Saturday, 19 July 2014

डा. चित्रप्रसाद वाग्ले शर्मा ले लेखेको चिठी

प्रिय छोरी आशिका तथा आरुषि
धेरै धेरै माया र प्रेम अनि सम्झना ।
विषेश छोरीहरु अस्पतालको बेडबाट तिमीहरुको सम्झनाले सताएर यो पत्र लेख्दैछु । मैले गर्ने माया र ममता यो चिठीका पानामा कोरेर व्यक्त गर्ने त्यति शब्दहरु पनि छैनन् । लेख्न पनि सक्दिँन । यो मायालाई नाप्ने यत्रो यन्त्र बनेका छैनन् । नभए यति केजी छ भनेर पठाउँथे । जे होस् तिमीहरुप्रति मेरो माया छ, प्रेम छ र शुभकामना छ ।
तिमीहरुलाई राम्रो गार्जियनशीप दिएर राम्रो समाजको राम्रा सहयोगी, सुशील तथा देश र जनताप्रति बफादार नागरिक बनाउने तथा नारी सशक्तीकरणमा अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो । चाहे त्यो डाक्टर भएर होस्, चाहे त्यो इन्जिनियर भएर वा हाउस वाइफ नै भएर किन नहोस् । तर, दैवको लीला छोरीहरु, तिमीहरुलाई मेरो रोेगबारे त्यति थाहा छैन । जे थाहा छ, आशिकालाई क्यान्सर भएको भन्ने थाहा छ तर, यसको अन्तबारेमा तिमीहरुलाई थाहा छैन । सायद थाहा पाउनु अगाडि नै मैले यो संसार छाडिसकेको हुनेछु ।
छोरीहरु मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । यस्तै तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ । तिमीहरुलाई सधैं सहायता गर्ने तिम्री आमा रहने छिन् । अनि तिम्रा हजुरबाबा र हजुरआमाले साथ दिनेछन् । उहाँहरुको सुझाव र सल्लाह सधैं मान्नू ।
जीवनमा आफ्नो लक्ष्य प्राप्तिमा लागि परेर उद्देश्य पूरा गर्नू । बाबुको अभाव महसुस कहिल्यै नगर्नू । तिमीलाई सहयोग र साथ दिने बोल्ड हृदय भएकी आमा छिन् । उनको कुरा सधैं शिरोधार्य पालना गर्नू । उहाँले दिएका वचन तिम्रा मार्गदर्शन हुनेछन् नानीहरु ….।
नानीहरु, तिमीहरुले एउटा अपाङ्ग बच्चा (भाइ) को पनि रेखदेख गर्नू, जसलाई सहयोगको आवश्यकता छ ।
प्रिय छोरीहरु, तिमीहरु आमाको गर्वमा हुँदा मैले पहिले नै तिमीहरु छोरीहरु हौं भन्ने थाहा थियो । यो पुरुष प्रधान देशमा छोराहरु चाहिन्छ, यसलाई गर्भपतन गरा भन्ने मान्छे तथा इष्टमित्रहरु धेरै थिए । तर, म र तिम्री आमालाई छोरा र छोरीमा कुनै भदभावको अनुभूति नगरी तिमीहरुलाई जन्मायौं, हुर्कायौं । तिमीहरु हाम्रा लागि छोरासरह छौं । छोरा र छोरीप्रति मेरो र तिम्रो आमाको कुनै भेदभाव छैन । एउटा चिन्ता छ कि तिमीहरु यो समाजको उदाहरण कसरी बनाउने बारे, बन्ने बारे ।
अब २–४ वर्ष आमाले पढ्न भनेको पनि गाली गरेको झै लाग्नेछ, किनकि पढाइको महत्व तिमीहरुलाई थाहा छैन । तर, उमेर बढ्नेछ, तिमीहरु ठूली हुनेछौ । ८–१० क्लासमा जाँदा तिम्रो पढाइसँगै अन्य कुराहरुमा तिमीहरुको ध्यान जानसक्छ, त्यसैले त्यस समयमा तिमीप्रतिको भावना र सुझाव यस्तो रहनेछः
तिम्रो किशोर अवस्था र वरपरको वातावरण :
प्रिय छोरीहरु, समयले तिमीहरुलाई किशोरी अवस्थामा लैजानेछ, जहाँ तिमीहरुको आवाजदेखि शारीरिक परिर्वतन आउनेछ । तिमीहरुलाई लाजशरम लाग्ने पनि छ । यो परिवर्तनलाई लुकाउन सक्ने छैनौं । यो सँगसँगै तिम्रा भित्रका स्वभावमा परिवर्तन आउनेछन् । केटा केटीप्रति, केटी केटाप्रति आकर्षण बढ्ने समय हो । यो स्वभाविक पनि हो तर, यस उमेरमा बिग्रिएर आफ्नो भविश्य बिगारेका कयौं उदाहरणहरु छन् मसँग । त्यसैले यसबाट सतर्क रहनू ।
यस परिर्वतनमा तिमीहरु बिग्रने छैन । आफ्नो पढाइका साथै चरित्रलाई ख्याल गर्नेछौ । बाबाको इज्जत राख्ने छौं । यही स्कुल अवधिभरिमा पढाइका साथै एक्ट्रा एक्टिभिटिजमा भाग लिनेछौ । राम्रा नृत्य सिक्ने छौं, जो मेरी छोरीहरु नाचेको हेर्न चाहन्छु र चाहन्थें पनि । स्कुलबाट मेरा छोरीहरु साह्रै राम्रा, परिश्रमी, मेहनती छन् भन्ने देख्न चाहन्थें । सायद यो इच्छा पूरा गराउने छौ ।
तिम्रा भविश्यबारे (मेरा मनका कुरा)
एसएलसी तिमीहरुको आइरन गेट भन्ने गर्छन् । मेरा छोरीहरु यो गेट इजिली पास गर्नेछौ । मेरो चाहना तिमीहरु राम्रो अंकका साथमा यो गेटबाट निस्कने छौ ।
तिमीहरुको आफ्नो इच्छा होला, के बन्ने ? जे बन, त्यसमा मेरो केही गुनासो रहने छैन । तर, तिमीहरु समाजको असल मान्छे बन । समाजले तिमीहरुको उदाहरण दिउन् । डाक्टर, इन्जिनियर, पत्रकार वा हाउसवाइफ बन तर, राम्रो बन । तिमी आफ्नो पेशामा राम्रो मान्छे भएनौ भने डाक्टर, इन्जिनियर वा राजनीतिज्ञ बने पनि त्यो समाजबाट केही पाउने छैन । त्यसैले असल मान्छे बन्नु ।
एउटा नारी भएकाले नारी सशक्तीकरणमा तिमीहरुको ठूलो हात रहोस् । किन, नेपालमा नारी झै पुरुषको दाँजोमा कम नै छ । तर, नानीहरु, म डाक्टर भएकाले त्यो क्षेत्रमा धेरै कठिनाइ भएता पनि इमान्दार भएर काम गर्ने हो भने, जनताको सेवा पनि हुने, इज्जत सम्मान पनि पाइने ।
शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।
डाक्टर भएर तिम्रो बाबाका समाज सेवामा अधुरा सपना साकार पार्नेछौ । तिमीहरु दीनदुःखीको सेवामा सँधै जीवन समर्पित गर्नेछौ । ता कि तिमीहरुको उपस्थितिमा ती असहायः गरीब तथा सबैथरिका मान्छे खुसी हुनेछन् ।
सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो नानी । यो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । त्यो त मन जितेर लिने कुरा हो । चिकित्सकको सेवाबाट बच्चित रहेको समाजमा गएर सेवा गर्नु ।
शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । गरीब अझ गरीब हुनेछन् । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।
तिम्रो यौवन, विवाह र दाम्पत्य जीवन :
प्रिय छोरी, समयले कसैलाई पर्खेर बस्दैन । समयको दौरान तिमी किशोरी अवस्था पार गरेर युवा अवस्थामा जानेछौ । यो परिर्वतन तिमी, हामीले रोकेर रोकिने छैन । पढाइ सकिएर वा उच्च शिक्षा लिइरहेका बेलामा तिमीहरुको कुनै साथी मन पर्ला, जससँग जीन्दगी राम्रो हुनेछ भन्ने सोच्नेछौ । त्यो नराम्रो कुरा पनि होइन । म जीवीत भएको भए पनि स्वीकार गर्ने थिएँ । त्यसलाई अन्यथा तिम्रो बाबाले कहिल्यै पनि लिने थिएन । तर, समय खराब छ, तिम्रो जीवनसाथी त्यस्तो हुनुपर्छ, जसले तिमीलाई बुझ्न सकोस् । तिमीले उसलाई बुझ्न सक । फ्युचर प्लान मिलेको होस्, जहाँ जीवनभरि एकले अर्कालाई दुःख र सुखमा साथ दिन सक ।
तिम्रो विवाहको चयन गर्ने अधिकार तिमीहरुको हुनेछ । निर्णय धेरै सोचविचारबाट गर्नू । प्यार गर्नु नराम्रो कुरा होइन । त्यसलाई माया गर्नु, जसबाट बाँकी जीवन सुखमय होस् ।
हेर न, तिम्रो मम्मी र मैले लभ म्यारिज सीडीओ कार्यालयमा गरेको हो । हामीले एकले अर्कालाई खोजेका हौं । दुर्भाग्य, मैले उनलाई लामो समय साथ दिन सकिँन । जे होस्, तिमीहरु पनि हाम्रो च्वाइसमा लिन थोरै ध्यान दिने छौ । साथै परिवारको सल्लाहलाई पनि नजरअन्दाज गर्ने छैनौ ।
मेरो मतलव, यो होइन कि तिमीहरु आफ्नो मायालाई कुर्वानी दिनू भनेर । इच्छा, चाहना, आकांक्षा अनुसार चल्नू । तिम्रा मनले जे राम्रो मान्छ, त्यसलाई मान्नू । तर, तिम्रो मनले गर्दा समाजलाई अपच हुने कुरा नगर्नू किनकि यो समाजमा बस्नु छ ।
तिमीहरु ठूलो हुने बेलासम्म यो समाज धेरै परिर्वतन भइसक्ने छ । मेरा छोरीहरु, यो समाजको रुढीवादीलाई पछि पार्दै आधुनिक समाजका उदाहरण बन्ने छौ । जसरी हामीले पनि आफ्नो पालामा सीडीओको आफिसमा गएर विवाह गरेका थियौं । दाइजो र जन्ती लगेर ठूलो भतेर गरेका थिएनौं । हाम्रो विवाहमा पार्टी भएको थिएन । तर, त्यो समयको दौरानमा सबै ठीक भएर गयो । हामीले छोरा र छोरीमा भेद गरेनौं, जो तिमीहरुलाई थाहा छ ।
छोरीहरु, यो कुरा मैले किन लेखेको भने यी उमेरसम्म यस धर्तीलाई धेरै अघि छोडिसकेको हुनेछु ।
ल नानीहरु, चिठी यहीँ बन्द गर्न चाहन्छु ।
तिमीहरु मया गर्ने बा(बाबा)

