Saturday, 30 June 2012

तपाईंले सामान्य Files Folder हरुलाई त WIndows Explorer भित्र बाटै Delete गर्नुहुन्छ जस्तै Video, Photo, Music, Documents, Unnecessary इत्यादी तर आफुले कुनै Internet बाट Download गरेका Softwer हरुलाई Windows मा Install गर्नुभएको छ भने त्यसको लागी तपाईंले Desktop or Windows Explorer बाट Delete गर्दा त्यो Programs पूर्ण रुपले कदापी हटेको हुँदैन र त्यस्ता Softwer Remove गर्नको लागी Control Panel मा गएर Uninstall गर्नु पर्छ त्यसैले कसरी हटाउने त उसोभए Control Panel मा गएर ? आउनुस तल केहि जानकारी लिनुहोस

१. सबैभन्दा पहिला "START" Button मा Click गरी Right side मा देखिएको "Control Panel" लाई Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ खुलेको Windows मा "Add or Remove Programs" लेखेको खोज्नुहोस र त्यसमा Click गर्नुहोस

 
३. र हजुरले उक्त Add or Remove Programs मा Click गरीसकेपछी हजुरको Windows मा कती Programs (Software) हरु Install भएका छन् त्यहाँ सबै List मा देखिनेछ र अब हजुरले त्यहाँबाट कुन Program लाई चाहीं आफ्नो Windows बाट हटाउन खोज्नुभएको हो त्यसमा Click गर्नुहोस र त्यहाँ Highlight मा तपाइंलाई दुइ ओटा Options देखाउनेछ "Change or Remove" हजुरले "Remove" मा Click गर्नुहोस

४. तपाईंले Remove मा Click गरीसकेपछी त्यहाँ अब "Are you sure you want to remove Ask Toolbar from your computer" भनेको हुन्छ तपाईंले मात्र "Yes" Button दबाउनुहोस

५. त्यसपछी अब एकछिन पर्खनुहोस तपाईंको Computer बाट आफुले हटाउन खोजेको Programs Softwer हट्न थालेको छ

यहाँ माथीको तरीका बाट जुन Programs softwer हजुरले हटाउनु भयो त्यो त ठिक छ तर हजुरले यहाँ हटाउनुभएको Programs को File भने Windows भित्र बसिराखेको छ त्यसलाई पनि हटाउनको लागी Windows Explore मा गएर खोज्नुहोस कुन Folder मा हजुरले राख्नुभएको थियो त्यसलाई Right Click गरेर Delete गर्नुहोस
अब चाहीं तपाईंले हटाउन खोजेको त्यो Program को नाम निसानै छैन हजुरको Computer मा धन्यबाद |

Friday, 29 June 2012

लिएर जाउ

आखामा  आसु  दिएर जाऊ  तिमि
सफलताको पगरी भिरेर  जाऊ  
सान्त्वना का   ति सब्द  चाहिदैन 
मेरो  आशिर्बाद  लिएर जाऊ 
बाध्यता र बिबसता का पीडाहरू 
नथपिउन्  अझै यस्ता दुख्ने  घाउहरुमा 
      हिजोका  ति व्यथा हरु  भुल्दै 
सम्भावाना र आसा लिएर जाऊ 
पर पुगेर   बाइ बाई  गर्नुपर्दैन 
मेरो शुभकामना   लिएर जाउ 
अतित  हाम्रो क्षण भरमै देखेको सपना 
अब यति  नै  हो भेट नभए  सम्जना 
    कल्पना  सबै हावामा  उडा उ दै  
हिजोका  कसम हरु  भुलेर  जाउ 
ति  चुम्बन हरु  मलाई चाहिदैन 
 यी नै  आसुका फुलहरु  उपहार  लिएर जाउ 
केवल  मेरो शुभकामना  लिएर जाउ 

