Thursday, 3 April 2014

बेश्या, बिष मान्छे र आलोचक
१. बेश्या भन्दा बेश्याहरुको आलोचना गर्न्नेहरुलेनै समाजमा दुर्घन्धित फैलाइरहेका छन्,
२. बेश्यबृति बन्दकोठा भित्र हुन्छ तर प्रचार चोक चोकमा हुन्छ, त्यसैले प्रचारक पनि समाजमा गन्ध फैलाउने बिष मान्छे हुन्
३. शरीर बेच्ने आइमाई भनेर मात्र आलोचना गर्ने पुरुषहरु यति मुर्ख हुन्छन कि शरीर किन्ने पुरुषहरु नै हुन् भनेरै चिन्न पनि सक्दैनन,
४. गन्हाउने स्वास फेर्ने मान्छेले सुगन्धको पनि दुर्गन्धितनै अनुभब गर्छ, अर्थात् आफु भित्रको बिष ओकल्दै आफुलाई चित्त नबुझ्ने असल केटीहरुलाई पनि बेश्या नै भन्छ,
५. आफुले खादा रुचाएर खाने, नपाए फोहर भनेर आलोचना गर्ने मान्छे पनि बिष मान्छे हुन्,
६. सिनो खानेले मात्र सिनोको पहिचान थाहा पाउछ अर्थात् जसले बेस्या चिन्छ त्यसले उसै संग साथ बिताई सकेको हुन्छ, आखिर सिनो चिन्नुको मुख्य आधार नै त्यसैलाई खानु नै हो,
७. कुहिएको फोहर ( बेस्या) र त्यसको वरिपरी लुट मच्चाउन झुम्मिने गिद्धरु( पुरुषहरु ) मध्धे एक बेश्या बढी आलोचित कि हज्जारौ पुरुषहरु ?
त्यसैले बेस्यको होइन बेस्याबृतिको टिप्पणी गरौ, मुर्खहरुले सधै अरुले आलोचना मात्र गर्छन तर हामिले विकृति बारे छलफल गरौ र समाज सुधारका लागि सुझाब र सचेतनाको ज्ञान बाडौ ।
जय समाज !