Friday, 13 June 2014

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् जीवन कुरा


(एजेन्सी)– शेक्सपियरले एकपटक भनेका थिए, ‘नाममा के राखेको छ’ ? तर हाम्रो जिन्दगीमा नामले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ । कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ । नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के – कस्ता कुराको सामना गर्नसक्नुहुन्छ ।
नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।
A
A
यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।

BB
B अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।

C

C
यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।

D
D
यी व्यक्तिहरु आफैँ बनेका मानिसमा गनिन्छन् । यिनीहरुमा सरस्वती र लक्ष्मी दुबैको कृपा परेको हुन्छ । यिनिहरुसँग यदि तपाईं बस्नुहुन्छ भने तपाईंले केहि नयाँ कुरा सिक्ने मौका पाउनुहुन्छ । तर आफ्नो जिद्दी प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई घमण्डी भन्ने गर्दछन् ।


E
E
यस्ता व्यक्तिहरु निकै बोल्ने गर्दछन् र निकै रमाइलो व्यक्तित्वका हुन्छन् । जिन्दगीलाई निकै सजिलो तरिकाले जिउने मन पराउने यिनीहरु धेरै चिन्ता गर्दैनन् । यस्ता व्यक्तिहरुसँग आफूले चाहेको जत्तिकै शिक्षा, व्यवसाय र पैसा हुने गर्दछ । यिनिहरु सधैँ खुसी हुने गर्दछन् ।

F

F
नामको अगाडि यो अक्षर भएका मानिसहरु निकै दयालु हुने गर्दछन् । यिनीहरु आफ्नो सबै काम निकै मन लगाएर गर्ने गर्छन् । यिनिहरु निकै सहयोगी, आकर्षक र रोमान्टिक हुने गर्दछन् ।


G

G
यस्ता मानिसहरु सफा मनका र सिधा बिचारका हुने गर्दछन् त्यसकारण यिनीहरुलाई धेरै मानिसहरुले धोका दिने गर्दछन् । यिनिहरु कहिले पनि आफ्नो गल्ती दोहोराउँदैनन् बरु यसलाई लिएर अगाडि बढ्ने गर्दछन् र यसमा उनीहरु सफल पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुको धेरै साथी हुँदैनन् र यिनीहरुलाई शान्त ठाउँमा बस्न मनपर्छ । निकै आत्मविश्वासी हुने यिनिहरुलाई जब रिस उठ्छ तब उनीहरु के गर्छन्, उनीहरुलाई नै थाहा हुँदैन । यिनीहरुलाई कम बोल्ने मानिसहरु मनपर्छ ।

H
H
यस्ता व्यक्तिहरु संकोची र संवेदनशील हुने गर्दछन् । यिनीहरुलाई रहस्यमयी पनि भन्ने गरिन्छ किनभने यिनीहरु आफ्नो कुरा कसैलाई पनि बताउँदैनन् । यिनीहरुलाई आत्मसम्मानको निकै चिन्ता हुने गर्दछ र दिमाग निकै तेज हुने गर्दछ ।
यिनीहरु राजनितिक वा प्रशासनिक क्षेत्रमा देखा पर्ने गर्दछन् । यिनीहरु आफ्नो पैसा आफ्ना लागि मात्र खर्च गर्ने गर्दछन् ।