Wednesday, 20 June 2012

लासहरूको लाइब्रेरी


katha

उमा सुवेदी
-उमा सुवेदी-


दिउँसोको १ बज्नै लागेको थियो ।अफिसमा यताउति छरिएका कामहरूको चाङमाथि झोक्राइ रहेका बेला राम सरको फोन आयो ।‘उमा जी अचेल के पढ्दै हुनुहुन्छ ? ’

भन्न त भनिदिउँ जस्तो लागेको थियो यो पढ्दै छु त्यो पढ्दै छु तर भनेँ ‘के पढ्न भ्याउनु र ! दिक्क लाग्दा फाइलहरूका लाइव्रेरीमा हराइ रहेकी छु ।’लाइव्रेरी शब्द सुने पछि उहाँले केही सम्झेझैँ गरी भन्नु भयो ।......‘ल हिँड्नुस् मसँग ।म तपार्इँलार्इ यस्तो लाइव्रेरी देखाउँछु जसलार्इ अधिकांश मान्छेले आजसम्म देखेका छैनन् ।’
‘कस्तो लाइव्रेरी हो? पहिला भन्नुस् अनि मात्र जाने बारे सोचुँला ।’उत्तर आयो ‘लासहरूको लाइव्रेरी.’अर्थात शव सङ्ग्रहालय ।आम्मै !सुन्दै आङ जिरिङ्रग भयो ।रैाँहरू काँपेर उठे ।मैले धेरै अघि एउटा हिन्दी फिल्म हेरेकी थिएँ ।रहस्यमय र डरलाग्दो ।नायिकाले सरासर आफ्नो कोठामा पसी दराजको ढोका खोल्दा भित्रबाट एउटा लास विस्तारै उसमाथि खस्छ ।मैले अहिले ठ्याक्कै त्यही सम्झेँ । । जीउ सिरिङ्ग भयो। भनेँ, ‘अहँ, मलार्इ डर लाग्छ ।’,‘म मान्छेलार्इ हेरेरै चिन्छु ,तपार्इँ डराउने मान्छे नै होइन ।हेर्नुस् जीवनलार्इ नजिकबाट चिन्न मृत्युलार्इ हेर्नु पर्छ ।आफ्नै मृत्यु त हेर्न सकिन्न तर अर्काको मृत्यु भने अवश्य हेर्न सकिन्छ ।’कुरा सोह्रै आना सही हो ।


महाराजगञ्जस्थित अफिसबाट निस्केर म सडक पेटी पेटी हुँदै दक्षिणतर्फ बढेँ ।शिक्षण अस्पतालको गेटबाट ओ पि डी विभाग तिर नछिरी सिधै अगाडि बढ्दा म डराइ रहेकै थिएँ ।सडक छेउमा फूलेका फूलहरू नियाल्दै म मनमोहन.कार्डियो भास्कुलर सेन्टरतर्फ सरासर बढेँ ।छात्रावास भवन कटेर बाँयातर्फ अलिक अगाडि लम्केपछि अनाटोमी हलको गेटमै राम सरलार्इ भेट्दा म केही ढुक्क भएँ ।सरले हातको इसाराले अगाडितिर संकेत गर्नु भयो र सरासर पहिलो तलाको भित्रपट्टि रहेको गोप्य कोठा (जसलार्इ डी सेक्सन हल भनिदो रहेछ) तर्फ लिएर जानुभो ।यो विशेष कोठा थियो ।चिकित्सक तथा चिकित्सा सम्बन्धि व्यक्तिहरू बाहेक अरूलार्इ त्यहाँ पस्ने अनुमति थिएन । तिन चार सिँढी तल ओर्लेपछि त्यहाँ एउटा फराकिलो कोठा देखियो ।राम सरसँग भेट हुने बित्तिकै देखि उहाँले मलार्इ वरिपरिका भवनहरूमा के कस्ता काम हुन्छन् भन्नेबारे विस्तारमा बताइ रहनु भएको थियो तर मेरो ध्यान त्यतातिर थिएन ।एम वि वि एसका विद्यार्थीको यस प्रयोगशालालार्इ परैबाट दर्सन गर्ने वित्तिकै मभित्र जोडजोडले आत्तेसको हुरी चल्न थालिसकेको थियो । एक जना लाइव्रेरियन लासहरूका खात मिलाउन व्यस्त थिए ।लासलार्इ स्टिलको बेडमा राखी गुडाउँदै लगेर निश्चित ठाउँमा राख्ने तिनको काम रहेछ ।मेरो आँखा नजिकै रहेको एउटी महिलाको लासमा अडियो ।सर्वाङ्ग नग्न यस लासको स्तनमा मात्र चारपाँच ठाउँ चिरेर सिलाइएको थियो ।लाग्थ्यो, विद्यार्थीले भर्खर मात्र स्तन बारे अध्ययन गरेका होलान् ।मलार्इ लाज पनि लाग्यो ।

