आजको जीवनशैलीमा सबैभन्दा बढी हाम्रो सम्बन्ध प्रभावित भैरहेको पाइन्छ । भौतिक सुख एवं आपसी प्रतिस्पर्धाको भोकले श्रीमान्–श्रीमती, माता–पिता, छोरा–छोरी र अरू कतिपय भावनात्मक सम्बन्धलाई तोडिरहेको हुन्छ । केही समयअनुरूप परिवर्तन भएको छ भने केही हाम्रो महत्त्वाकांक्षा र आधुनिक हुँदै गएको हाम्रो सोचका कारण परिवर्तन भएको पाइन्छ । जीवनमा तीव्र रूपमा अघि बढ्ने चाहनाकै कारण हामीले पछाडि फर्केर हेर्न छोडेका छौं ।
आज इच्छाको आकाश फराकिलो बन्दैछ । इच्छाको त्यो आकाशमा उड्ने चाहनाले सम्बन्धको महत्त्व र महिमा घट्न थालेको छ । आफ्नो इच्छापूर्तिका लागि मानिसहरू सम्बन्धको घाँटी थिच्न पनि तयार हुन्छन् । मानिसहरू परिवार एवं साथीभाइबीच रहेर आनन्दको क्षण बिताउनुभन्दा एक्लै बसेर टेलिभिजन हेर्न वा नेट चलाउन चाहन्छन् । घरका सदस्यसित कुराकानी गर्नुभन्दा नेटमा च्याट गर्दा बढी आराम महसुस गर्छन् । सम्बन्धमा आत्मीयताको कमी हुनु र एकअर्काको भावनालाई प्राथमिकता नदिनु वा नबुझ्नुका पछाडिको सबैभन्दा ठूलो कारण हो–हामीबीच बढ्दो कम्युनिकेसन ग्याप । कामकाजको व्यस्तताले हामीमध्ये कतिपय सम्पूर्ण परिवारजनसित सँगै बसेर न लञ्च गर्न पाउँछौं न त डिनर नै । आपसी सम्बन्धमा व्यवसायिक सोच हावी भएको छ ।
सम्बन्धलाई कायम राख्न स–साना कुरालाई बेवास्ता गर्नुहुँदैन । यसो गर्नाले हामी हाम्रा सम्बन्धलाई टुट्नबाट जोगाउन सक्छौं । यदि कोही घरमा आउँछ भने उसको आतिथ्यमा सबै जुट्नुपर्छ । आफ्नो इच्छापूर्तिका लागि अरूको इच्छाको अवहेलना गर्नुहुँदैन । पाहुनाप्रति उदार व्यवहार अपनाउनुपर्छ ।
सम्बन्धलाई सुदृढ बनाउने प्रयास सबैभन्दा पहिले आफूबाट आरम्भ हुनुपर्छ । बाध्यता सबैमा हुन्छ, तर त्यसलाई कारण बन्न दिनुहुँदैन । यदि हामी सतर्क रहन्छौं भने मात्र हाम्रो अर्को पुस्ता पनि जागरुक हुन्छ । हामी आफ्ना सन्तानले हाम्रो कमजोरीलाई बुझ्दैनन् भन्ने गल्ती गर्छौं तर उनीहरूको दृष्टि सचेत र सतर्क हुन्छ । आफ्ना कमजोरीलाई सुधार्नु आफ्नो परिवार र सम्बन्धलाई सुधार्ने दिशामा पहिलो पाइला हो ।
http://bit.ly/1M54roI
smtsza |
पहिले हामी गर्मीका दिनमा छुट्टी मनाउन स–परिवार घुम्न जान्थ्यौं । धेरै रमाइलो गथ्र्यौं, परिवारका हरेक सदस्यबीच आत्मीयता बढेको अनुभूति हुन्थ्यो तर आज कसैलाई परिवारसित कतै जाने कुरा त टाढाको विषय भैसक्यो, सँगै बसेर खाना खाने फुर्सद पनि छैन ।’ यो परिवर्तनले आपसी सम्बन्धको प्रगाढतामा धेरै हदसम्म प्रभाव पारेको छ ।
