Friday, 6 December 2013

मृत्युपूर्व हेर्नै पर्ने विश्वका १७ अदभुत पर्यटकिय स्थल

विश्वमा अनौठा स्थल र घटनाको कमी छैन । प्राचीन विश्वका सात आश्चर्यमा पर्ने इजिप्टको पिरामिड अझ पनि लाखौ पर्यटकको आर्कषणको केन्द्र छ । ऐतिहासिक ताज महल आज पनि प्रेमको प्रतिकका रुपमा उभिएको छ । यस्तै अदभुत १७ पर्यटकिय स्थलको विवरण बजफिड ट्राभलले तयार गरेको छ । 
बजफिडको अदभुत स्थलको सुचीमा पहिलो स्थानमा चीनको गान्सुस्थित झाङगे डान्झिया भौगोलिक संरचना परेको छ । रातो पर्वतमालामा दुई करोड ४० लाख वर्षपहिलेदेखि सतहमा देखा परेका खजिकपदार्थका कारण यहाँका पर्वत सप्तरंगी इन्द्रेणी जस्तो देखिन्छन् ।

इक्वाडरको इन्ड अफ दि वल्र्ड पिङ दोस्रो स्थानमा परेको छ । घना जंगलको ठूलोरुखमाथिको टि हाउसमा रहेको पिङ खेल्दा नजिकै सक्रिय ज्वालामुखी देख्न सकिन्छ । बजफिडका अनुसार, यो पिङमा मच्चिन ठुलो साहश आवश्यक पर्छ ।

बेलिज द्वीपको समुद्रितटमा रहेको ग्रेट ब्लु होल स्कुबा डाइभिङका लागि प्रख्यात सवमरिन सिंक होल हो । यसको गहिराई चारसय सात फिट छ ।

नेदरल्याण्डको टुलिप खेती गरिने क्षेत्रपनि अदभुत दृष्यका लागि विश्वमै प्रख्यात छ । यहाँ लहरै खेती गरिएका टुलिप देख्दा मन प्रसन्न हुन्छ ।

भियतनामको बिन्ह प्रान्तमा रहेको हाङ सोङ दोङ गुफा पर्यटकिय आर्कषणको राम्रो केन्द्र हो । विश्वकै ठुलो यो गुफा २० देखि ५० लाख वर्ष पहिले निर्माण भएको अनुमान गरिन्छ । यो गुफा भीत्र करिव आधा माइल लामो ५० तले घर अटाउन सक्छ ।

जापानको इबाराकीस्थित हिताची सि साइड पार्क रंगिचंगी फुल र समुद्रको संगमका कारण प्रख्यात छ । शरद ऋतुमा बेबी ब्लु आईज फुल फुल्दा यहाँ ४५ लाख पर्यटक ओइरिन्छन् ।

अमेरिकीका अलस्कास्थित मेन्डेनहल आईस केभ (गुफा) अनौठो चरित्रका कारण प्रख्यात छ । हिउले बनेको यो गुफा मान्छे हिडदै अगाडि बढदा पग्लदै जान्छ साथसाथै गुफा पनि बन्दै जान्छ ।

भेनेजुयला, ब्राजिल र गुयनाको सिमा क्षेत्रमा पर्ने माउन्ट रोराईमालाई विश्वकै सबैभन्दा पुरानो भौगोलिक बनावट मानिन्छ । टेबल आकारको यो श्रृंखला करिव दुई अर्ब वर्ष अगाडि बनेको अनुमान छ ।

टर्कीको एन्टोलिया क्षेत्र नागबेली र रंगिचंगी ससाना पर्वतका कारण राम्रो पर्यटकिय क्षेत्र बनेको छ । यो विश्वकै प्रख्यात हट एअर बेलुन उडाइने क्षेत्र हो । 


मालद्विपको बाधु द्विप समुन्द्रमा देखिने ताराका कारण रोमान्चक छ । राती समुद्रमा डुंगा चल्दा तिनले उठाएको फोका र ताराको छाया मिसिदाँको दृश्य साच्चै मनमोहक हुन्छ ।

जिम्वावे र जाम्वियाको सिमामा रहेको भिक्टोरिया फल अफ्रिकाको सबैभन्दा फराकिलो झरना हो । यही झरना क्षेत्रमा जिम्वावे तिर डेभिल पुल रहेको छ । यहाँ सहाशी पर्यटक तैराकीको मजा लिन्छन ।