भित्र पुगेपछि मलार्इ कुनै दन्त्य कथामा वर्णित रहस्यमय स्थानमा पुगेको अनुभव भयो । पाकेका अम्बा जस्ता ठाउँ ठाउँमा पुट्ट पुट्ट सुन्निएका ,पोटिला, फिका पहेँला रङ्गका ती लासहरू प्लास्टिकका खेलैानाझैँ देखिन्थे ।मैले सोधेँ , ‘सर यी साँच्चिकै लास हुन् त ? ‘छोएर हेर्नुस् त ।’ सरले भनेपछि म अघि बढेँ ।बाफरे बाफ! ती साँच्चै लास नै थिए ।निर्वस्त्र लासहरूको बिस्कुनतिर नियाल्दै सरले भन्नु भो, ‘यही हो मान्छेको वास्तविकता ।विना कुनै ढाकछोप विना कुनै गोपनीयता ,जे छ उदाङ्ग र प्रस्ट ।मान्छेको सही परिचय उ मान्छे हुन्जेल खुल्दैन, जब खुल्छ उ मान्छे रहँदैन ।’


आफ्नो सुरमा काम गरिरहेको लाइब्रेरियन बडो उत्साहित हुँदै आयो र भन्यो ।‘म्याडम यी सबै बाकसमा लासहरू छन् ।हेर्नुहुन्छ ?’ मैले विनम्रताका साथ भने ‘भैगो, पर्दैन ।’


ठाउँ ठाउँ चिरेर सिलाइएका निर्वस्त्र लासहरूले एकैचोटि विभिन्न अनुभूति पैदा गर्थे ।भयानक ,वीभत्स,कारूणिक । मलार्इ अघि नै देखि लाज लागिरहेको थियो ।यो निकै अफ्ठ्यारो क्षण थियो तर डाक्टरका साथमा जीवन पढ्दै थिएँ ।लज्जा ,धक ,सङ्कोचलार्इ यहाँ कुनै स्थान थिएन ।त्यसैले आफ्ना आँखाहरूलार्इ लासको कम्मरमाथि मात्र एकोहोर्याएर मैले आफैँलार्इ कन्भिन्स गर्ने कोसिस गरिरहेँ ।

मैले घाँटीमा स्टेथेस्कोप झुण्ड्याएर नबुझिने अक्षरमा प्रेस्किप्सन लेखिरहेका वा घुँडासम्म ढाक्ने सेतो कोट पहिरेर अस्पताल परिसरमा दगुरिरहेका डाक्टर मात्र देखेकी थिएँ ।यसका पछाडिपट्टि रहेको तपस्या आज मात्र देख्न पाएँ ।कोही चिर्दै छन् ,कोही सिउँदै छन् ,कोही ध्यान दृष्टिले नियाल्दै छन् ,कोही गाँठी कुरा पत्ता लाए झैँ हतार हतार कागजमा टिप्दै छन् ।तर छन् त सबै मग्न ,सबै मैान ।

