Friday 15 June 2012

एकैपटकमा नौ सन्तान



मानिसले एकपटकमा दुई, तीन वा चार सन्तान जन्माएको त हामीले सुनेका छौँ तर मेक्सिकोकी एक महिलाले एकै पटकमा नौ सन्तान जन्माउने भएकी छिन्। कार्ला भेनेसा परेजले मे २० मा ६ छोरी तथा तीन छोरा जन्माउने चिकित्सकहरूले बताएका छन्। मेक्सिकोको उत्तरपूर्वी प्रान्त कोहिल्याकी बासिन्दा परेज अहिले प्रान्तीय राजधानी साल्टियोको अस्पतालमा उपचारार्थ छिन्। फर्टिलिटी टिर्टमेन्ट गरेकै कारण एकै बेतमा त्यति सन्तान जन्मिन लागेको चिकित्सकहरूले जनाएका छन्। 'अहिले नै बच्चाहरूको नाम सोच्न सार्‍है छिटो हुन्छ। सुरुमा स्वस्थ बच्चा जन्मिएपछि मात्र उनीहरूको नाम के राख्ने भन्ने सोच्छु,' परेज भन्छिन्। परेजले जन्माउने सबै सन्तान बाँचेको खण्डमा उनले एकै बेतमा धेरै सन्तान जन्माउने रेकर्ड बनाउनेछिन्। सन् १९७१ मा अस्ट्रेलियाकी गेराडाइन ब्रोडिकले एकै बेतमा पाँच छोरा र चार छोरी जन्माएकी थिइन्, तर उनका कुनै पनि सन्तान बाँचेनन्। मलेसियाकी जुरिना मात सादले पनि सन् १९९९ को मार्चमा पाँच छोरा, चार छोरी जन्माएकी थिइन्, उनका पनि छोराछोरी ६ घण्टाभन्दा बढी बाँचेनन् । २००९ मा अमेरिकाको क्यालिफोर्नियाकी नाद्या सुलेमानले एकै बेतमा आठ सन्तान जन्माएपछि उनी एक किसिमले सेलिब्रेटी नै भएकी थिइन्। ३६ वषर्ीया नाद्या सुलेमानका आठै सन्तान जीवित छन्।

No comments:

Post a Comment