Monday, 3 February 2014

भ्यालेन्टाइन डे

smtsza 
 देश लोकतान्त्रिक गणतन्त्रमा गइसके पछि नेपालीहरुलाई दिवसको कुनै कमी छैन । उसो त सबैभन्दा बढी दिवस मनाइने देश मध्ये नेपाल पनि अग्रपंक्तिमा पर्ने गर्दछ । लोककतन्त्र दिवस, गणतन्त्र दिवस, शहीद दिवस हुँदै अहिले आएर फागुन २ अर्थात् फेब्रुअरी १४ प्रणय दिवसलाई पनि धुमधामको साथ मनाउने चलन देशमा शुरु भएको छ । प्रेम दिवस मनाउनु नराम्रो होइन तर यसलाई एउटा पर्वको रुपमा मनाउन यसको मर्म बुझनु जरुरी छ । प्रेमको आफ्नै परिभाषा छ र यसको महत्व र स्थान पनि आफ्नै ठाउँमा छ । प्रेमलाई हल्का रुपमा लिने र क्षणिक स्वार्थ पुर्ति गर्ने छाड्ने अनि अर्कोसंग प्रेम गर्ने संस्कृतिको विकास पनि संगसंगै बढ्दै गएको पाइन्छ ।
भ्यालेनटाइन् डे पादरी सेन्ट भ्यालेन्टाइन सहादतसँग सम्बन्धित छ । तत्कालीन समयमा प्राचीन रोम सम्राट क्लाउडियस द्धितीयले युवाहरु प्रेम र विवाहमा लागे मुलुकको सैनिक सेवा प्रभावित हुन्छ भनेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टाइन्ले भने सम्राटको  यो कुरालाई धर्म विरुद्धको भन्थे । त्यसैले उनले युवाहरुलाई प्रेम र विवाहका लागि प्रेरित गर्नुका साथै सामुहिक विवाह समेत गराएका थिए । प्रतिबन्ध उल्लंघन गरेको आरोपमा उनलाई इसापुर्व २७० को फ्रेबुवरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । प्रेमको लागि प्राणउत्सर्ग गर्न उनै भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्षको १४ फ्रेबुअरीलाई पे्रम दिवसको रुपमा मनाउन शुरुसंगै नेपालका प्रेम र प्रेमी अर्थात् युवाहरु यसलाई मनाउन तल्लिन छन् ।
आफूले मन  पराएका युवायुवतीलाई यसै पर्वको दिन पारेर रातो गुलावको फूल र उपहार दिने, प्रेम प्रस्ताव राख्ने चलन वढेर गएको छ । अहिले युवायुवती विच भ्यालेन्टाइनको नाममा प्रेम प्रस्ताव राख्ने र आफ्नो यौनवासना पूरा गर्ने अनि अर्को वर्षकोे भ्यालेनटाइनमा अर्कै युवायुवतीसँग प्रेम प्रस्ताव राख्ने प्रचलन पनि विकृतिको रुपमा बढेर गएको छ । प्रणय दिवस अरुको भन्दा पनि माया प्रेममा बाधिएकाले विषेश खालको योजना बनाई डेटिङ जाने र मायालाई अझै प्रगाढ बनाउने गर्छन् ।
त्यस्तै मायामा नबाँधिएकाहरुले आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने गर्दछन् । त्यस्तै यो दिनमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भ्यालेन्टाइन डे का विभिन्न तस्वीर पोष्टर गरेको पाइन्छ । हुन त मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने भ्यालेन्टाइन डे नै हुनुपर्छ भन्ने त छैत तैपनि यो दिवस विषेश गरी आफूलाई मन परेको मान्छेलाई प्रस्ताव राख्ने दिन भएकाले पनि भन्न नसकेकाहरुले पनि प्रस्ताव राख्ने आँट राख्न सक्ने छन् फरक त्यतिमात्र हो । प्रेम भनेको खाली एउटा केटा र केटी बिच हुने प्रेमलाई बुझिएको पाइन्छ । तर त्यसो होइन प्रेमको परिभाषा ब्यापक र फराकिलो छ । प्रेम हरेकसँग जोडिएको छ उसो त संसार पनि मायामा  अडिग छ भनिन्छ ।
जहाँ माया–प्रेम त्यहाँ द्धन्द्ध, झगडा, हिंसा हुन्छ । जहाँ माया–प्रेम हुन्छ त्यहाँ सुख, शान्ति प्राप्त हुन्छ । माया त हामी सबैलाई गरिरहेका हुन्छौ हाम्रो घरपरिवार, साथी, भाइ, समाज, देशसंग माया जोडिएकै हुन्छ तर माया भन्ना साथ एउटा केटा र केटी विच हुने मायालाई मात्र बुझ्ने गरेको पाइन्छ । त्यसो होइन बरु आमा–बाबा साथी संगी, घरपविार ,समाज, देशलाई गरिने माया र एउटा केटाकेटी वा प्रेमी प्रमिकालाई गरिने मायाको तरिका भने फरक हुने गर्दछ । यहीं एउटा प्रेम र प्रेमिकाबीच हुने मायाले जीवनलाई सार्थक बनाउन पनि सक्छ अनि निरर्थक पनि ।
विशेषगरी यही मायालाई प्रणय दिवसको अवसरमा अलि वढी चर्चा गर्ने गरिन्छ । भ्योलन्टाइन् डे मनाउने प्रचलन पश्चिमा संस्कृति भए पनि नेपालमा यसको प्रभाव छोटो समयका बढ्दै गएको पाइन्छ । अहिले नेपालमा आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जाने अर्थात् पाश्चात्य प्रभावलाई अँंगाल्दै जाने प्रवृत्तिको विकास हुँदै जानु राम्रो होइन तर पनि प्रेम दिवसलाई विकृतिको रुपमा विकसित हुन सक्छ भनेर सचेत पनि उत्तिकै हुनु जरुरी छ । प्रेम प्रस्ताव राख्ने निहुँमा आफ्नो जीवनमा आफ्नो अस्मिता माथि आँच आउने काम भने कदापि राम्रो हदैन । हुन त सबै मान्छेहरु खराब नियतका हुन्छन् भन्ने होइन तर पनि मान्छेको व्यवहार राम्रोसँग नबुझी प्रेम प्रस्ताव राख्ने र स्वीकार्ने गर्दा भोली परिणाम नराम्रो हुन सक्छ ।
