Sunday 28 May 2017

ब्रोइलर खोरको व्यवस्थापन

ठाँउको छनौट

  • जैविक सुरक्षायुक्त क्षेत्र हुनुपर्दछ ।
  • गुणस्तरीय पानी, बिजुलीको साथै अन्य आबश्यक सामग्रीहरुको सुविधा भएको ठाँउ हुनुपर्दछ ।
  • सुली व्यवस्थापन र मरेका कुखुरा बिसर्जनको निम्ति पर्याप्त ठाँउ आदिको सुविधा हुनुपर्दछ ।

डिजाइन/ ढाँचा

  • खोरको लम्बाई पूर्व–पश्चिम दिशामा अवस्थित हुनुपर्दछ ।
  • लामो समयसम्म खप्ने, सस्तो र सकेसम्म स्थानीय स्तरमा उपलब्ध हुने किसिमको सामग्रीबाट खोर निमार्ण गर्नुपर्दछ ।
  • खोर बनाउँदा दैनिक व्यवस्थापन गर्न तथा राम्रोसँग सफा गर्न सजिलो हुने गरी बनाउनु पर्दछ ।
  • बाहिर पट्टिबाट सम्पुर्ण फार्मलाई घेरेर तथा चाबी लगाउने गरी बार लगाउनुपर्दछ ।

Broiler in Nepal

तल दिइएका नाप अनुसार खोर बनाउनुपर्दछ ।

  • एक खोर देखि अर्को खोरको दुरी = ४० फिट (कम्तीमा)
  • जगको उचाइ = २ फिट
  • छेउको भित्ताको (इट्टा, ढुङगा वा ब्लक) उचाइ = ६ इन्च–९ इन्च (बढीमा)
  • छेउको जालीको उचाई = ६ फिट (जाडो ठाँउमा) र ७ फिट (गर्मी ठाँउमा)
  • बलेनीको लम्बाई = २ फिट







प्रत्येक ५०० कुखुरालाई खोर भित्र छुट्टा छुट्टै पाल्ने व्यवस्था हुनुपर्दछ ।
  • भुई पक्की हुुनुपर्दछ ।
  • खोर छाउने वस्तु प्रकाश परिवर्तन गर्ने हुुनुपर्दछ । उदाहरणको लागि जस्तापाता, खर, सेलेट
  • खोर र फार्मबाट निस्केको फोहोर पानी निकासको राम्रो व्यवस्था हुनुपर्दछ ।

No comments:

Post a Comment