नर्वेको टोर्लटुंगा हिंउ जम्ने दुई हजार फिट अग्लो जिब्रो आकारको ढुंगामा हाईकिङ गर्ने युवाको ठुलो जमात हुने गर्छ । यहाँ घुम्ने उपयुक्त समय मध्य जुनदेखि मध्य सेप्टेम्बर हो ।

समुद्रको छालले लाखौ वर्षदेखि बढार्दै ल्याएको सातो बालुवा बाट बनेको अस्ट्रेलियाको ह्वाइट हेभन बीच बनेको हो । सेतो भएको कारण यो तात्दैन, नाङ्रगा खुट्टाले हिडन समेत उपयुक्त छ ।

एरिजोनाको ग्रयाण्ड केन्योन विश्वका सात प्राकृतिक आश्चर्यमा समावेस छ । यो अद्धितिय भौगोलिक क्षेत्र दुईसय २७ माइल लामो र १८ माईल चौडा छ । 


अर्जेटिना र चिलीको सिमानामा पर्ने पटागोनिया मार्बल केभ (गुफा) भीत्र मार्बल चपेल र मार्बल क्याथाड्रेल रहेको छ । यो भौगोलिक बनोट छ हजार वर्ष अगाडिदेखि बन्न सुरु गरेको हो ।
यस्तै अन्य आर्कषणमा युक्रेनको टनेल अफ लभ, बोलिभियाको सलार डि युनी, ब्राजिलको बाहियास्थित इन्च्यान्डीड वेल (कुवा) पर्दछन् । यिनी सम्पदाको आर्कषणबाट बर्षेनी हजारौ पर्यटक लोभिने गरेका छन् ।