त्यसैले मायाको परिणाम राम्रो बनाउन एक अर्कोले व्यहार बुझ्नु अत्यन्तै आवश्यक छ । माया–प्रेमको निहुँमा थुप्रै दलालहरु नेपालका कैयौ महिलाहरुलाई भारतमा बेचिरहेका छन् । प्रस्ताव राख्यो भन्दैमा भावनामा बहकिनु भन्दा सही र गलत छुट्याउनु राम्रो हुन्छ । किन किन  पछिल्लो समय मान्छेहरु अलिक उदार बन्दै गइरहेका छन्  । मान्छेहरु पैसामा किन्न थालिरहेका छन् । प्रेमलाई पनि पैसासँग दाँज्न थालेका छन् भन्दा कुनै परक नपर्ला । मान्छे जतिबेला जोसँग पनि आकर्षित हुन सक्छन्  किनकी मान्छेको चाहनालाई कसैले बाँध्न सक्दैन । तर आफ्नो जीवनमा सम्बन्धमा आँच आउँछ, अफ्ठ्यारो परिस्थिति आईलाग्छ भने त्यस्तो सम्बन्ध किन गाँस्नु मान्छेहरु  प्रेम गर्ने विश्वास दिलाउन खोज्छन् । सँगै जीउने–मर्ने जीवनलाई खुशी र दुःखी बनाउने मीठा सपना बुनी बाचा कसम खान्छन् । तर समय वित्दै सम्बन्धलाई निरन्तर अगाडि बढाउने क्रममा त्यो विश्वासलाई तोडाउन पुग्छन् ।
पछिल्लो समयमा प्रेम प्रेमीका बीच श्रीमान् श्रीमतीबीचको विश्वासमा पनि आँच आउन थालेको छ । जसले गर्दा उनीहरु मानसिक तनावमा परी एकअर्कामा छुटिन बाध्य छन्  । अझ धेरैजसो सम्बन्ध त परस्त्री वा परपुरुषको सम्बन्धको कारण आफ्नो सम्बन्धलाई बीचैमा अन्त्य गरेका छन् । यसका ज्वलन्त उदाहरण हुनः बलिउडका चर्चित नायक ऋतिक रोशन र सैलुज, फान्सका राष्ट्रपति  होलान्ड र त्रिवेलर र भारतकै महिला उद्यमी महिला सुनन्दा र राज्यमन्त्री शशी थरुरको जोडी । उनीहरुबीचको सम्बन्ध परस्त्री तथा परपुरुषको सम्बन्धले दिएको मानसिक तनावले गर्दा छुट्टिएको सञ्चारमाध्यममा पढ्न पायौँ । यसको प्रमुख कारण प्रेमलाई हल्का रुपमा लिनु नै हो ।
त्यसैले पहिले अरुसँग गरेका व्यवहारले आफ्नो प्रेमिका, श्रीमती श्रीमा्नलाई कतिको असर गरिरहेको छ भनी आत्ममूल्यांकन गर्नु जरुरी छ । उसो त नेपालमा बेरोजगारका कारण विदेश पलायन भएका युवाहरु लामो समयसम्म घर नर्फकदा उनका श्रीमती अरुसंगै सम्बन्ध गाँसी घरवार विगारेका गरेका घटना पनि नआएका होइनन् । यसरी हेर्ने हो भने एकै छिनको अरुसँगको अनैतिक सम्बन्धले आफ्नो जीवनमा नराम्रो असर गर्छ भने त्यो सम्बन्ध किन गाँस्नु ? मैले यसो लेखिरहदा प्रेम गर्नेहरुलाई निराशामा परिणत गर्न खोजेकी होइन सजग रहने की मात्रै भन्न खोजेको  हुँ । किनभने माया प्रेममा बाधिएर जीवनलाई सुखी र खुशी बनाएका जोडीहरु पनि नेपालमा कैयौं छन् ।
हाम्रो समाजमा माया प्रेम गर्नेहरुलाइ जातले छेकेको हुन्छ अनि संस्कृतिले पनि । प्रेमविवाहलाई भन्दा मागी विवाह राम्रो मानिन्छ । तर पनि पछिल्लो समयमा मागी विवाह भन्दा प्रेम विवाह बढ्दो क्रममा छ । मायामा यति शक्ति हुन्छ जसले राम्रो पनि वनाउन सक्छ जीवनलाई आँशु, पीडा, हत्या, हिंसा, अदालती मुद्धामा पनि बदल्न सक्छ । त्यसकारण प्रेम के हो ? प्रेम के का लागि गर्ने भन्ने कुरालाई राम्रोसंग नियाल्न सक्नु राम्रो हुन्छ । त्यस्तै अहिले मायालाई यौनसंग जोड्न थालिएको छ । मान्छेहरु यौनका लागि प्रेम गरेका हुन्छन् की प्रेमका लागि यौन त ?
मनोविज्ञानका अनुसार पनि पुरुषको भन्दा महिलाको मन अरुलाई छिटो विश्वास गर्ने हुन्छ । जसका कारण यौनवासनाका लागि प्रेमको आश्वासन पनि केटीलाई विश्वास लाग्न थाल्छे जसले गर्दा उसको अस्तित्व गुम्न पुग्छ । त्यसको भागीदार पनि आफै हुनु पर्छ । त्यसकारण प्रेम पहिला की यौन पहिला त बुझ्नु र बुझाउनु जरुरी हुन्छ । अहिले हामी प्राय ः सुनिरहेका हुन्छौ आफ्नै बाबुले आफ्नै बावुले छोरीलाई, दाजुले बहिनीलाई ,मामाले भान्जीलाई बलात्कार घटनाहरु । यस्ता घटनाले गर्दा पनि बाबु दाजु भाइको बिश्वास छैन भने अरुको के विश्वास हुन्छ र ? त्यसैले प्रेममा प्रस्ताव राख्यो भन्दैमा स्वीकारी हाल्दा पनि त्यही प्रेम आफूमाथि नराम्रो हुन्छ कि भनेर डराउने बेला आएको छ ।
प्रणय दिवसको अवसरमा प्रेम प्रस्ताव राख्ने स्वीकार्नेहरुले कसैले प्रेम प्रस्ताव राख्यो भन्दैमा तत्काल स्वीकार्नु पर्छ भन्ने पनि छैन । किनकी केही समय बुझ्ने गर्नु पर्दछ प्रेम प्रस्ताव राख्ने मान्छे कस्तो खालको हो उसले कस्तो व्यवहार गर्छ आफुलाई कतिको सम्मान गर्छ भन्ने कुरालाई पनि राम्रँोसंग नियाल्नु पर्छ वा ‘युज एण्ड थ्रो’ को लागि मात्रै प्रस्ताव राखेको हो कि भित्रै देखि चाहेर प्रेम प्रस्ताव राखेको हो बुझ्नु आवश्यक छ ।  प्रणय दिवस के हो प्रेम दिवस के को लागि मनाउने यसको प्रचलन कसरी शुरु भयो भन्ने कुरा बुझेर प्रेम दिवस मनाउन राम्रो हुन्छ । भ्यालेन्टाइन डे मनाउनु आफैमा नराम्रो होइन राम्रो कुरालाई आत्मासाथ गरे एक आपसमा माया र सद्भाव साट्नको लागि मनाउनु राम्रो हो अनावश्यक भड्काउ प्रस्तुत गर्नु नराम्रो पक्ष हो । त्यसैले तडक भडक भन्दा पनि भ्यालेन्टाइन को महत्वलाई जीवित राख्ने गरी यो दिवस मनाउनु राम्रो हुन्छ ।                         HAPPY VALENTINE DAY
                                                                             SMTSZA FOREVER ..................