शरीरमा रगत बगुन्जेल मात्र मान्छेको रङ्ग छुटिँदो रहेछ ।मरेपछि सबै उस्तै ।एकै नासका पहेँला लासहरू । स्वार्थ ,लालसा ,अभिमान सबै कुरा यही एक मुठ्ठी सासमा नै अडेको रहेछ । म एकै छिन दार्शनिक बन्न खोजेँ ।
यति धेरै लासहरू कसरी प्राप्त भए होलान् ?मलार्इ कैातुहल भयो ।मेरो जिज्ञासामा सरले भन्नु भयो ,’यी बेवारिसे लास हुन् ।पोष्ट मार्टम पछि कसैले नलगेका लासहरू ।धेरै विद्यार्थीलार्इ डाक्टर बनाउन यी लासहरूको ठूलो योगदान छ ।’


कस्तो अचम्म !बाँचुन्जेल कसैले सोधी खोजी नगरेपनि मरेपछि खुबै खोजिँदा रहेछन् यिनीहरू । यिनका प्रत्येक अङ्ग प्रत्यङ्गमाथि गम्भीर अनुसन्धान हुने रहेछ । उफ! कस्तो उदेक! जीवन अर्थपूर्ण कि मृत्यु ? यो देख्दा मलार्इ पनि मरेपछि कसैले नखोजिदिए हुन्थ्यो भन्ने लाग्यो ।खरानी भएर धुँवासँगै उडिजानु भन्दा त बेवारिसे भएर प्रयोगशालामा सजाइनु कता हो कता उत्तम होइन र ?

    स्टिलका बेडमा उत्तानो पारेर सुताइएका ती नाङ्गा लासहरूको अवधि २ वर्षको रहेछ ।त्यतिन्जेलसम्म नसडून् भनेर केमिकलको प्रयोग गरिएको हुँदो रहेछ ।लासहरूलार्इ कपडाले छोप्ने चलन पनि रहेनछ ।कतिलार्इ छोप्ने ? एउटा दुइटा भए पो ।तिनका गुप्ताङ्गको स्पष्ट दर्शनले मलार्इ असह्य लज्जाबोध भइरहेको थियो । एक मन त लाग्थ्यो निस्किहालूँ यहाँबाट तर यो दुर्लभ अवलोकन अपुरो छाड्नुहुन्न भन्ने अठोट गरी सरका पछि पछि हिँडिरहेँ ।सरले मलार्इ हातको इसारा गर्दै लासहरूबारे जानकारी दिइरहनु भयो ।कोठाका भित्तातिर लहरै सिसाका दराजहरू थिए ।दराजका प्रत्येक तलामा शिशाका बाकस भित्र विभिन्न मानव अङ्गहरू सजाएर राखिएका थिए ।मुम्बइबाट एड्स् बोकेर फर्केकी सोह्र वर्षे युवतीका अङ्गहरू एउटा दराजमा राखिएको थियो ।सरले मलार्इ भनिरहनु भएको थियो ।‘शिक्षण अस्पतालमा तिनको मृत्यु भएपछि आफन्त लिन आएनन् ।एड्स सर्छ भनेर कसैले छुन पनि मानेनन् ।अनि म आफैँले यसरी राखेको हूँ ।’ मलार्इ लाग्यो ,डाक्टर हुनु भनेको एकैचोटि वीभत्स र रोमाञ्चक अनुभव सँगाल्नु रहेछ ।