Top 18


​ 15  |  Barun Valley

Most Beautiful Places in Nepal

Gelal Research Group (GRG) > Travel Rankings > Most Beautiful Places in Nepal

 14  |  Rolwaling Valley


​ 13  |  Namche Bazaar


​ 12  |  Badimalika, Bajura


​ 11  |   Manag Valley


​ 10  |  Panch Pokhari


​  9  |  Langtang Valley


​  8  |  Tilicho Lake


​  7  |  Upper Mustang


​  6  |  Gokyo Valley


​  5  |  Annapurna Base Camp


​   3  |  Khumbu Region


   1  |  Rara  National  Park

Tuesday, 15 October 2013

गन्तव्यविहिन यात्रामा हिडिरहेको छु म

म तिम्रा भावनाहरु,तिम्रा अनुभवहरु र तिमीले म प्रति देखाएका स्नेयका लहरहरु कहिलेकाहि मन सम्म आएर यति छुन्छनकी म व्याक्त गर्नै सक्दिन त्यसैले त पल–पल,हरेक पल, हरेक क्षण यी मेरा मन मस्तिस्कमा तिमी नै तिमी मात्र घुमीरहन्छेउ मात्र तिमी नै।मान्छे तितो स्विकार गर्दैनन् तर बाच्नका लागी तितो पनि चाहिदो रहेछ,मान्छेको जिन्दगी एउटा फुल जस्तै हो।हुरीबतास सहनु पर्छ, त कहिले हतसमै झर्नु पनि पर्छ।घाम र पानीमा अडेको जीन्दगानीको कथा यहि हो।एक मुठि सास लिएर हिड्नु पर्ने जीन्दगी अति कठिन छ,आज बल्ल अनुभव गर्दैछु,चढ्नु पर्ने छ विशाल पाहाडहरु,उकालीहरु यहाँ ओरालीहरु छन,भञ्याङ्हरु छन्,चौतारीहरु छन।कसैको साथ पाएर हिडिरहे कति रमाईलो हुन्थ्यो होला जीन्दगी तर एक्लै हिडदा उकालीहरुमा,ओरालीहरुमा र जङ्गल र अप्ठाराहरुमा सारै गाह्रो हुदोरहेछ।अर्थहिन जीन्दगीको भूमरीबाट आज एक्लो भएको छु।खित्का छोडेर पनि हाँस्न नसकिने भएको छु,बानी परेको छ झोक्रिएर बस्ने,एक्लै–एक्लै उदास भएर बस्ने।छतको पुरानो गमलामा फुलेको फुल जस्तै उदास छु म उजाड छु म।तपाई नडराउनुस हाम्रो माया सफल भएरै
छाडछ, उ यसै भन्थी । म पनि भन्थ्ये तिम्रै
अनुरोधमा म तिमीसँग प्रेममा र तिम्रै
बाटोमा हिडेको हु ... यदि तिमीले मलाई
छाडेउ भने तिमीलाई साह्रै ठुलो पाप
लाग्नेछ, यति भन्न नपाउदै उ रुन्थी र
भन्थी हेर्नुहोस, यसरी छाड्ने र
माया नगर्ने भए किन तपाई सँग
यत्रो कुरा गथ्र्ये । मलाई
पनि उसको यो करामा विश्वास
लाग्थ्यो र अझै उ प्रति प्रगाढ
माया पलाएर आउथ्यो फुत्त निस्कने
अनियन्त्रित
सम्झनाको पुरानो ढोकाबाट
यादका बारातहरु हिडाल्दै जीन्दगी जब
कसैको सामिप्यमा पुग्छ
मान्छेको वास्तविकभन्दा पृथक प्रेम र
आस्थाको मात्र संसार बन्दो रहेछ ।
त्यतीबेला जब प्रेममा मान्छे
त्यसको गहिराई सम्म पुग्छ
त्यत्तिबेला उसको कल्पनाको वरिपरी
त्यहि व्याक्ति हुन्छ, जसलाई उसले
ह्रिदयमा राख्छ । मैले पनि उसलाई
आँखामा राखे, ह्रिदयमा राखे,
मनको ढुकढुकीमा, सपनामा राखे, उसकै
यादमा हरपल
जीहिराखे.....खादा ऊ ,बस्दा ऊ ,हिडदा ऊ
हरपल ऊ नै घुम्न थालेकी थिई
मेरो नजरमा काम गर्न थाल्थे त काम गर्ने
टेबुल वरिपरी पनि छाया बनेर
पछ्याईरहन्थ्यी ।
मैले गल्ती गरेकी सहि गरे मलाई
थाहा भएन, उसैले देखाई
मेरो मरीसकेको प्रेमको बाटोलाई
जीवित गराएर,
हराएका मायाका सौगात हरुलाई बटुलेर
राख्ने साहास प्रद्यान गरी ,
बाटो बिराएर भौतारीरहेको बटुवालाई
सहि मार्गनिर्देशन देखाएर हिडाउने
काम गरी ....... । यस्तै यस्तै गर्ने उसले
मेरो मन यसरी जीतेकी थिई कि म
उसको अगाडि घुडा टेकी उभ्भिन बाध्य
भएको थिए । म उसलाई
तिम्रो सौन्दर्यताबाट डुब्दा–डुब्दै म
तिम्रो मनको गहिराईसम्म पुगीसके ,
तिमी जति राम्री छौ त्यती नै
शिलस्वभाव की पनि त्यसैले त म