I
I
यस्ता व्यक्तिहरु निकै हिम्मती हुने गर्दछन् र साँचो कुरा भन्नलाई यिनीहरु कहिले पनि डराउँदैनन् । यिनीहरु निकै स्टाइलिस पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुले फेसन र रचनात्मक क्षेत्रमा निकै राम्रो काम गर्ने गर्दछन् ।

J
J
यस्ता व्यक्तिहरु बाहिर जति राम्रा देखिन्छन् भित्रि रुपमा पनि त्यति नै राम्रा हुन्छन् । यिनीहरु आफ्ना पार्टनरसँग निकै इमान्दार हुने गर्दछन् । आफूले भनेको कुरालाई जसरी पनि हाँसिल गर्ने यिनीहरुसँग पैसा, मायाजस्ता चिजहरु निकै धेरै मात्रामा हुने गर्दछ । जसले यी व्यक्तिहरुलाई जीवनसाथीको रुपमा पाउँछ, पाउने व्यक्तिले आफूलाई भाग्यमानी सम्झिँदा पनि हुन्छ किनभने ती व्यक्तिले यस्तो व्यक्ति पाउँदैछ जोसँग सबै कुरा छ ।





K




K
बोल्दा नसोची बोल्ने यिनिहरु आफ्नो फाइदाको लागि कुनै पनि हदसम्म जान सक्छन् । मानिसहरु यिनिहरुसँग डराउँछन् र आफ्नो कुरा भन्न डराउँछन् । यिनिहरुलाई जीवनमा जोखिम लिन आउँछ । हेर्दा यिनीहरु निकै राम्रा हुने गर्दछन् ।












L



L
यस्ता व्यक्तिहरु कसैलाई पनि नराम्रो सोच्दैनन् । यिनीहरुलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । सानो सानो कुराहरुले नै यिनीहरुलाई खुसी बनाएको हुन्छ र यिनीहरु धेरैजसो खुसी नै हुने गर्दछन् । पैसाको कमी कहिले पनि नहुने यी व्यक्तिहरुलाई विशेष व्यक्तिको धड्कन बन्न मनपर्छ ।











M





M
यस्ता व्यक्तिहरु निकै जिद्दी हुने गर्दछन् । केहि कुरालाई यिनीहरुले समातेको छ भने कहिले पनि छोड्दैनन् । साधारणतया यस्ता व्यक्तिहरु राजनितिमा बढि देखिन्छन् । यिनीहरु राम्रो वक्ता र राम्रो लेखक हुन् । सधैँ गहिरो चिन्तनमा डुबिरहेने यस्ता व्यक्तिहरु र निकै भावुक हुने गर्दछन् ।











N



N
यिनीहरु कुनै पनि कुरासँग चाँडै नै बोर हुने गर्दछन् । स्वतन्त्र विचारधाराका यी व्यक्तिहरु सधैँ आफ्नो बारेमा मात्र सोच्ने गर्दछन् । संसारका सबै कुरा पाउने इच्छा भएका यस्ता व्यक्तिहरु निकै स्वार्थी पनि हुने गर्छन् ।











O




O
यस्ता व्यक्तिहरु निकै धूर्त हुने गर्दछन् । यो नाम भएका व्यक्तिहरु निकै आकर्षक पनि हुने गर्दछन् । निकै उर्जावान् यी व्यक्तिहरुलाई धेरै मानिसहरुले मन पराउने गर्दछन् । प्रेम, भावना र सम्बन्धले यिनीहरुको जीवनमा निकै महत्वपूर्ण स्थान ओगटेको हुन्छ त्यसकारण यी व्यक्तिहरु धेरैजसो प्रेम विवाह नै गर्ने गर्दछन् ।











P





P
यी व्यक्तिहरुलाई आफ्नो इज्जत र मानसम्मानको निकै ख्याल हुने गर्दछ । यिनीहरु निकै विवेकशील र रचनात्मक हुने गर्दछन् । यिनीहरु आफ्नो जीवनमा छुट्टै नियम लागु गर्दछन् र यसमा कुनै सम्झौता गर्दैनन् ।











Q




Q
यी व्यक्तिहरु कहिले खाली बस्न सक्दैनन् । उनीहरुलाई केहि न केहि गर्नै पर्ने हुन्छ । सानो सानो कुराबाट खुसी हुने यी व्यक्तिहरु आफ्नो छुट्टै संसारमा रमाउने गर्दछन् । यिनीहरु राम्रो जीवनसाथी पनि हुन् । कहिलेकाँही मात्र रिसाउने यी व्यक्तिहरुलाई रिस उठ्यो भने निकै नराम्रो तरिकाले रिसाउने गर्दछन् ।











R





R
यो अक्षरबाट सुरु हुने नामका व्यक्तिहरु दिमागमा निकै तेज, मनका राम्रा र अरु मानिसहरुको मतलब नराख्ने र कम बोल्ने स्वभावका हुन्छन् ।
कसले के भनिरहेको छ, के गरिरहेको छ उनीहरुलाई यसमा केहि पनि मतलब हुँदैन त्यसैले यहि कुराले नै उनीहरुको वैवाहिक जीवनमा खटपट ल्याउने गर्दछ ।










S





S
यस्ता व्यक्तिहरु बहुमुखी प्रतिभाका धनी हुन्छन् । धेरै बोल्ने यी व्यक्तिहरु धेरै आलोचना पनि झेल्ने गर्दछन् । यिनीहरु रहस्यमयी हुने गर्दछन् र आफ्नो कुराहरुलाई स्पष्ट तरिकाले भन्ने गर्दैनन् । आफ्नो माया प्रति निकै सचेत हुने यिनीहरु केहि ठट्टा पनि गर्ने गर्दछन् । आफूसँग भएको पैसा र आफ्नो कुनैपनि सामानहरु कसैलाई पनि सजिलै सँग दिँदैनन् । यिनिहरु निकै कन्जुस हुने गर्दछन् र देखावटी उनीहरुलाई निकै मनपर्छ ।









T



T
यस्ता मानिसहरु बुद्धिमान हुने गर्दछन् र आफूले माया गर्ने व्यक्तिलाई माया देखाउन सक्दैनन् । आफू खुसी र दुखी भएको कुरा यिनीहरु कसैसँग पनि व्यक्त गर्दैनन् । यिनीहरुले नाम र दाम दुबै कमाउने गर्दछन् ।











U





U
यी व्यक्तिहरु निकै होसियार र असल स्वभावका हुन्छन् जो अरुलाई खुसी दिने कुरामा विश्वास राख्छन् । यिनीहरु सधैँ हाँसिरहने स्वभावका हुन्छन् तर सफलता ढिलो पाउने गर्दछन् । यिनीहरु बिन्दास स्वभावका हुने गर्दछन् र बच्चाहरु यिनिहरुलाई निकै मनपर्छ ।











