Rose
फूल काँडाहरुको बीचमा फुल्छ ,मनमोहक भएर ऊ फुल्छ त्यस्तै जीवन पनि दु:ख सुखको बीचमा फुल्दो रहेछ । तर मान्छे कुनै चोटपटक नलागि बाँच्न चाहन्छ ,कुनै दु:ख कष्ट नभोगी बाँचौ भन्छ । ऊ जीवनलाई समतल ढंगले बाँच्न चाहन्छ । तर जीवन त्यस्तो चाहना जस्तो समतल ढङ्गले चल्न सक्दैन । त्यस्तोसँग चल्दो हो त मान्छेलाई जीवनको मज्जाको अनुभुति हुन सक्ने थिएन । मान्छेसँग दु:खकष्ट छ र नै ऊ सुखको र आनन्दको लागि लडिरहन्छ । सायद फूल पनि काँडा नहुदो हो त त्यति सुन्दर हुने थिएन होला मैले पनि तै अब्ड्याङ् खब्ड्याङ् रहित जीवन बाँच्न खोजे र त जीवनमा धेरै दुखेँ। जीवन सर्लक्क र सलक्क कसैले पनि बाँच्न सक्दैन । जीवनमा चोट घाउ दु:खसुख सजिलो अप्ठयारो घुम्ती मोड गल्ली गल्छेडाहरु सबै हुन्छन र त जीवन पनि फूल जस्तै सुन्दर छ...... |
No comments:
Post a Comment