Tuesday, 28 January 2014

एउटा रोचक घटना about facebook

तपाईं इन्टरनेटमा रहँदाको आफ्नो अधिकांश समय फेसबुकमा बिताउनुहुन्छ होला । जसबाट तपाईंले धेरै साथीहरु बनाइसक्नुभएको छ । र, धेरै जानकारी पनि लिइरहनुभएको छ । तर, के तपाईले सोच्नुभएको छ ? फेसबुक कसरी बन्यो र कसले बनायो ? यसबारे एउटा रोचक घटना छ ।
कथा फेसबुकको
सन् २००३ अक्टोबर २८ को रात १९ बर्षीय एउटा ठिटो आफ्नी प्रेमिकासँगको सम्बन्ध टुटेपछि एकोहोरो केही सोचिरहेका थिए । उनी प्रेमिकालाई बिर्सन चाहन्थे र प्रेममा पाएको धोकाले दिएको पीडाबाट मुक्त हुन चाहन्थे । धोकेबाज प्रेमिकाको सम्झनाबाट आफ्नो ध्यान कसरी अन्त मोड्न सकिन्छ, उनी यसबारे सोचिरहेका थिए । प्रेमिकालाई बिर्सने बहाना खोज्दा खोज्दै उनी अन्ततः इन्टरनेटको एउटा नयाँ वेभसाइटका जन्मदाताका रुपमा उभिन पुगे । त्यो वेभसाइटको नाम पनि उनी आफैले जुराए । जसको नाम थियो फेसम्यास (Facemash)।
Mark Zuckerberg
फेसम्यासका जन्मदाता हुन्, अमेरिकी नागरिक मार्क जुकरबर्ग । १९ बर्षको हुदा फेसम्यासको अबधारणा सुरु गरेका जुकरवर्ग अहिले २९ बर्षका भएका छन् । त्यतिबेला उनी हारवर्ड विश्वविद्यालयमा अध्यनरत थिए । फेसम्यासमा उनले हार्वर्ड युनिभर्सिटीमा अध्यनरत विधार्थीहरुको फोटोहरु राखेर ‘को भन्दा, को राम्रो छ ?’ भनी प्रश्न राखेका थिए । उनले हार्वडमा अध्ययनरत विद्यार्थीहरुको फोटोहरु र उनीहरुको जानकारी बारे हार्वडको कम्प्युटर नेटवर्कबाट ह्याक गरेका थिए । त्यसअघि हार्वडका विद्यार्थीबारे जानकारी दिने वेभसाइटको निर्माण भइसकेको थिएन, त्यसैले उक्त वेभसाइट शुरु भएको पहिलो चार घण्टाको शुरुमै ४ सय ५० जनाले अवलोकन गरे । त्यसपछि उनी यस्तो अकल्पनीय प्रतिक्रियाबाट हौसिए ।
यही उत्साहबाट उनले फेसम्यासलाई (The Facebook.com) द फेसबुक डट कमको रुपमा बिकसित गरे । यो चार फेबु्रअरी २००४ को घटना हो । फेसम्यासलाई हार्वडका विद्याथीहरुले मात्र चलाउन पाउथे । तर, द फेसबुक डट कमको रुपमा बिकसित भएपछि यो अमेरिकाका सबै विश्वविद्यालय र क्यानडासम्म पनि फैलन पुग्यो ।
सन् २००५ मा फेसबुकले फेसबुक डट कम (Facebook.com) डोमेन २ लाख अमेरिकी डलरमा किन्यो । फेसबुकको बढ्दो लोकप्रियतासँगै यसले आफ्नो वेभसाइट २६ सेप्टेम्बर २००६ देखि सबैको लागि खुला गरिदियो । यसको सदस्य बन्नका लागि एउटा वैधानिक इमेल ठेगाना हुनुपर्छ ।
यसले सन् २००६ देखि उक्त वेभसाइट सबैको लागि खोलिदिएपछि यसको लोकप्रियता चुलियो । अहिले फेसबुकले जनाए अनुसार यसको सदस्य संख्या १०० करोड छन् र दिनप्रतिदिन यसको सदस्य संख्या बढिरहेको छ ।
फेसुबक कम्पनी र अवार्ड
फेसबुकको केन्द्रीय मुख्यालय क्यालिफोर्नियामा अवस्थित छ भने यसको अन्तराष्ट्रिय मुख्यालय आइरल्याण्डमा । फेसबुक कम्पनीको मुल्य सन् २०१४ को जनवारीमा मात्रै १०२ खर्ब रुर्पैंया थियो । यसबाटै पनि हामी अनुमान गर्न सक्छौ यसको आम्दानी कति होला ।
फेसबुकले प्राप्त गरेका अवार्डका बारे कुरा गर्दा यसलाई सन् २००७ मा P.C.Magazine ले उत्कृष्ट 100 classic website भित्र राखेको थियो । त्यस्तै, सन् २००८ को webby award अवार्डमा यसले People’s Voice Award प्राप्त गर्‍यो ।
वेभसाइट मूल्याकंन संस्था Alexa का अनुसार सेप्टेप्बर २००६ पछि विश्वव्यापी इन्टेरनेट प्रयोगको हिसाबले फेसबुकले ६० औं स्थानबाट दोस्रो स्थानमा फड्को मार्‍यो । र, अहिले (२०१४) मा पनि दोस्रो स्थानमा नै छ । । फोटो अपलोडका हिसाबले यो सबैभन्दा प्रचलित वेभसाइट हो ।
सन् २००५ पछि फेसबुक शब्द यति धेरै प्रयोग भइसकेको छ कि, यसलाई सन् २००८ मा The Collins English Dictionary ले New word of the year घोषित गरेको थियो । त्यस्तै, टाइम म्यागिजिनले सन् २००८ मा जुकरबर्गलाई विश्वका प्रभावशाली व्यक्तिहरुको सूचीमा राखेको थियो भने २०१० मा जुकरबर्ग टाइम वर्ष व्यक्ति बनेका थिए ।
