आखामा आसु दिएर जाऊ तिमि
सफलताको पगरी भिरेर जाऊ
सान्त्वना का ति सब्द चाहिदैन
मेरो आशिर्बाद लिएर जाऊ
बाध्यता र बिबसता का पीडाहरू
नथपिउन् अझै यस्ता दुख्ने घाउहरुमा
हिजोका ति व्यथा हरु भुल्दै
सम्भावाना र आसा लिएर जाऊ
पर पुगेर बाइ बाई गर्नुपर्दैन
मेरो शुभकामना लिएर जाउ
अतित हाम्रो क्षण भरमै देखेको सपना
अब यति नै हो भेट नभए सम्जना
कल्पना सबै हावामा उडा उ दै
हिजोका कसम हरु भुलेर जाउ
ति चुम्बन हरु मलाई चाहिदैन
यी नै आसुका फुलहरु उपहार लिएर जाउ
केवल मेरो शुभकामना लिएर जाउ
No comments:
Post a Comment