Thursday 15 March 2012

कति सुरक्षित छ अनलाइन बंैकिङ ?


 

हि.जोआज अनलाइन बंैकिङको चलन बढ्दैछ। अहिले सबै बैंकले आफ्ना ग्राहकहरूलाई अनलाइन अर्थात् इन्टरनेट बैंकिङको सुविधा प्रदान गर्न थालेको छ। यसका लागि केवल कम्प्युटरको आवश्यकता पर्छ जसमा इन्टरनेट कनेक्सन हुनुपर्छ। के अनलाइन बंैकिङ सुरिक्षत छ ? यसमा ठगिने सम्भावना छैन त ? आदि प्रश्न धेरैको हुन्छ। अनलाइन बैंकिङ प्रयोगका लागि ग्राहकहरूसँग बैंकका साथमा एक्टिभ बंैकिङ एकाउन्ट, बैंकमा रहेको रकम, डेबिट कार्ड नम्बर, क्रेडिट कार्ड नम्बर, कस्टमर युजर आइडी, बैंक एकाउन्ट नम्बर, इन्टरनेट बैंकिङ पिन नम्बर, पासवर्ड आदिको जानकारी हुनुपर्छ।

अनलाइन बैंकिङका फाइदाहरू

ग्राहकहरूले बैंकिङ कारोबारका लागि लामो लाइनमा उभिनु आवश्यक छैन। जहाँ-जहाँ इन्टरनेट छ त्यहाँ- त्यहाँ सुविधाअनुसार अनलाइन बैंकिङ ट्रान्जेक्सन गर्न सकिन्छ।

अनलाइन बंैकिङको एकाउन्ट खोल्न तथा बन्द गर्न निकै सजिलो छ। एकाउन्ट खोल्दा र बन्द गर्दा धेरै कागजी कारबाही गर्नु पर्दैन।

अनलाइन बैंकिङमा समयको पनि बचत हुन्छ।

बंैकिङ कारोबारका लागि बैंकको शाखामै पुगिरहनु पर्दैन। यसले कारोबारलाई सजिलो बनाएको छ।

अनलाइन बंैकिङबाट पैसा ट्रान्सफर गर्न सजिलो हुन्छ। यसबाट विदेशमा सजिलै पैसा ट्रान्सफर गर्न सकिन्छ।



अनलाइन बंैकिङलाई कसरी सुरक्षित बनाउने ?

आफ्नो एकाउन्टको अनलाइन डिटेल्स कसैलाई बताउनु हुँदैन।

कसैलाई पनि आफ्नो पासवर्डको जानकारी दिनु हुँदैन।

आफ्नो एकाउन्ट कुनै सार्वजनिक साइबरमा खोल्नु हुँदैन। कुनै डाटा अर्को कम्प्युटरमा सेभ भए समस्या उत्पन्न हुन सक्छ।

ल्यापटप चलाउनेहरूले पनि कुनै सार्वजनिक वाइ फाइ जोनमा आपmनो एकाउन्ट खोल्नु हँुदैन।

आफ्नो एकाउन्टको डिटेललाई कुनै सुरक्षित ठाउँमा राख्नुपर्छ ताकि त्यसलाई कसैले प्रयोग गर्न नसकून्।

अनलाइन बंैकिङपछि त्यसलाई राम्रोसँग जाँच्नुपर्छ, आफ्नो एकाउन्टसँग सम्बन्धित कुनै पनि विन्डो फाइल खुल्ला छोड्नु हुँदैन।

पासवर्ड भरसक सजिलै सम्झन सकिने रोज्नुपर्छ तर त्यो कसैले सजिलै अन्दाज गर्न सक्ने पनि हुनु हुँदैन।

अनलाइन बैंकिङ सरल छ साथै यसले समयको पनि बचत हुन्छ तर यसमा ग्राहकहरू पनि उत्तिकै जागरुक हुनुपर्छ।



अनलाइन बैंकिङसँग जोडिएका समस्याहरू

अनलाइन बैंकिङ इन्टरनेटको माध्यमबाट हुन्छ। कहिलेकाहीँ कारोबार गर्दा इन्टरनेट डाउन भयो भने कारोबार हुन समय लाग्छ।

अनलाइन बंैकिङमा कुनै गल्ती भए त्यसलाई ठीक गर्न सकिँदैन। यसका लागि बंैकमा एप्लिकेसन दिनुपर्छ जुन प्रक्रिया निकै लामो हुन्छ।

अनलाइन बंैकिङमा बैंकबाट युजर आइडी, पिन नम्बर तथा पासवर्ड पाइन्छ। यदि पासवर्ड हराए अनलाइन बैंकिङ सम्भव छैन।

पिन नम्बर तथा पासवर्ड गल्तीले प्रयोग भएको छ भने तुरुन्तै बन्द गर्नुपर्छ। एकाउन्ट एक्टिभेट गर्दा बैंकमा लामो प्रक्रिया लाग्छ।

एकाउन्टको जानकारी गलत हातमा परे त्यसको सजिलै दुरूपयोग हुन सक्छ। त्यस हिसाबले अनलाइन बैंकिङ सुरक्षित छैन।

अहिले ह्याकिङको खतरा निकै छ। कतिपय मानिस वेवसाइड ह्याक गरी डाटा चोरी गर्न माहिर हुन्छन् त्यसबाट सावधान हुनुपर्छ।

No comments:

Post a Comment