V





V
कसैको रोक–टोक मन नपराउने यस्ता व्यक्तिहरु निकै स्वतन्त्र स्वभावका हुन्छन् । यिनीहरुको मन निकै सफा हुने गर्दछ र सबैको भावनालाई सम्मान पनि गर्ने गर्दछन् । आफ्नो कुराहरु हत्तपत्त यिनीहरु कसैलाई पनि बाँड्ने गर्दैनन् ।











W





W
यस्ता व्यक्तिहरु मनको सफा भएपनि मानिसहरुले यिनीहरुलाई चिन्न ढिलो गर्दछन् । धन सम्पत्ति धेरै हुने भएका कारण उनीहरुलाई मानिसहरुले घमण्डीको संज्ञा दिने गर्दछन् ।












X





X
यिनीहरुलाई धैर्य गर्न मनपर्दैन त्यसकारण आफ्नो काम निकै हतारमा गर्ने गर्दछन् । यिनीहरु जे कुरा छिटो पाउन चाहन्छन् त्यति नै छिटो त्यो कुराबाट उनीहरुको मन हट्छ । यिनीहरुले कहिले के गर्छन् भन्ने कुराहरु उनीहरु आफैँलाई थाहा हुँदैन । आफूलाई मन परेको र चाहिएको कुरा जसरी पनि पाएरै छोड्छन् यिनीहरु त्यसकारण जीवनमा निकै सफल पनि हुने गर्दछन् ।










Y





Y
यी व्यक्तिहरु धेरै बोल्दैनन् र एक्लै बस्न मन पराउँछन् । यिनीहरु स्पष्टवक्ता हुन्छन् त्यसकारण कसैसँग केहि बोल्न पनि डराउँदैनन् । यिनीहरु कुनै पनि कुरासँग सम्झौता गर्न सक्दैनन् । सम्झनाशक्ति र कल्पना गर्ने शक्ति उनहिरुको निकै तेज हुन्छ ।











Z





Z
यस्ता व्यक्तिहरुलाई देखावटी मनपर्दैन । यिनीहरु निकै सोझा र गम्भीर प्रकृतिका हुने गर्दछन् । आफ्नो कुरालाई स्पष्टसँग भन्ने यी व्यक्तिहरु कसैलाई पनि धोका दिन सक्दैनन् । देख्दा सोझा लाग्ने यी व्यक्तिहरु मूर्ख भने हुँदैनन् । यिनीहरु जहाँ पनि बस्छन् आफ्नो सरल छवीका लागि प्रख्यात हुने हुने गर्दछन् ।