तिमीलाई मन पराउछु यसै भन्ने गथ्र्ये उ
पनि मख्ख परेर सुनिरहन्थ्यी ।
यसै गरी हाम्रो माया निरन्तर
अगाडि बढ्दै थियो हामी कहिले फोन
बाट, कहिले इन्टरनेटबाट, कहिले
एस.एम.एस बाट
दिनहुजसो कुरा गरीरहन्थ्यौ उ भन्थ्यी ।
तपाईलाई मेरो परिवारले पृथक गर्न
खोज्लान तर तपाई नडराउनु तपाई
यसको सामना डटेर गर्नुहोस म छु
तपाईको साथमा छु । हो यसै भन्ने
गर्थी !जब यादहरु, सम्झनाहरु मन भरी छताछुल्ल पोखिएर बग्न खोज्छन,यादहरु भरभराउदो परागमा उजेलिदै आफैभित्र आगो बनेर बोल्छन फेरी ज्वारभाटा जस्तै उड्छन मनका पिडाहरु र बग्छन आँखाका गगाजलहरु.............।मन दुखेको धेरै भयो जस्तो लाग्छ,लाग्छ मेरो प्रेममा कसैको आँखा लाग्यो क्यार,अचानक जुन छर्र्दै हिड्ने चन्द्रमा मा कालो बादल छायो,तुफान चल्यो,एकाएक सुनौलो ठाँउमा अँन्धकार छायो
जुन पनि कालो लाग्दो रहेछ मन दुखेपछि,मन खुसी भएपछि औसीको रात पनि पुर्णिमा बन्दो रहेछ तर साथीहरु त्यहि मन दुखेपछि पुर्णिमाको जुन पनि औसीको रात जस्तो लाग्दो रहेछ।उसले त फोन बन्द गरी म छक्क परे हिजो त्यहि केटिले रुदै भन्ने गर्थी तिमी भन्दा सुन्दर केटा मैले देखेकी छैन,तिमी कती सुन्दर छौ म तिमीलाई जीन्दगीमा यति धेरै माया दिन्छु जुन कसैले आज सम्म कसैलाई दिन सकेको छैन,म तिम्रो ह्रिदयकी राजकुमारी भएर बस्न चाहान्छु,मलाई छिट्टै आफ्नो बनाउनु,म तपाई बिनाको जिन्दगी एक पल पनि जिउन सक्दिन,भनेर घन्टौ फोनमा रुने त्यहि केटि ले आज यसरी लात हानेर गई म कल्पना पनि गर्न सकिरहेको छैन ..........। म त अझै पनि उसको मायालाई भुल्न सकेको छैन धेरै कोशिस गर्छु मनलाई सम्झाउन तर मन नै मान्दैन अझैपनि उसले गरेका कुराहरु मेरो मानस पटलमा गुञ्जीरहन्छ रातीको भोक र निद्रा सबै हराएको छ म कुन लक्ष लिएर विदेश पसेको थिए आज ति सबै लक्षहरु लाई भुलेको छु , कसैका अगाडि हाँस्न पनि सक्दिन न रुन नै जिउदो लास सरी बाचीरहेको छु घाम लागे पनि , पानी परे पनि, फुल फुले पनि फुल झरे पनि तिम्रो सम्झना हरपल आइरहन्छ । मलाई कतै हावा चल्नु हुदैन तिम्रो मायाले स्पर्श गरीरहन्छ , कतै बस्थीमा बत्ती बोल्नु हुदैन तिम्रो छायाले अचक्ली रुहाउछ मलाई , घाउ त तिम्रो अनुपस्थीमा पो दुख्दो रहेछ भागेर कहाँ जानु तिमीले नडो¥याहेको बाटोमा त म हिडनै जानेको छैन , कस्ता गहिरा र कस्ता अमीर छाप छोडेका तिम्रा यादहरु अझैपनि मानसपटलमा गुञ्जीरहन्छ । मलाई त लाग्छ
जीन्दगी एउटा यात्रामा अनवरत
भुलीरहने सम्झनाका कायाहरु हुन जब–जब
जीन्दगीको गोरेटोहरुमा हिड्दै जान्छु
पछाडितिर फर्केर हेर्छु
ति हरीया फाटहरुमा तिमीले
रोपेका मायाका घासहरु
कति बाक्ला भएका रहेछन फर्केर जाउ
समयले दिदैन अगाडि बडौ अनकन्टार
अधँेरो रात छिप्पीसकेको छ ,उकाली चडेर
कहाँ बास बसिने हो ठेगान छैन , पल–पल
पछाडि फर्कन्छु तिमीले गरेका बाचाहरु
यादका बारात बनेर आउछन कहिलेकाहि त
लाग्छ जीन्दगी यति नै हो ।
सपना भनेको यहि रहेछ मान्छेले
जीन्दगीलाई बिपना हो भन्ठन्छन तर
वास्तवमा जीन्दगी सपना नै रहेछ बस
सपना नै ................................... ।
मैले जीन्दगी बाँच्नु पर्ने त धेरै छ तर
लाग्छ धेरै बाँचीसकेको छु , लाग्छ मजाक
बाँच्दै छु , भोलीको सुन्दर संसार
निर्माणमा म वर्तमान खनेउदै छु , एक
प्रेम पत्र कोर्न नपाउने म
शिशिरको पिपल पत्र जस्तै भएको छु
थकित चेहेरा र पराजित
जीन्दगीको कथा भित्र
संम्भावनाका विशाल सपनाहरु बोकेर म 

गन्तव्यविहिन यात्रामा हिडिरहेको छु 
म हिडिरहेको ........