बढ्दो एकांकी जीवनले पनि सम्बन्धको डोरीलाई कमजोर बनाउँदै लगेको छ । त्यसैले व्यक्ति अब आफ्नै घरमा सीमित भएको छ । पहिले मानिसहरू अपरिचितलाई पनि दाइ, अंकल, दिदी, बहिनी, आमा आदि भनेर सम्बोधन गर्थे र यसले अपरिचित व्यक्ति पनि आफ्नो बन्न पुग्थ्यो तर आज आफ्नो रगतको नातामा पनि आफ्नोपनको अनुभूति पाइन छोडेको छ । चाहेर पनि संयुक्त परिवारमा रहन असम्भव हुन पुगेको छ । कार्यव्यस्तताले परिवारका सदस्यबीचको भेटघाट पनि दुर्लभ बन्न पुगेको छ । संयुक्त परिवारमै पनि कामकाजी दम्पती आ–आफ्नै काममा व्यस्त रहने भएकाले एकअर्काका लागि समय निकाल्न असमर्थ छन् भने परिवारका अन्य सदस्य अझ टाढा हुनु स्वाभाविक हो । यसले संयुक्त परिवारमा एकसाथ रहने सम्भावना घट्छ ।आज इच्छाको आकाश फराकिलो बन्दैछ । इच्छाको त्यो आकाशमा उड्ने चाहनाले सम्बन्धको महत्त्व र महिमा घट्न थालेको छ । आफ्नो इच्छापूर्तिका लागि मानिसहरू सम्बन्धको घाँटी थिच्न पनि तयार हुन्छन् । मानिसहरू परिवार एवं साथीभाइबीच रहेर आनन्दको क्षण बिताउनुभन्दा एक्लै बसेर टेलिभिजन हेर्न वा नेट चलाउन चाहन्छन् । घरका सदस्यसित कुराकानी गर्नुभन्दा नेटमा च्याट गर्दा बढी आराम महसुस गर्छन् । सम्बन्धमा आत्मीयताको कमी हुनु र एकअर्काको भावनालाई प्राथमिकता नदिनु वा नबुझ्नुका पछाडिको सबैभन्दा ठूलो कारण हो–हामीबीच बढ्दो कम्युनिकेसन ग्याप । कामकाजको व्यस्तताले हामीमध्ये कतिपय सम्पूर्ण परिवारजनसित सँगै बसेर न लञ्च गर्न पाउँछौं न त डिनर नै । आपसी सम्बन्धमा व्यवसायिक सोच हावी भएको छ ।
सम्बन्धलाई कायम राख्न स–साना कुरालाई बेवास्ता गर्नुहुँदैन । यसो गर्नाले हामी हाम्रा सम्बन्धलाई टुट्नबाट जोगाउन सक्छौं । यदि कोही घरमा आउँछ भने उसको आतिथ्यमा सबै जुट्नुपर्छ । आफ्नो इच्छापूर्तिका लागि अरूको इच्छाको अवहेलना गर्नुहुँदैन । पाहुनाप्रति उदार व्यवहार अपनाउनुपर्छ ।
सम्बन्धलाई सुदृढ बनाउने प्रयास सबैभन्दा पहिले आफूबाट आरम्भ हुनुपर्छ । बाध्यता सबैमा हुन्छ, तर त्यसलाई कारण बन्न दिनुहुँदैन । यदि हामी सतर्क रहन्छौं भने मात्र हाम्रो अर्को पुस्ता पनि जागरुक हुन्छ । हामी आफ्ना सन्तानले हाम्रो कमजोरीलाई बुझ्दैनन् भन्ने गल्ती गर्छौं तर उनीहरूको दृष्टि सचेत र सतर्क हुन्छ । आफ्ना कमजोरीलाई सुधार्नु आफ्नो परिवार र सम्बन्धलाई सुधार्ने दिशामा पहिलो पाइला हो ।
http://bit.ly/1M54roI
No comments:
Post a Comment