Monday, 19 May 2014

डीभी पर्नेको व्यथा

हिजो फेसबुकमा साथीहरुको अमेरिकाको डिभी चिट्ठा परेन भन्दै गुनासोले भरिएका स्टाटसहरु पढेपछि केही कुरा लेख्न मन लाग्यो । जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै,  सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो सरासर गलत हो । जुन ब्यबहार डिभी परेर अमेरिका आउने ९० प्रतिशत नेपालीहरुले नेपालमा बस्ने नेपालीहरुलाई देखाइरहेका हुन्छन ।
डिभी चिट्ठा परेर अमेरिका आउनेहरुको पीडा एयरपोर्टबाट नै शुरुवात हुन्छ, जुन मैले प्रत्यक्ष आँखाले देखेको छु । म अमेरिका आउँदा नेपाल एयरपोर्टमा आफूसँगै अमेरिका आउन लागेको एउटा परिबार नै भेटें, मैले । जुन हामी दुबैको लागि खुसीको कुरा थियो । किनकी हामी पहिलोपल्ट अमेरिका आउदै थियौं र बाटोभरी गफ गर्दै जाने साथी पाएको थियौं, हामीले । २ जना श्रीमान-श्रीमती र उहाँहरुको १ बर्षको सानो छोरी अनि त्यो सानो नानीसँग प्लेन भरी खेल्दै रमाउदै गरेको त्यो लामो यात्रा । मेरो लागि साँच्चिकै रोमान्चित बन्यो । हामी सबैजना उत्साहित देखिन्थ्यौं, किनकी हामी धेरैको सपनाको देश अमेरिका जाँदै थियौं । हाम्रो प्लेन जब जेएफके एयरपोर्ट न्यूयोर्कमा ल्यान्ड हुने-हुने समय हुन लाग्यो तब झ्यालबाट तल हेर्दा देखिने न्यूयोर्क सिटीको त्यो दृश्यले हामीलाई झन धेरै उत्सुक बनाएको थियो ।
डिभी चिट्ठा परेर अमेरिका छिर्नेहरुको लागि अलि लामो प्रोसेस हुँदोरहेछ एयरपोर्टमा। त्यसैले सँगै आएको साथीहरुलाई आउँदै गर्नुस् हैं भनेर म जतिसक्दो चाडो त्यहाँबाट बाहिर निस्किन आतुर थिएँ । कारण- बिबाह गरेको १ महिनामा अमेरिका फर्किएका मेरो श्रीमानलाई लगभग ३ बर्षपछि भेट्दै थिएँ, म ।
मेरो लागि त्यसभित्रको १ मिनेट पनि धेरै लाग्न थालिसकेको थियो । जब गेटमा पुगेर श्रीमान भेटें, मेरो खुसीको सीमै रहेन । एकछिन आफ्नै संसारमा हराएँ, म । केहीछिन पछि झल्यास्स भएँ, साथीहरु कता गए होलान भनेर ।
उहाँहरु पनि यता उता हेर्दै मलाई नै खोजिरहनु भएको रहेछ । श्रीमानलाई संगै आएको साथीहरु चिनाएँ । र भनेँ- ‘उहांहरु पनि नयां हुनुहुन्छ, त्यसैले उहाँहरुलाई पनि ब्यबस्थित नगरी हामी हिड्न मिल्दैन ।’
‘कोही आएको छ तपाईहरुलाई लिन ?’ उहाँले प्रश्न गर्नुभयो।
साथीहरुको त्यो उत्सुकता र हाँसो भरिएको अनुहार अब डर र हतासमा परिणत भइसकेको थियो । नयाँ ठाउँ र नयाँ मान्छेहरु देख्दा त्यस्तो हुनु स्वभाबिक हो ।
त्यही पनि उनले भने- ‘एकजना आफन्त पर्ने दाई आउँछु भन्नु भएको थियो ।’
कुन ठाउँबाट ? फलानो ठाउँ ।
ओहो ! त्यो ठाउँ त टाढा छ यहाँबाट ३ घण्टा ड्राइभ गर्नुपर्छ ।
फोन नम्बर छ, तपाईहरुसँग ?
‘छ  । इमेलमा छ ।’- उनले जवाफ दिए ।
उहाँले फोन दिनुभयो ।
उनले इमेल चेक गरे  अनि नम्बर दिए। मेरो श्रीमानले आफै फोन गर्दिनुभयो ।
उताबाट ती दाईको जवाफ आयो-  ‘ए आइपुग्यौ  तिमीहरु ? ल बस्दै गर, अब म हिड्छु । लगभग साँझ परिसकेको थियो । हामीलाई पनि अब ढुक्क लाग्यो त्यसैले उनीहरुसँग बिदा भएर आफ्नो घरतिर लाग्यौं ।
घर आएर पनि र लामो समयपछि श्रीमान भेटे पनि मेरो मन छटपटाई रहेको थियो । फेब्रुअरी महिनाको त्यो चिसो अनि बाहिर हेर्दा देखिने सेताम्मे हिउँ ।मेरो मनमा त्यही कुरा खेलिरहेको थियो । ओहो ! त्यो दाई कतिबेला लिन आयो होला, कतै आएन कि बा ! त्यो सानी नानीलाई कति जाड़ो भयो होला ? हरे ! सँगै जाउँ भनेर लिएर आउनुपर्ने रहेछ बरु यस्तै यस्तै।
त्यसको लगभग १ महिनापछि उहाँहरुसँग सम्पर्क भयो मेरो, फोन मार्फत । मैले त्यो बेला के के भयो सबै कुरा सोधेँ ।
उनको जवाफ थियो- ‘केहि समयपछि आउँछु भनेको त्यो दाई लगभग रातिको ११ बजेतिर आउनुभयो । एयरपोर्ट बाहिरको त्यो चिसो ओहो ! रुनु न हाँस्नु भएँ, नेपाललाई धेरै सम्झिए कहाँ आएछु यस्तो नर्कमा जस्तो महसुस भयो ! मेरो दुःख एयरपोर्टबाट नै शुरू भयो, जे सुनिन्छ, फोटो भिडियोमा जे देखिन्छ त्यस्को ठ्याक्कै उल्टो रहेछ अमेरिका !  किन डीभी परेछ मलाई नै जस्तो लाग्छ, नेपालको सबै कुरा सम्झिँदा त अहिले नै फर्किहालुँ जस्तो लाग्छ नि ! के गर्नु ? आइयो फसिहालियो अब न एता न उता बस्नै पर्यो नि ।
यसबाट मैले के बुझेँ भने एयरपोर्टबाट नै शुरू हुँदोरहेछ नेपालीको दुःख । यो त एउटा सानो उदाहरण मात्रै हो, यस्ता धेरै कथा ब्यथाहरु छन् मैले आँखाले देखेका र नजिकका मान्छेहरुबाट सुनेका ।
अमेरिका आएपछि यहाँ बस्ने नेपालीहरुसंग सम्पर्क हुन थाल्यो अनि सुनिन थाले उनीहरुको कथा, नेपालमा हुँदा सानै देखि देखेको चिनेको दाई हुनु हुन्थ्यो फेसबुक बाट नम्बर लिएँ र सम्पर्क गरेँ ।
दाई के छ खबर रु निराश् स्वरमा दाईले भने – ‘के हुनु नानी बेहाल छ नि ।’
‘किन ? के भयो र त्यस्तो ?’ मैले फेरी प्रश्न गरेँ ।
