to you for your success तपाइंलाई धेरै-धेरै बधाई छ तपाईं सफल हुनुभयो र अब तपाईंको Computer भर्खर किनेर ल्याएको जस्तै भयो आफुलाई चाहिने Applications भने फेरी Install गर्नु पर्ने हुन्छ त्यो त तपाइंलाई नि थाहा छ होला
र हजुरलाई जानकारी गराउन चाहन्छु यदी हजुर अहिले नै Computer Format गर्न चाहनुहुन्छ भने पहिला यस तरीकालाई राम्रो संग पढ्नुस अथवा एक खाली कापीको पन्नामा तरीका लेख्नुस अनि Format गर्नतिर लाग्नुस कस्तो लाग्यो यो तरीका हजुरलाई कृपया तल Comment box मा प्रशंसा गर्न नबिर्सनु होला है धन्यबाद |