smtsza |
२. दिमाग, शरीर र आत्माको सम्मान तपाईंको अस्तित्व केमा निर्भर छ ? मान्नोस् या नमान्नोस् –दिमाग, शरीर र आत्मा नै तपार्इंको अस्तित्वको समीकरण हो । यी तीन तत्वले जहिले पनि सन्तुलन खोजिरहन्छन् । काम, सम्बन्ध, पैसा, सिर्जना, अध्यात्म र खुसीजस्ता विषयबीच तालमेल छैन भने तपार्इंको अस्तित्व पनि सन्तुलनमा हुँदैन । सामाजिक जीवन, घरायसी वातावरण, स्वास्थ्य र व्यायामबीच समन्वय गरेको अवस्थामा तपार्इंले आफूमा धेरै परिवर्तन महसुस गर्न सक्नुहुन्छ । अर्को कुरा, यदि तपाईं आफूमा समस्या छ भन्ने ठान्नुहुन्छ भने शरीरले बोलेको सुन्नोस् । कसरी सुन्ने ? कसरी थाहा पाउने, सन्तुलन बिग्रिएको ? टाउको दुख्नु, माइग्रेन हुनु, पाचन प्रणाली बिग्रिनु, अपाच्य हुनु, तनाव हुनुजस्ता कुराहरु नै पर्याप्त हुन्छन्, आफंैले आफंैलाई जाँच्न । त्यसैले के छ त समस्या भन्ने थाहा पाउनुस् । बुझ नपचाउनुस् । र, समस्याहरुको निराकरण खोज्नुहोस् । आफुँले आफैलाई सम्हाल्न सके मात्र अरुलाई पनि सम्हाल्न सकिन्छ ।
४. पौष्टिक आहार खानामा ध्यान दिँदा मात्र पनि तपार्इंको स्वास्थ्य गतिलो हुनसक्छ । एउटै खानामा सम्पूर्ण पौष्टिकता पाईँदैन । कसैलाई प्रोटिन मन पर्छ, कसैको शरीरले मासु पचाउँदैन । व्यक्ति पिच्छे शरीरको प्रकृती पनि फरक हुन्छ । केही खाँदा शरीरले प्रतिक्रिया कस्तो दिन्छ, त्यो बुझ्नुस् र त्यही अनुसारको खाना रोज्नोस् । अर्को कुरा, दिनको तीनपटक हरियो सागपात र फलफूल खानुहोस् । यसले शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । गेडागुडी, फाइबर र मासुमा पनि ध्यान दिनुहोस् ।
५. आफूलाई शिक्षित बनाउनोस् आफ्नो शरीर, दिमाग, आत्मा, पौष्टिक आहार, व्यायाम, पुरातन दबाई र आयुर्वेदबारे सक्दो जानकारी लिनुहोस् । कारण, आफ्नो मोटोपन घटाउन वा स्वस्थ रहन यस्ता कुराहरु उपयोगी हुन्छन् । किताब पढ्नुस्, व्लग पढ्नुस्, सेमिनार जानुस, कक्षा लिनुस् । तर यसलाई केबल श्रोेतको रुपमा लिनुस् ।
६. निरन्तरता दिनुहोस् स्वस्थ जीवन कायम गर्न निरन्तर लागि पर्नुपर्छ । जीवन परिवर्तन गर्ने उपाय यही हो । स्वस्थ्य जीवन नै पहिलो प्राथमिकतामा पर्नुपर्छ । स्वस्थ्य जीवन तपार्इंको महत्वपूर्ण हिस्सा हो भने यसले अवश्य प्राथमिकता पाउँछ । नयाँ जीवन पाउन वा बनाउन कहिल्यै ढिलो गर्नु हुँदैन ।
७. सहयोगी बनाउनोस् स्वस्थ हुने यात्रामा सफलता त्यसबेला मिल्छ जुनबेला तपार्इंलाई साथ दिने मान्छे हुन्छन् । साथ दिने मान्छेहरुको सञ्जाल बनाउनोस् । आफ्नो यात्रालाई टेवा पुग्ने र प्रभाव पार्ने साथी पत्ता लगाउनोस्् । फेसबुक र ट््वीटरमा स्वास्थ्य टिप्स्बारे सल्लाह गर्नोस् । जीवनलाई स्वस्थ बनाउन किन पछि हट्ने ?
No comments:
Post a Comment