दाईले आफ्नो वास्तबिक कथा बेलीबिस्तर लगाए- बिबाह गरेको १ बर्ष भएको थियो । डीभी पर्यो श्रीमतीका साथ हाँसीखुसी अमेरिका आएँ । केही नेपालीहरु भेटे खुसी लाग्यो, मलाई र श्रीमतीलाई कामको केही टेन्शन भएन, एकजना नेपालीको आफ्नै स्टोर रैछ। त्यसमै बुढीलाई काम दिए । मलाई पनि काम खोजिदिए । उनीसँग एकदम राम्रो सम्बन्ध भयो । त्यसपछि उनले नै आइडिया दिए नेपालबाट पैसा मगाउने र अर्को पनि स्टोर खोलेर चलाउने । उसको कुरामा मख्ख परेँ अनि नेपालमा भएको जग्गा जमीन घर सबै बेचेर पैसा मगाएँ । स्टोर खोलियो । बिज़नेस पनि राम्रो हुनथाल्यो, म भाग्यमानी रहेछु भन्ने फिल भयो । तर, मेरो यो खुशी त्यतिबेला  दुःखमा परिणत भयो जब आफ्नै श्रीमती त्यही साथीले भगाइदियो। श्रीमती मात्रै भागिन, उस्ले सबै कम्पनी आफ्नो नाममा पारी । र, मलाई रित्ताएर हिँडी । अब मसँग न नेपालमा केही सम्पत्ति बाँकी रह्यो, न अमेरिकामै मेरो नाममा केही छ ।
म त सारै पीडित भएँ, डीभी पर्नु नै मेरो लागि ठूलो दशा भयो । आज म नेपालमा हुन्थेँ भने म सँग मेरो श्रीमती हुन्थी, मेरो घर हुन्थ्यो, मेरो बिज़नेस हुन्थ्यो, म सुखी जिन्दगी बिताइरहेको हुन्थे । तर, आज म रित्तो छु, म सँग केही छैन ।
त्यो सुनेर म छाँगाबाट खसे जस्तो भएँ ।
यो भन्दा पनि दुःख लाग्दो कथा छ, अर्को । जसलाई मैले लगभग प्रत्यक्ष देखेको छु र बुझेको छु। चीनजानकै मान्छे । आज भन्दा लगभग ७-८ बर्ष अगाडि डीभी परेर अमेरिका आउने भए । नेपालमा उनको भब्य बिदाइ गरियो। बिबाह गरेको केही समयमा नै उनको श्रीमतीलाई डीभी परेकोले उनलाई सबैले भाग्यमानीको संज्ञा दिए । हाँसीखुशी श्रीमानश्रीमती अमेरिकातिर लागे । केही बर्ष उनीहरूका रमाइला तस्बीरहरुले फेसबुकका भित्ताहरु भरिए । अमेरिका आएको लगभग २-३ बर्ष पछि सुनियो कि फलानोको श्रीमती त उसलाई छोडेर अर्कैसंग पोइल गई रे !
एक कान दुई कान मैदान भने जस्तो, नराम्रो कुरा न हो जति लुकाए नि लुक्न सकेन । आखिर कुरा सत्यतामा परिणत भयो। श्रीमती अर्कोसँग हिडेको झ्वाँकमा उनले फेसबुकमार्फत एउटी हेर्दैमा सुन्दर देखिने केटी पट्टाए । उसलाई जतिसक्दो चाडो त्यो हिँडेकी श्रीमतीलाई देखाउनु थियो । त्यसैले फोटो हेरेकै भरमा नेपालमा बिबाहको तयारी गर्न लगाए । बिबाह पहिलाको भन्दा भब्य भयो पूरै बाजागाजाको तामझामका साथ बिबाह गरे । पार्टीको त झन कुरै नगरौँ, कति हो कति खर्च । सुने अनुसार अमेरिका बसुन्जेल जोगाएको पैसा बिबाह र पार्टी मै खर्च भयो रे !
केही महिनाको रमाइलो पछि उनी श्रीमतीलाई नेपालमै छाडेर अमेरिका फर्किए, महिनैपिच्छे खर्च नि पठाइरहे। श्रीमतीको सबै भिसा प्रोसेस मिलाएर २ बर्ष पछि आफू सँगै अमेरिका लिएर आए। श्रीमती अमेरिका आएकै १ महिनामा उनको हातमा ग्रीन कार्ड आयो त्यसपछि त्यो श्रीमतीले पनि आफ्नो बाटो तताई। आजकल फेसबुकका भित्ताहरुमा श्रीमतीको अर्कै केटोसँग अंगालो हालेको तस्बीर देखिन्छ भने २ वटी श्रीमतीले छोडेर हिडेको पीड़ामा उसको हातमा रक्सीका बोतल मात्रै। एकातिर पैसाको नास, अर्कोतिर समयको बर्बाद । त्यों भन्दा ठूलो मानसिक पीड़ा के हुनसक्छ । बिचरा जिन्दगी !
त्यो पीड़ा देखेर मेरो कानमा आजकाल एउटै आवाज गुन्जिने गर्छ, उसको आमाले भनेको – यो डीभी भन्ने के आयो के ? मेरो छोराको जिन्दगीनै बर्बाद गर्दियो, २ वटीले छोडेर हिडे, पैसा सबै सकियो, आज डीभी नपरेको भए काठमाडौंमा घर हुन्थ्यो, राम्रो जागिर हुन्थ्यो, श्रीमती छोराछोरीको साथ हुन्थ्यो । कति सुखी भएर बाँच्थ्यो होला, मेरो छोरा ।
यदि तपाईसँग धेरै पैसा छ र बिज़नेसको आइडिया छ भने डिभी पर्नु धेरै राम्रो कुरा हो । तपाई अमेरिका आएर आनन्दले बिज़नेस गर्न सक्नुहुन्छ । पढ़न सक्नुहुन्छ । डीभी परेर अमेरिका आएर सुखी जिन्दगी बिताउनेहरु पनि छन यहाँ । तर १० प्रतिशत बाँकी ९० प्रतिशत नेपालीको पीड़ा उस्तै छ । डीभी पर्नासाथ नेपालमा भएको घर जग्गा बेच्ने, भएको राम्रो सरकारी जागिर छोडने, नेपालमा मज्जाले चलिरहेको बिज़नेस व्यवसाय यत्तिकै बन्द गरेर आँखा चिम्लेर अमेरिका भन्ने बित्तिकै हाम्फाल्नेहरु धेरै पछुताएका छन, यहाँ ।
नेपालमा कुर्सीमा बसेर गफ लडाएर खान पल्केकाहरुलाई दिनको १० -१२ घण्टा उभिएर जस्तोसुकै काम भए पनि गर्नैपर्ने त्यो बाध्यता नेपालमा बस्नेले कल्पना पनि गर्न सक्दैन । नेपालमा बस्नेहरुले त्यही देखिन्छ चिल्लो सड़क, ठूला-ठूला बिल्डिंग, सुकिला-मुकिला कपड़ा लगाएर समुन्द्री किनारमा खिचिएका ती तस्बीर र भिडियोहरु ।
किनकी यहाँको वास्तबिक जिन्दगी सबैले लुकाउछन्, ग्यास स्टेशनमा १०-१२ घण्टा उभिएर थकित भएको फोटो खिचेर कसैले फेसबुकमा राख्दैन यहाँ । रेस्टुरेन्टमा भाड़ा माज्दै गरेको या वेटर बनेर प्लेट उचाल्दै गरेको फोटो कसैले पोस्ट गर्दैन फेसबुकमा । कसैको घरमा खाना बनाउँदै गरेको, ट्वायलेट सफा गर्दै गरेको फोटो कसैले खिच्दैन यहाँ । यस्ता धेरै उदाहरणहरु छन्, जुन भनी साध्य छैन । त्यसैले फेसबुकमा पोस्ट भएका, हातमा रक्सीको बोतल बोकेर समुन्द्री तटमा मस्ती गरेका, ठूला-ठूला बिल्डिंग र चिल्ला सड़कहरुमा उभिएर खिचेका तस्बिर र भिडियोहरु देखेर लोभिनु भन्दा आफ्नो देश नेपालमा बस्न पाउने र आफ्नो योग्यताले सकेको काम गर्न पाउने मान्छे नै सबैभन्दा ठूलो भाग्यमानी हो। त्यसैले डीभी नपरेकोमा दुःखी हैन, खुशी हुनुहोस् र आफूलाई संसारकै भाग्यमानी ठान्नुहोस् । जय नेपाल !
(लस एञ्जलस, क्यालिफोर्निया)