सन् २००९ को डिसेम्बरमा, The New Oxford American Dictionary ले unfriend भन्ने शब्दलाई Word of the year घोषित गर्‍यो । unfriend भन्ने शब्दले फेसबुकमा साथीको सूचिबाट हटाउनु भन्ने बुझिन्छ । यसरी फेसबुक अहिले विश्वमा लोकप्रिय बन्न पुगेको छ । यसको जन्मदाता २९ बर्षीय जुकरवर्ग फेसबुकबाटै अरबपति बनेका हुन् । फेसम्यासबाट आफ्नो यात्रा प्रारम्भ गरेको फेसबुकले हालसम्म विश्वका उत्कृष्ट अवार्डहरु पाइसकेको छ ।
नेपालमा के भन्छन् ?
facebook cartoon
अमेरिकाको न्युयोर्कमा गरिएको एक सर्वेक्षणले फेसबुक जस्ता नेटवर्किङ साइटहरु जीवनकै हिस्सा भइसकेको निष्कर्ष निकालेको छ । सो सर्वेक्षणका अनुसार त्यहाँका युवाहरु फेसबुक जस्ता नेटवर्किङ साइट चलाउन पाउने सर्तमा मात्र जागिरमा प्रवेश गर्ने निर्णय गर्छन । सो सर्वेक्षण अनुसार हरेक १० जना मध्ये ९ जनाले फेसबुक जस्ता नेटवर्किङ साइट चलाउँछन् । विश्वभर लोकप्रिय रहेको फेसबुक पछिल्लो समय नेपालमा पनि लोकप्रिय छ । यहाँ सर्वसाधारणदेखि विशिष्ट व्यक्तिहरु सबैले फेसबुक चलाइरहेका हुन्छन् । बाबुराम भट्टराई, मिनेन्द्र रिजालदेखि लिएर पछिल्लो पुस्ताका गगन थापा, रामकुमारी झाँक्री सबै फेसबुक चलाउन अभ्यस्त छन् । चलचित्र निर्देशक प्रकाश शायमी देखि उद्योगपति राजेन्द्र खेतान पनि फेसबुकमा छन् । आखिर किन चलाउँछन् त यिनीहरु फेसबुक ?
पूर्वमन्त्री गणेश शाह भन्छन् ‘आफु विज्ञान र प्रविधिमा रुचि राख्ने व्यक्ति भएर होला, फेसबुकको प्रयोगबाट धेरै कुरामा अपडेट हुन पाउँछु ।’
युवा नेतृ रामकुमारी झांक्री – ‘आफ्नो विचार राख्न र अरुको विचार बुझ्नको लागि फेसबुक निकै नै लाभदायी भएको छ ।’
पत्रकारहरु त प्रायः सबै फेसबुकबाटै आजकल एकअर्कासँग बलियो रुपमा सम्पर्कमा रहन्छन् । पत्रकारहरु फेसबुकबाट आफ्नो नियमित काममा धेरै फाइदा मिलेको बताउंछन् । बीबीसी साझा सवाल साप्ताहिक रुपमा चलाउने पत्रकार नारायण श्रेष्ठ आफ्नो कार्यक्रमको विषयवस्तु छनौट र त्यसको बारेमा सोध्नुपर्ने प्रश्नहरु पनि फेसबुकबाट नै आजकल हामी लिन थालेको बताउँछन् ।
facebook girl problem jpg
फेसबुक अहिलेको पुस्तामा निकै नै लोकप्रिय रहेको कुरा घाम जस्तै छर्लङ रहेको छ । यसलाई प्रयोग गरेर पुराना पुस्ताका नेताहरु युवा पुस्ताको विचारप्रति चासो राख्ने कुराले पनि यसको प्रयोगबाट कसरी मानिसहरुले फाइदा लिइरहेका छन् भन्ने बुझ्न सकिन्छ ।
पूर्वमन्त्री गणेश शाहका अनुसार फेसबुक सबभन्दा बढी युवा पुस्ताले चलाउने हुँदा उनीहरुको सोचसँग आफु अभ्यस्त हुन मिल्ने बताउँछन् ।
फेसबुकले पुरानो पुस्ता र नयां पुस्तालाई समायोजन गर्ने काम गरेको छ । फेसबुकमार्फत नयाँ पुस्ताले पुराना पुस्ताका अनुभवलाई नजिकबाट नियाल्न पाउँछन् भने पुराना पुस्ताले नयाँ पुस्ताका विचारहरु बुझ्न पाउँछन् ।
लोकप्रियता विवाद र दुरुपयोग
फेसुबकका निर्माता जुकरबर्ग यस्तो वेभसाइट निर्माण गर्न चाहन्थे, जो मानिसले उठ्ने बित्तिकै खोलोस् र सुत्नुअघि पनि हेरेर सुतोस् । उनी यस मामला सफल जस्तै देखिन्छन् ।
फेसबुकमा म्यासेज पठाउनेदेखि लिएर च्याट गर्ने, भिडियो अपलोडदेखि फोटो अपलोड गर्ने जस्ता सुविधा रहेको र मुख्यतः पुराना साथी भेटिने र नयाँ साथी बन्ने एउटा सजिलो माध्यम बनेकाले पनि युवा युवती माझ फेसबुक लोकप्रिय छ ।
Prachanda facebook
अझ स–साना नानीहरु फेसबुकमा गेम खेल्न पाइने, साथीहरु र परिवारसँग थोरै पैसामा च्याट गर्न पाइने कारणले पनि फेसबुकप्रति आकर्षित भइरहेका छन् । धेरै भएको छैन, फेसबुक नेपालमा यति लोकप्रिय भएको । प्रायः सबै फेसबुक प्रयोग गर्न थालेको ३–४ महिनादेखि १ वर्ष मात्रै भएको बताउँछन् । र, दिनमा कम्तीमा एकपटक चलाउने धेरै छन् ।
घरमा इन्टरनेटको कनेक्सन भएकाहरुले फेसबुक चलाउनु त अब सामान्य दैनिकी भइसकेको छ । इन्टरनेटको सुविधा नभएकाहरु पनि फेसबुक चलाउनकै लागि साइबर क्याफेतिर धाउन थालेका छन् । साइबर क्याफेका संचालकहरुका अनुसार आजकल बच्चादेखि बुढा प्रायः सबै फेसबुकमा झुम्मिरहेका हुन्छन् । त्रिपुरेश्वरस्थित एक साइबर क्याफेका संचालक रवि धमलाका अनुसार अहिले आफ्नो क्याफेमा आउने लगभग सबै ग्राहकहरु फेसबुक खोल्ने गर्छन् ।