अझ अगाडि बढ्दा विभिन्न महिनाका गर्भे शिशुहरू लस्करै सिसाका बट्टाभित्र देखिए ।विकसित अविकसित भ्रुणहरू ,गर्भमै मरेका बच्चाहरू ,सुत्केरी गराउँदा मृत अवस्थामा जन्मेका शिशुहरू त्यहाँ थिए ।मलार्इ ती विशेष लाग्यो किनकि अाफ्नो जीवन सुरू नगर्दै समाप्त भएका तिनीहरू अरूलार्इ भने जीवन यसरी अनाहकमा समाप्त नगर्न खबरदारी गरिरहेका झैँ देखिन्थे ।
पल्लो कोठामा केही विद्यार्थीहरू थिए ।लासलार्इ चिरिरहेका र अध्ययनमा व्यस्त ।मलार्इ नजिक गएर हेर्न मन लागेको थियो तर अध्ययनमा बाधा पर्ला भनी टाढैबाट हेरेर चित्त बुझाएँ ।म छेउको अर्को कोठामा पसेँ ।पुस्तकालयमा पुस्तक राखेझैँ त्यहाँ हाडहरू राखिएका थिए ।दुइतिर दराज र बिचमा सानो बाटो थियो ।दाउराका हार जस्तै मिलाएर राखिएका ती सेता सुकेका हाडहरू सन्ठीका टुक्रा जस्ता देखिन्थे ।म डराउँदै भित्र पसेँ ।सरलार्इ अघिअघि निर्धक्क हिँडिरहेको देखेर आफू पनि सरासर हिड्न खोजेकी मात्र के थिएँ एउटा हड्डी मेरो बाहुलामा अड्कियो ।सतर्क भएर अलिक पछि सरी मैले अल्झेको हड्डी बाहुलाबाट बिस्तारै छुटाएँ ।यो हड्डी मेरो कुनै टाढाको नातेदारको भएकाले यसरी टाँसिन आइ पुगेको त होइन ? म मनमनै हाँसेँ ।यस्तो सम्झेकामा मलार्इ तुरून्तै पछुतो पनि भयो ।यी हड्डीहरू देख्ने बित्तिकै यो फलानो अङ्गको हो र यसको नाम यो हो भनी विद्यार्थीले भन्न सक्नु पर्ने रहेछ ।अर्को दराजमा मान्छेका विभिन्न आकारका खप्परहरू थिए । भविष्यमा लाग्ने तमाम रोगहरूको बारेमा जान्न र उपचार गर्न बालक देखि बृद्धसम्मका ती खप्परहरूका हड्डीको प्रकृति प्रकार हेरेर मानव रचना विज्ञान अध्ययन अध्यापन गराइँदो रहेछ । वाह मेडिकल साइन्स् ! मरेकाहरूबाट जीवन खोज्ने विज्ञान ।


बाहिर निस्कँदा प्रो.डा. डङ्गोलसँग भेट भयो ।मलार्इ देख्ने वित्तिकै उहाँले एउटा रोचक अनुभव सुनाउनु भयो
।‘केही समय पहिले दुइ जना पत्रकार बहिनीहरूले विषेश अनुरोध गरेको हुँदा मैले भित्र लिएर गएँ ।ढोकाभित्र छिर्ने वित्तिकै लहरै शव देख्दा तिनीहरूले चिच्याउँदै मलार्इ यसरी ताने कि मेरो सर्ट झन्डै च्यातियो ।तिनीहरूलार्इ सामान्य अवस्थामा आउन निकै समय लाग्यो ।मुटु कमजोर भएकाहरूले आउने ठाउँ नै होइन यो ।’


यस्तो अपूर्व स्थल घुम्ने मैाका दिनुभएकोमा प्रोफेसर डाक्टर राम उप्रेती सरलार्इ धन्यवाद दिँदै म फर्केँ ।बाटामा मैले आफैँलार्इ प्रश्न गरिरहेँ । ‘आज मैले देखेको जीवन हो कि मृत्यु ?मृत्युबाट निर्मित जीवन पो हो कि ?’मसँग त्यहाँ भित्र रहेका लासहरूका खात जस्तै प्रश्नका खात थिए तर उत्तर थिएन ।उत्तर सायद राम सरसँग थियो होला ,मैले सोध्नै भुलेछु।