Saturday, 19 April 2014

एकल महिलाका आवाज (विचार/विश्‍लेषण )

प्रसंगवश मैले रविनालाई सोधें, 'तिम्रा श्रीमान के काम गर्नुहुन्छ बहिनी ?' हठात् उनका आँखा भरिए । मैले उनीसँग माफी मागेँ । उनलाई सोध्न नहुने थियो यो प्रश्न ।
रोल्पा लिवाङबाट राजधानी छिरेर संघर्ष गरिरहेकी उनका पति सेनाबाट १२ वर्षअघि मारिएका रहेछन् । माओवादी गतिविधिमा संलग्न भएको आरोपमा सुराकी लगाएर मारेको रहेछ, सेनाले उनलाई । जंगलै-जंगल हिँडाएर, पानीमा डुबाएर यातना दिएर गोली हानेको रहेछ, सेनाले उनको लोग्नेको छातीमा ।
usha
उषा हमाल

पति मारिँदा उनले उनले चौबीसमात्र टेकेकी थिइन् र उनका दुई सन्तान भर्खरका चिचिला थिए । अहिले उनीहरू केही हुर्किएका छन् र सरकारी स्कुल पढ्दैछन् । सरकारी स्कुलमा फि तिर्नु नपर्ने हुँदामात्र उनले छोराछोरी पढाउनसकेकी रहिछन् । अन्यथा सानो चियाखाजा पसल चलाइरहेकी उनले कसरी बालबच्चा पढाउने ? उनलाई कुनै संघ/संस्था, पार्टी र सरकारले केही सहयोग गरेको छैन । कसैले आफ्नालागि केही सहयोग गर्छ भन्ने कुरामा उनमा अब झिनो आशा बाँकी रहेको पनि छैन ।
एकल महिलालाई समाजले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आइसकेको पनि छैन । केही गरी खानलाई पनि कैयौंपटक समाज बाधक भएर तेर्सिन्छ । साँझ नपरी हतार-हतार पसल बन्द गर्नुपर्छ । ग्राहकहरू उनको यौवन ताकेर पसलभित्र पस्न खोज्छन् ।
उनका पति त्यतिबेला नै चल्तापुर्जा र शिक्षित रहेछन् ।आफ्नो पढाइ-लेखाइ नभएकी उनका पतिले उनले नपढेकोमा पछुताउ नगर्न सम्झाउँथे र आपmनो जीवनको गतिलो खम्बा आफ्नो लोग्ने भएकोमा उनलाई गर्व थियो । 'तर खै पढ्नु त आफैले पो पर्ने रहेछ । आपmनोलागि आफैमात्र पो भइँदो रहेछ', उनले भनिन् । त्यस्तै कथा छ, हीरामाया तामाङको । काभ्रे जिल्लाको दुर्गम गाउँमा उनका अठ्ठाईस वर्षे पतिलाई अनाहकमा मारेका थिए, माओवादीले । उनीहरू विरुद्ध सेनालाई सुराकी दिएको आरोप लगाएका थिए, उनीहरूले । उनका दुई चिचिला छोराछोरी र उनकै अगाडि निर्घात कुटेर मारेका थिए, उनका पतिलाई । अहिले हीरामाया बनेपामा चियापसल गर्छिन् र छोराछोरी सरकारी स्कुलमा जेनतेन पढ्छन् । उनले गाउँ छोडेर विस्थापित भएको धेरै भैसकेको छ । उनको गाउँमा रहेको केही जमिन र सानो घर त्यति बेलैदेखि माओवादी कार्यकर्ताका कब्जामा छ ।
जनयुद्ध चलिरहेकै समयमा एउटी एकल महिलासँग मेरो जिल्ला शिक्षा कार्यालय सल्यानमा साक्षात्कार भएको थियो । सेतो पहिरनमा उनी शिक्षा कार्यालयमा आफ्ना छोराछोरीका लागि छात्रवृत्ति पाउन अनुरोध गर्न आएकी थिइन् । उनका पतिलाई उनकै अगाडि, नाबालक छोराछोरीकै अगाडि माओवादीबाट नृशंस हत्या गरिएको रहेछ । यो हत्यापछि उनीहरूको तहसनहस जीवनमा सुधार आउन सक्ने सबै बाटा थुनिए । कहीं कतै राहतको गुञ्जाइस रहेन ।
सरकारबाट छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था भएको कुरा कसैले उनलाई सुनाएको रहेछ । उनी हस्याङ-फस्याङ गर्दै झन्डै कार्यालय बन्द हुने समयमा आइपुगेकी थिइन् । त्यहाँ उनी आफ्ना सबै कुरा भन्नसक्ने अवस्थामा पनि थिइनन् । त्यतिबेला गाउँ छाड्न जनसरकारको अनुमतिपत्र लिनुपर्ने आदेश थियो र त्यो अनुमतिपत्र सेनाले भेट्टाएमा ठूलो कारबाही हुने गथ्र्यो । अरुले जस्तै उनले पनि जनसरकारको अनुमतिपत्र कतै ढुङ्गाले च्यापेर आएकी रहिछन् । छोराछोरीका लागि उनले सरकारी छात्रवृत्ति लिएमा जे पनि हुनसक्ने धम्कीसमेत उनलाई दिइएको रहेछ ।
मलाई लाग्यो- कुनै महिलालाई उमेरदार देख्दैमा उनका पतिबारे सोध्न नहुने र कुनै केटाकेटीलाई उनका बाबुआमाबारे प्रश्न गर्दा विचार पुर्‍याउनुपर्ने स्थितिबाट हामी गुजि्ररहेका छौं । यत्रतत्र भेटिन्छ, यो संवेदनशील स्थिति । मलाई यहाँनेर एउटा दृश्यको सम्झना हुन्छ- माओवादी युद्ध चरम अवस्थामा पुगिरहेको बेला अमर प्रहरीहरूको सम्झनामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा भेला भएका अमर प्रहरीका पत्नीहरू सयौंको संख्यामा सेतो पहिरनमा उपस्थित थिए । यो दृश्य देख्दा कार्यक्रमका उद्घोषक नै भक्कानिएर रुन थालेपछि ती सहिद पत्नीहरूलाई त झन् सम्झाउन सक्ने कसले ! त्यो हृदयविदारक दृश्य देखेको कति नै भएको छ र !
युद्ध कसका लागि लडियो र कसका लागि समाप्त गरियो, त्यो आपmनो ठाउँमा छ, तर यी एकल महिला र उनका बालबच्चाहरू जस्ताका लागि युद्ध कहिल्यै समाप्त नहुने आगो भएर बलिरहेको छ । रविनाले भनेकी थिइन्, 'मारिने त एकपटक मारिएर गए, हामी बाँच्ोकाहरूले पलपलमा मर्नु परिरहेको छ ।'
कसरी भन्ने अब युद्ध समाप्त भएको छ ? युद्ध कागजमा समाप्त भएको होला । गोलीगठ्ठामा समाप्त भएको होला । सम्झौताहरूमा युद्ध रोकिएको होला । तर के रविनाहरू जस्ताका जीवनमा युद्ध समाप्त भएको छ ? उनका छोराछोरीको पेटमा दन्किरहेको भोकको युद्ध समाप्त भएको छ ? कहिले पनि नपुरिने घाउ थोपरेको छ, जनयुद्धले हामीमाथि । हामी ती घाउहरू महाभारतको श्रापित पात्र अश्वस्थामाको कहिले पनि निको नहुने घाउजस्तै सहिरहेका छौं । यी घाउ निको पार्न सक्ने त अब कुनै उपचार छैन । जुन युवतीका लोग्ने मारिएका छन्, जुन बालबच्चाका बाबुआमा मारिएका छन्, जुन बाबुआमाका छोराछोरी मारिएका छन्, उनीहरूको मुटुमा दुखेको घाउ कसले निको पार्न सक्छ ?
तर राष्ट्रका चालकहरू गतिला भएका भए रविनाका छोराछोरीजस्ता केटाकेटीको पेट भोको नरहनुपर्ने हो । आफ्ना बाबु गुमाएका बालबच्चाको शिक्षा, स्वास्थ्य र भरणपोषणका लागि रविनाजस्ता युवतीहरूले आँसु बगाउनु नपर्ने हो ।
त्यस्तै एकल महिलाका सन्दर्भमा कुरा गर्दा जनयुद्ध एउटा पाटो हो भने अर्को पाटो वैदेशिक रोजगारी पनि हो । दिनहुँ वैदेशिक रोजगारीमा गएका युवायुवतीका मृत शरीर भित्रिन्छन् । ती अनाहकमा ज्यान गुमाएका युवाका उमेरदार पत्नी र बालबच्चाले भोग्ने पीडा पनि उस्तै हुन् । वैदेशिक रोजगार फेरि अर्को जनयुद्ध भएर तेर्सिएको छ, हाम्रोसामु ।
तर त्यसरी पति गुमाएका एकल महिलालाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोण भने पीडादायी छ । कमजोर र असहायलाई हेप्ने र बलियाको तलुवा चाट्ने प्रवृत्ति हाम्रो समाजमा यत्रतत्र हावी छ । यही नकारात्मक प्रवृत्तिका कारण एकल महिला, टुहुरा बालबालिका, अशक्त बुढाबुढीजस्ता सहयोगको जरुरत भएकाहरू नै हेपिएका छन् र सहयोगविहीन भएका छन् । यही प्रवृत्तिका कारणले नै एकल, असहाय र बुढी महिलाहरूलाई बोक्सीको आरोप लगाएर यातना दिइन्छ । पुरुषलाई बोक्साको आरोप लगाएर यातना दिएको खबर सुन्नमा आउँदैनन् ।
युद्धविराम घोषणा भएपछिका दिनहरूमा सरकारी र गैरसरकारी संघ/संस्थाका ओठहरूमा शान्ति पुनःस्थापना, द्वन्द्व व्यवस्थापन, द्वन्द्व प्रभावित क्षेत्र, द्वन्द्व पीडित महिला र बालबालिकाहरूजस्ता शब्दहरूले अत्यधिक नृत्य गरिरहेको देखिन्छ । तर के द्वन्द्व व्यवस्थापन भनेको हातहतियारको व्यवस्थापनमात्रै हो त ? युद्धबाट तहसनहस भएको मानवीय पक्षको व्यवस्थापन प्राथमिकतामा पर्नुपर्ने हैन र ? युद्धविरामपछि द्वन्द्वपीडित महिला र बालबालिकाका नाममा अर्बौंका योजनाहरू तर्जुमा भएका खबरहरू सुन्नमा नआएका हैनन्, तर देख्नमा भने आएनन् !
                                                                                                                    -उषा हमाल