फेसबुक लोकप्रिय वेभसाइट हो, यसमा दुई मत छैन । तर, यसको लोकप्रियतासँगै यसले थुप्रै विवादहरु पनि निम्त्याएको छ । फेसबुकले मानिसहरुको व्यक्तिगत
Prachanda prakash facebookगोपनियतामा खलल् पुर्‍याई व्यक्तिगत स्वतन्त्रताको हनन् गरिरहेको छ भन्दै यसको आलोचना गर्नेहरु पनि प्रशस्त छन् । अरु कसैको नाम र फोटो राखेर फेसबुकमा अनावश्यक टिकाटिप्पणी गरी धेरै व्यक्तिहरुको छविमा खलल पुर्‍याइरहेको उदाहरण पनि प्रशस्तै छन् ।
आजकल नेपालमा पनि फेसबुकमार्फत अरुको चरित्र हत्या गर्ने प्रयासहरु भइरहेका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको नाममा पनि यस्तै नक्कली फेसबुकहरु प्रयोग भइरहेका छन् । प्रकाश भन्छन् – ‘मेरै नक्कली फेसबुक ५–६ वटा छन् जसले मलाई अप्ठ्यारोमा पारिरहेको छ ।’
त्यतिमात्र कहाँ हो र ? माओवादी अध्यक्ष पुष्पकमल दाहालका नाममा पनि नक्कली फेसबुक प्रयोगमा आइरहेका छन् । वास्तवमा भन्नुपर्दा दाहालको फेसबुक नै छैन । कोही अरु ब्यक्तिले नै उनको नाममा उक्त फेसबुक चलाइरहेका छन् । प्रकाशले आफ्ना पिताको नाममा खोलिएका सबै फेसबुक नक्कली भएको बताएका छन् ।
उता नेपालका सुपरस्टार राजेश हमालको पनि आफ्नो फेसबुक छैन । तर, कोही अरुले नै उनको नाममा फेसबुक चलाइरहेका छन् । राजेश भन्छन् – ‘मेरो नाममा पनि नक्कली फेसबुक धेरैले चलाइरहेका छन्, जसले मलाई कहिलेकाँही अप्ठ्यारोमा पनि पार्ने गरेको छ । त्यसैले म आफैं छिट्टै फेसबुक खोल्ने तरखरमा छु ।’
बिधार्थी नेतृ रामकुमारी झाँक्री आफै फेसबुक चलाउँछिन । तर, यसबाहेक उनको नाममा अरु कसैले दुई वटा फेसबुक चलाइरहेको छ ।
फेसबुकले अर्को भोगिरहेको आलोचना के छ भने यसले मानिसको अमुल्य समयलाई खेर फालिरहको छ । फेसबुकमा ब्यस्त भएका कारण अन्य महत्वपूर्ण कार्यहरुप्रति मानिसहरुले बेवास्ता गरिरहेको टिकाटिप्पणी पनि बेला बेलामा सुनिँदै आएको छ । नेपालकै कुरा गर्दा सबभन्दा बढी चलाइने वेभसाइट फेसबुक हो । यहि फेसबुक सिंहदरबारका कर्मचारीहरुले चलाउन पाउँदैनन् । सिंहदरबारभित्र फेसबुकका कारण कर्मचारीहरुले राम्ररी काम नगरेको भन्दै त्यहाँ अफिस टाइममा फेसबुक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यस्तै कति प्राइभेट कम्पनीहरुमा पनि फेसबुकले कर्मचारीहरुलाई अल्छी बनाएको भन्दै प्रतिबन्ध लगाइएको छ । प्राइभेट बैंकहरुमा कर्मचारीहलाई फेसबुक चलाउन दिइएको छैन ।
baburam facebook
चलचित्र निर्देशक निरक पौडेलले आफूले पनि फेसबुक चलाउने तर अत्यधिक प्रयोग गरेर समय खेर फाल्न नहुने सुझाव दिन्छन् ।
फेसबुकको खुलापन, समय र फेसबुकको समेत दुरुपयोग भएका कारण धेरै देशमा यो वेभसाइटलाई प्रतिबन्ध लगाइएको छ । सिरिया, चीन, इरान, भीयतनाम आदि देशहरुमा फेसबुकलाई प्रतिबन्ध लगाइएको छ ।
सिरियाली सरकारले फेसबुक प्रयोग गरी त्यहाँका जनताले सरकारको विरोध गरेका कारण फेसबुकलाई प्रतिबन्ध लगाएको हो । चीनको कुरा गर्दा सन् २००९ मा भएको उरुम्की दंगापछि चीनमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको हो । जुन अझै पनि जारी छ । सिन्जियान प्रान्तका उइगुर समुदायले आन्दोलनको प्रचार गर्न फेसबुकको प्रयोग गरेकै कारण यसलाई प्रतिबन्ध लगाएको थियो ।
त्यसैगरी सन् २००९ मा भएको विवादस्पद राष्ट्रपति निर्वाचनका क्रममा प्रतिपक्षीहरुले चुनावप्रचारमा फेसबुकको प्रयोग गर्न सक्ने हुनाले इरानमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो, जुन अद्यावधि छ ।
ramchanda paudel facebook
फेसबुकमा व्यक्तिगत गोपनियता कुरा व्यापक रुपमा उठेपछि यसका निर्माता मार्क जुकरवर्गले यसका प्रयोगकर्तालाई आफ्ना जानकारीहरु कस–कसलाई हेर्न दिन मिल्ने–नमिल्ने भन्ने अधिकार प्रयोग गर्न दिएका छन् । जसले गर्दा केहि हदसम्म भएपनि यसको आलोचना थामिएको छ ।
सिक्काको दुई पाटो भने जस्तै हरेक कुराको दुई पक्षहरु हुन्छन् । फेसबुक पनि यसबाट अछुतो हुनै सक्दैन, यसका पनि दुबै नकारात्मक र सकारात्मक पक्षहरु छन् । फरक यत्ति हो कुन कुराप्रति हामी आकर्षित हुन्छौं ।