मधुपर्क २०६९असार अङ्कबाट साभार

Friday, 15 June 2012

एकैपटकमा नौ सन्तान



मानिसले एकपटकमा दुई, तीन वा चार सन्तान जन्माएको त हामीले सुनेका छौँ तर मेक्सिकोकी एक महिलाले एकै पटकमा नौ सन्तान जन्माउने भएकी छिन्। कार्ला भेनेसा परेजले मे २० मा ६ छोरी तथा तीन छोरा जन्माउने चिकित्सकहरूले बताएका छन्। मेक्सिकोको उत्तरपूर्वी प्रान्त कोहिल्याकी बासिन्दा परेज अहिले प्रान्तीय राजधानी साल्टियोको अस्पतालमा उपचारार्थ छिन्। फर्टिलिटी टिर्टमेन्ट गरेकै कारण एकै बेतमा त्यति सन्तान जन्मिन लागेको चिकित्सकहरूले जनाएका छन्। 'अहिले नै बच्चाहरूको नाम सोच्न सार्‍है छिटो हुन्छ। सुरुमा स्वस्थ बच्चा जन्मिएपछि मात्र उनीहरूको नाम के राख्ने भन्ने सोच्छु,' परेज भन्छिन्। परेजले जन्माउने सबै सन्तान बाँचेको खण्डमा उनले एकै बेतमा धेरै सन्तान जन्माउने रेकर्ड बनाउनेछिन्। सन् १९७१ मा अस्ट्रेलियाकी गेराडाइन ब्रोडिकले एकै बेतमा पाँच छोरा र चार छोरी जन्माएकी थिइन्, तर उनका कुनै पनि सन्तान बाँचेनन्। मलेसियाकी जुरिना मात सादले पनि सन् १९९९ को मार्चमा पाँच छोरा, चार छोरी जन्माएकी थिइन्, उनका पनि छोराछोरी ६ घण्टाभन्दा बढी बाँचेनन् । २००९ मा अमेरिकाको क्यालिफोर्नियाकी नाद्या सुलेमानले एकै बेतमा आठ सन्तान जन्माएपछि उनी एक किसिमले सेलिब्रेटी नै भएकी थिइन्। ३६ वषर्ीया नाद्या सुलेमानका आठै सन्तान जीवित छन्।

Tuesday, 12 June 2012

अनलाइन टि.भी च्यानल

ईन्टरनेट संसारमा अनलाइन टि.भी च्यानल हेर्ने थुप्रै Software का साथसाथै साईटहरु पनि पाईन्छन । कुनै फ्री हुन्छ त कुनैको लागि पैसा तिर्नु पर्ने हुन्छ । यहाँ यस्तै फ्रीमा उपयोग गर्न पाइने एउटा software को बारे चर्चा गरिदैछ । "Readon TV Movie Radio Player" एउटा यस्तो फ्री Software हो जसको मद्तले तपाईंले संसार भरिका चुनिएका टि.भी प्रोग्रामहरु हेर्न र एफ.एम स्टेसनहरु सुन्न सक्नु हुनेछ । हुन त नेपालको सन्दर्भमा यो software त्यती उपयोगी नहोला किनकी यसको लागि उच्च गतीको ईन्टरनेट Connection को जरुरत पर्दछ तर जहाँ उच्च गतिको ईन्टरनेट Connection छ त्यहा यसमा उपलब्ध टि.भी च्यानलहरु बिना रुकावत मज्जाले हेर्न सकिन्छ । यसमा बिभिन्न देशका साथसाथै छिमेकी देश भारतका केही चर्चित टि.भी च्यानलहरु हेर्न सकिन्छ , नेपालका च्यानलको कुरा गर्नेहो भने यसमा अहिले सम्म ३ वोटा च्यानल मात्र add भएका छन जसमा सगरमाथा टि.भी, एन टि.भी र एन टि.भी प्लस । यो software को अरु खास बिशेषता भनेको यसमा टि.भी च्यानल तथा एफ.एम स्टेसन हेर्न र सुन्न मात्र हैन Record पनि गर्न सकिन्छ र यसका साथसाथै यसबाट Video Converter, Record Audio from pc, Rip Audio CD जस्ता काम पनि गर्न सकिन्छ । तपाईंहरु पनि एक चोटि यो Software Download गरी प्रयोग गरी किन नहेर्ने त ? Software download को लागि यहाँ क्लिक गर्नुहोला यो प्रोग्राम चलाऊनको लागि तपाईंको कम्प्युटरमा Dot Net Framework 3.5 वा त्यो भन्दा माथिको भर्सन Install हुनु जरुरी छ । Dot Net Framework 3.5 Download को लागि यहाँ क्लिक गर्नुहोला

कम्प्युटरको Desktop भरिएर हैरान हुनु भएको छ ? नचाहदा नचाहदै पनि आफ्नो Desktop मा कुनै प्रोग्रामको Shortcut वा प्रोग्रामहरुको लिन्क वा फाइल फोल्डरहरु राख्नै पर्ने बाध्यताको सामना गर्नु परेको छ ?