Friday, 18 April 2014

तस्बिरहरु यस्ता छन् जसलाई बुझ्न भाषा, संस्कार, शिक्षा कुनै चिजको आवश्यक पर्दैन -

यहाँ प्रस्तुत गरिएका तस्बिरहरु यस्ता छन् जसलाई बुझ्न भाषा, संस्कार, शिक्षा कुनै चिजको आवश्यक पर्दैन । संसारको जुनसुकै कुनामा भएपनि मानिसमा धेरैजसो कुरामा समानता हुन्छ – आनन्द, निराशा, जिज्ञासा र अमर लगनशीलताजस्ता कुराहरु प्रत्येक मानिसमा विद्यमान हुन्छन् । यहि समानताहरुलाई नै तल प्रस्तुत गरिएका तस्बिरहरुमा देखाउन खोजिएका छन्, हेरौँ तस्बिरहरुः
  1. १७ वर्षीया जान रोज कस्मिरले सन् १९६७ मा भएको पेन्टागन एन्टि वार प्रोटेस्टका दौरान खटिएका सेनाहरुलाई फूल दिँदै ।
  2. कोरियन युद्ध चुलिएका ताका सर्जेन्ट फ्रान्क प्रेटरले दुई हप्ते बिरालोलाई दुध खुवाउँदै ।
  3. अन्तर कोरियन पारिवारिक पुनर्मिलनपछि उत्तर कोरियाली वृद्धले आफ्ना दक्षिण कोरियाली भाइलाई बिदाई गर्ने बेला आँसु झार्दै ।
  4. सन् १९६० को दशकमा आफ्नो खेलौनासँग एक बालक बाटो काट्दै ।
  5. ऐल्बिनिजम रोग लागेका तीन हप्ते बालक आफ्नो भाइसँग सँगै सुत्दै ।
  6. नेपाली महिला डोको बोक्दै ।
  7. मृत्यु शिविरबाट छोडिएका पुरुषको टाउको र मुखमा दागहरु
  8. ब्राजिलका एक प्रदर्शनकारी बन्दुकको नाल अगाडि
1142-934x
350-934x

731-934x
1722-934x

393-934x
1525-934x

1329-934x
1032-934x

2104-934x
2221-934x

संसारका सबैभन्दा दुखद १० तस्वीर

एक तस्वीर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्वीर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखी नभई सुखै पाउँदैनन् । बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केही यस्ता तस्वीर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनियाँ सामु व्यक्त गरेका हुन्छन् । तपाईसामु दश यस्ता तस्वीर प्रस्तुत गर्दैछु  जसले दर्दनाक घटना तथा प्रकोपलाई दुनियाँसामु प्रष्ट पार्छन् । यो तस्वीर प्रस्तुत गर्नु तपाईलाई दुखी बनाउने  उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने मेरो  मान्यता रहेको छ ।

१. बौद्ध भिक्षुको आत्मदाह (1963)

यस तस्वीरले पूरै दुनियाँलाई शोक सन्तप्त बनाईदियो । यहाँ बौद्ध भिक्षु दक्षिणी भियतनाममा अमेरिकी युद्दको विरोध गरिरहेका थिए । भिक्षुले आफैले आफुलाई आगो लगाए । अचम्मको कुरा के छ भने शरीरमा आगो लाग्दै गर्दा उनी न चिच्याए न त जलुञ्जेल हल्लिए नै । उनले चुपचाप आत्मदाह गरे ।


 २. इराक युद्ध (2003)

एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए । उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर डराए । कैदीले सैनिकसँग अपिल गरे कि आफ्नो हतकडी खोलियोस् र आफुले बच्चालाई मायाले समाउन पाउँ । अन्तत: सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए।





 ३. भोपाल ग्याँस काण्ड (1984)

भोपाल ग्याँस काण्ड दुनियाँको सबैभन्दा ठूलो औद्योगिक घटना मध्ये एक हो । भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चीस हजारभन्दा बढि मानिस प्रभावित भएका थिए । यो तस्वीर सोही घटनाको हो । घटनास्थलमा एक बच्चाको शरीर फेला पर्यो । ग्याँस का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए ।



४. पहिलो कालो विद्यार्थीलाई निकाला (1957)

नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट (कालो वर्णकी विद्यार्थी) थिईन् । स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यवहार भयो । आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो । तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक उडाईरहेका छन्।



५. भूकम्पले आमाकै अगाडि पाँच बच्चाको ज्यान लियो (1983)

सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडि ज्यान लिएको थियो । यो तस्वीरले बताउँछ कि उनलाई कति पीडा भईरहेको छ ।



 ६. आफ्नै सैनिक र नागरिकमाथि बम प्रहार

कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन् । दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथि बर्सियो । ईलाकामा भागदौड मच्चियो । भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।


  
 ७. ज्वालामुखीपछि हिलोमा फसेकी आमयरा सांजेच (1985)

कोलम्बियाको आर्मिरोमा सन् १९८५ मा ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो । आमयरा सांजेच १३ बर्सकी थिईन् । उनी हिलोमा फसेकी थिइन् । आफ्नो घर बर्बाद भएपछि पनि उनी तीन दिनसम्म हिलोमा नै गाडिएकी थिइन् । फ्रेंक फार्नियर यो तस्वीर लिएका थिए । यसै तस्वीरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो । केही दिनपछि आमयराको मृत्यु भयो ।




 ८. स्पाइना बिफिडाको सफल अप्रेशन

यो तस्वीर सन् १९९९ को हो, जब डक्टर्सले स्पाइना बिफिडाको सफल अप्रेशन गरेका थिए । यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कड पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन । स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकालेपछि बच्चाको हड्डीको विकास हुँदैन ।


 ९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै (1975)

सन् १९७५ मा यो दर्दनाक तस्वीर क्यामरामा कैद भएको थियो । घरमा आगो लागेपछि आमा र बच्चाले झ्यालबाट हाम फाले । माथिल्लो तलामा रहेका उनीहरु जर्ने भरयाङ समेत जलिसकेको थियो। भूईँमा पछारिएर आमाको मृत्यु भयो । बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए ।






























१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्ध

यो तस्वीरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे । अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्ध । यो तस्वीरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।