Monday, 13 January 2014

तिमी


मैले चाहे भन्दा धेरै,मैले मागे भन्दा ठुलो उपहार हौ तिमी ,
किनकी तिमी मेरो साथी,मेरो मनको साथी जिबनभरी..
जबजब म हड्बडाउँछु,तिमी त्यँहा हुँन्छौ सम्हाल्न मलाई,

मेरा कमजोरीहरु औल्याइदिन र मलाई राहत दिन..
बुझाउन मलाई अनि बाटोहरु देखाइदिन..
तिमी त हौ मेरो भरोसाको प्रतिमुर्ती,
जसरी तिमी हरेक दु:ख सुखमा त्यही हुँन्छौ ..
तिम्रो न्यानो सहानुभुति सहित देखा पर्छौ ..
जहिले म एक्लो महसुस गर्छु,
तिमिले एक्लोपनको आभास हुन दिदैनौ..
जब म थकित भैइ सपनाहरु धमिलो देख्न थाल्छु,
तिमीले सुनौलो आशाहरु जगाइदिन्छौ..
थाहा छैन म कसरी अभिब्यक्त गरुँ आँफैलाई,
तर तिमीले हजारौं बाटोहरु पहिल्याइदिन्छौ..
न त तिमीले मलाई हतास हुने मौका दिन्छौ,
न त निरास भैइ सुन्यमा कतै हराउन दिन्छौ..
तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,
मेरो सफल जिबनको सिढिँहरु बन्न सक्छौ..
तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,
अटल विश्वाश र संजिबनीका बुटीहरु हुन सक्छौ ..
त्यसैले त म भन्ने गर्छु तिमीलाई,
तिमीबिना शायद म अपुरो छु,अँधुरो हुनेछु..
केबल यस्तै भैरहनु,परिवर्तन नहुनु कहिलेपनि,
म तिमीलाई गुमाउन चाहन्न,
तिमी मेरो प्रत्यक पलहरुको साथी..
भौतिक रुपले हामीलाई अलग्याए पनि,
तिमी त्यही हुनेछौ मेरो आडमा..
तिम्रा न्यानो साथहरु त्यही हुनेछन,
हाम्रो मित्रताको हातहरु कहिले बदलिने छैनन् ..
म साँचै भाग्यमानी ठान्छु आँफैलाई,
तिम्रो आगमन मेरो लागि एउटा छुट्टै पहिचान ..
अपेक्षा गर्छु म तिमीबाट,हर कोणहरुबाट,
तिमी त हौ मेरो पाइला-पाइलाको साथी..
शब्दहरुमा सिमित पार्न सक्दिन म,

Friday, 6 December 2013

मृत्युपूर्व हेर्नै पर्ने विश्वका १७ अदभुत पर्यटकिय स्थल

विश्वमा अनौठा स्थल र घटनाको कमी छैन । प्राचीन विश्वका सात आश्चर्यमा पर्ने इजिप्टको पिरामिड अझ पनि लाखौ पर्यटकको आर्कषणको केन्द्र छ । ऐतिहासिक ताज महल आज पनि प्रेमको प्रतिकका रुपमा उभिएको छ । यस्तै अदभुत १७ पर्यटकिय स्थलको विवरण बजफिड ट्राभलले तयार गरेको छ । 
बजफिडको अदभुत स्थलको सुचीमा पहिलो स्थानमा चीनको गान्सुस्थित झाङगे डान्झिया भौगोलिक संरचना परेको छ । रातो पर्वतमालामा दुई करोड ४० लाख वर्षपहिलेदेखि सतहमा देखा परेका खजिकपदार्थका कारण यहाँका पर्वत सप्तरंगी इन्द्रेणी जस्तो देखिन्छन् ।