कम्प्युटरको Desktop भरिएर हैरान हुनु भएको छ ? नचाहदा नचाहदै पनि आफ्नो Desktop मा कुनै प्रोग्रामको Shortcut वा प्रोग्रामहरुको लिन्क वा फाइल फोल्डरहरु राख्नै पर्ने बाध्यताको सामना गर्नु परेको छ ?
सकेसम्म सबैले आफ्नो कम्प्युटरको Desktop सफा तर आफुले चाहेको प्रोग्राम अनी फोल्डरहरुको Shortcut लिन्क
सजिलै उपलब्ध होस् भन्ने नै चाहन्छन । तर यस्तै लिन्क अनी Shortcut हरुले गर्दा नै Desktop भरिएको हुन्छन र फोहर देखिने कुरा सामान्य नै हो । तर के यिनै Desktop को समस्या समाधान गर्ने कुनै Software को महसुस गर्नु भएको छ ?
अबस्य पनि सबैले चाहेको यो समस्या समाधानको लागि एउटा फ्री मा उपलब्ध यस्तो Software छ जसको मद्त बाट तपाईंले आफ्नो कम्प्युटरको Desktop सफा अनी आफुले चाहेको प्रोग्रामहरु , फाइलहरु अनी महत्वपूर्ण Shortcut हरु Mannage गरेर राख्न सक्नु हुनेछ । यहाँ अहिले यस्तै एउटा Software को बारे चर्चा गर्न लागिएको छ ।
Fanecs एउटा यस्तै समस्या समाधानको लागि बनेको Software हो जुन तपाईंले फ्री मा प्रयोग गर्न सक्नु हुन्छ । 9.03 mb मा उपलब्ध यो Software को मद्तले तपाईंले आफ्नो Desktop लाई राम्ररी Manage गर्न सक्नु हुनेछ । यो Software मा उपलब्ध Option हरु बाट तपाईंले आफ्नो Desktop लाई अझ धेरै राम्रो र सुबिधाजनक बनाउन सक्नु हुनेछ ।
सोच्नुहोस् तपाईं सँग धेरै Desktop Icon हरु छन , जुन तपाईंको लागि महत्वपूर्ण नै छन । यि Icon हरु हटाएमा तपाईंलाई आफ्नो चाहिने प्रोग्रामहरु सम्म पुग्न धेरै सर्च गर्नु पर्ने हुन्छ । यो Software को मद्त बाट तपाईंले यि सबै Icon हरुलाई सजिलै Mannage गर्न सक्नु हुनेछ र एक क्लिक बाट सबै Hide पनि गर्न सक्नु हुनेछ । आफुलाई चाहिने Icon , फोल्डर अनी प्रोग्रामहरुलाई आफुले चाहेको Box मा आफ्नो नाम दिएर समेटेर राखी आफ्नो Desktop बाट लुकाइ राख्न र आफ्नो माउसको Double क्लिक बाट Show गर्न सक्नु हुनेछ ।
Software को महत्वपूर्ण पक्ष :
@ Icon हरुलाई Categories अनुसार छुट्याएर राक्न सकिने
@ जती धेरै Icon हरु भए पनि Categories छुट्याएर राखे पछि Desktop सफा देखिने
@ सबै Icon हरुलाई सजिलै Double क्लिक बाट Hide गर्न सकिने
@ आफुले चाहेको जती Fences Creat गर्न सकिने
@ Creat गरेको Fancec हरुलाई आफुले चाहेको Size मा Drag गरेर मिलाउन सकिने
Software डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला

Monday, 11 June 2012

G-Mail लाई अन्लाईन Hard Drive को रुपमा Use गर्नुहोस्

तपाईंहरु मध्य धेरैलाई थाहा छ जिमेल एउटा फ्री वेब मेल सर्भिस हो जसले अहिले सम्म २ गिगाबाइट फ्री स्पेस दिने गरेको छ तपाईंको ईमेल Inbox र Attachments को लागि । २ गिगाबाईट भनेको धेरै स्पेस हो र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? अझ धेरैलाई त यत्रो स्पेस किन चाहियो र भन्ने पनि लागेको हुन सक्छ । तपाईंले पनि यस्तै सोच्नु भएको हो भने यसो गरे कसो होला कि जिमेल ले फ्री मा दिएको स्पेसलाई अनलाइन Hard Drive को रुपमा use गर्ने र आफुलाई चाहिने फाइलहरु त्यस्मा save गर्ने जुन आफुलाई चाहिएको बेलामा जहाँ जुन सुकै स्थानमा भए पनि ति फाइललाई सजिलै पाउने । यसो गर्न सकियो भने त important फाइलहरु एक ठाउँ बाट अर्को ठाउँमा लान PenDrive, सि.डि वा धेरैनै ठुलो फाइल छ भने ल्यापटप बोक्ने झन्झट बाट मुक्त भईने भयो नि हैन र ?
हामीले सजिलै आफ्नो जिमेल अकाउन्टमा भएको फ्री स्पेसलाई Online Hard Drive को रुपमा use गर्न सक्छौ ।
कसरी ? भन्ने बारे मैले तल चर्चा गर्न लागेको छु ।
यसको लागि तपाईंहरुले एउटा सानो आकारको एउटा software इन्स्टल गर्नुपर्ने हुन्छ र यो software इन्स्टल गरीसकेपछि तपाइँको कम्प्युटरको My Computer आइकनभित्र सी, डी, ई जस्ता हार्ड ड्राइभ जस्तै गरी जी मेल ड्राइभ पनि देखिनेछ ।
अब अरु drive हरुमा जस्तै आफुलाई चाहिने फाइलहरु त्यहा copy paste वा Drag Drop गर्नुहोस् । फाइल upload हुँदा यस्तो देखिनेछ ।
Software Download गर्न यहाँ क्लिक गर्नुहोला

software install गरी सकेपछि तपाईंको जिमेल account मा पनि थोरै परिवर्तन गर्नुहोला त्यसको लागि तलको Step अनुसार गर्नुहोला ।
१) सबैभन्दा पहिला तपाईंहरुको जिमेल account हुनु जरुरी छ, यदि छैन भने account बनाउनुहोस् र छ भने लग अन गर्नुहोस् ।
२) अब त्यहा Create a filter लिन्कमा क्लिक गर्नुहोस् जुन Search the Web बटन सँगै छ ।
३) Subject मा GMAILFS राखीदिनुहोस् र next बटनमा क्लिक गर्नुहोस् ।
४) Skip the Inbox (Archive it) भएको चेक बक्समा tick लगाइदिनुहोस् र Create Filter बटनमा क्लिक गर्नुहोस् ।
बस जिमेलमा गर्नु पर्ने काम सकियो, अब तपाईंले Gmail Drive मा upload गर्नु भएको फाइलहरु automatically तपाईंको inbox बाट bypass भएर Archive मा save हुन पुग्छ । Archive मा save भएको फाइललाई हेर्नको लागि त्यहा भएको All Mail लिन्कमा जानुहोस् अथवा माथिको सर्च बक्समा सिधै GMAILFS टाईप गरेर search mail बटनमा क्लिक गर्नुहोस् त्यहा उक्त फाइल हरु एट्याचमेन्टका रुपमा त्यहाँ बसिरहेको हुन्छ । ति फाईलहरुलाई तपाईंले आफुलाई चाहिएको बेलामा जहाँ जुन सुकै स्थानमा भए पनि सजिलै Download गर्न सक्नु हुन्छ ।