इक्वाडरको इन्ड अफ दि वल्र्ड पिङ दोस्रो स्थानमा परेको छ । घना जंगलको ठूलोरुखमाथिको टि हाउसमा रहेको पिङ खेल्दा नजिकै सक्रिय ज्वालामुखी देख्न सकिन्छ । बजफिडका अनुसार, यो पिङमा मच्चिन ठुलो साहश आवश्यक पर्छ ।

बेलिज द्वीपको समुद्रितटमा रहेको ग्रेट ब्लु होल स्कुबा डाइभिङका लागि प्रख्यात सवमरिन सिंक होल हो । यसको गहिराई चारसय सात फिट छ ।

नेदरल्याण्डको टुलिप खेती गरिने क्षेत्रपनि अदभुत दृष्यका लागि विश्वमै प्रख्यात छ । यहाँ लहरै खेती गरिएका टुलिप देख्दा मन प्रसन्न हुन्छ ।

भियतनामको बिन्ह प्रान्तमा रहेको हाङ सोङ दोङ गुफा पर्यटकिय आर्कषणको राम्रो केन्द्र हो । विश्वकै ठुलो यो गुफा २० देखि ५० लाख वर्ष पहिले निर्माण भएको अनुमान गरिन्छ । यो गुफा भीत्र करिव आधा माइल लामो ५० तले घर अटाउन सक्छ ।

जापानको इबाराकीस्थित हिताची सि साइड पार्क रंगिचंगी फुल र समुद्रको संगमका कारण प्रख्यात छ । शरद ऋतुमा बेबी ब्लु आईज फुल फुल्दा यहाँ ४५ लाख पर्यटक ओइरिन्छन् ।

अमेरिकीका अलस्कास्थित मेन्डेनहल आईस केभ (गुफा) अनौठो चरित्रका कारण प्रख्यात छ । हिउले बनेको यो गुफा मान्छे हिडदै अगाडि बढदा पग्लदै जान्छ साथसाथै गुफा पनि बन्दै जान्छ ।

भेनेजुयला, ब्राजिल र गुयनाको सिमा क्षेत्रमा पर्ने माउन्ट रोराईमालाई विश्वकै सबैभन्दा पुरानो भौगोलिक बनावट मानिन्छ । टेबल आकारको यो श्रृंखला करिव दुई अर्ब वर्ष अगाडि बनेको अनुमान छ ।

टर्कीको एन्टोलिया क्षेत्र नागबेली र रंगिचंगी ससाना पर्वतका कारण राम्रो पर्यटकिय क्षेत्र बनेको छ । यो विश्वकै प्रख्यात हट एअर बेलुन उडाइने क्षेत्र हो । 


मालद्विपको बाधु द्विप समुन्द्रमा देखिने ताराका कारण रोमान्चक छ । राती समुद्रमा डुंगा चल्दा तिनले उठाएको फोका र ताराको छाया मिसिदाँको दृश्य साच्चै मनमोहक हुन्छ ।

जिम्वावे र जाम्वियाको सिमामा रहेको भिक्टोरिया फल अफ्रिकाको सबैभन्दा फराकिलो झरना हो । यही झरना क्षेत्रमा जिम्वावे तिर डेभिल पुल रहेको छ । यहाँ सहाशी पर्यटक तैराकीको मजा लिन्छन ।


नर्वेको टोर्लटुंगा हिंउ जम्ने दुई हजार फिट अग्लो जिब्रो आकारको ढुंगामा हाईकिङ गर्ने युवाको ठुलो जमात हुने गर्छ । यहाँ घुम्ने उपयुक्त समय मध्य जुनदेखि मध्य सेप्टेम्बर हो ।

समुद्रको छालले लाखौ वर्षदेखि बढार्दै ल्याएको सातो बालुवा बाट बनेको अस्ट्रेलियाको ह्वाइट हेभन बीच बनेको हो । सेतो भएको कारण यो तात्दैन, नाङ्रगा खुट्टाले हिडन समेत उपयुक्त छ ।

एरिजोनाको ग्रयाण्ड केन्योन विश्वका सात प्राकृतिक आश्चर्यमा समावेस छ । यो अद्धितिय भौगोलिक क्षेत्र दुईसय २७ माइल लामो र १८ माईल चौडा छ । 


अर्जेटिना र चिलीको सिमानामा पर्ने पटागोनिया मार्बल केभ (गुफा) भीत्र मार्बल चपेल र मार्बल क्याथाड्रेल रहेको छ । यो भौगोलिक बनोट छ हजार वर्ष अगाडिदेखि बन्न सुरु गरेको हो ।
यस्तै अन्य आर्कषणमा युक्रेनको टनेल अफ लभ, बोलिभियाको सलार डि युनी, ब्राजिलको बाहियास्थित इन्च्यान्डीड वेल (कुवा) पर्दछन् । यिनी सम्पदाको आर्कषणबाट बर्षेनी हजारौ पर्यटक लोभिने गरेका छन् ।


Top 18


​ 15  |  Barun Valley

Most Beautiful Places in Nepal

Gelal Research Group (GRG) > Travel Rankings > Most Beautiful Places in Nepal

 14  |  Rolwaling Valley


​ 13  |  Namche Bazaar


​ 12  |  Badimalika, Bajura


​ 11  |   Manag Valley


​ 10  |  Panch Pokhari


​  9  |  Langtang Valley


​  8  |  Tilicho Lake


​  7  |  Upper Mustang


​  6  |  Gokyo Valley


​  5  |  Annapurna Base Camp


​   3  |  Khumbu Region


   1  |  Rara  National  Park